यी हुन् प्राधिकरणले निर्माण गरिरहेका ५१ चार्जिङ स्टेसन




काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३२ स्थानमा ५१ वटा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

निर्माण भइरहेका स्टेसनमध्ये २६ वटा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना-ठूला कारहरु चार्ज गर्न मिल्ने खालका रहेका छन् । यस्ता चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा रहेका छन् ।

प्राधिकरणका अनुसार झापाको विर्तामोडमा रहेको बसपार्कमा २ वटा, झापाको दमक चार्जिङ केन्द्रमा २ वटा, मोरङको विराटनगर बसपार्क, सर्लाहीको हरिऔन रिफ्रेस सेन्टर, सुनसरीको इनरुवा बसपार्कमा क्रमशः १-१ वटा, उदयपुरको वेलका चार्जिङ केन्द्र, सप्तरीको प्रहरी कल्याण कोष पेट्रोल पम्प, कदमाहा, बाराको इलाका प्रहरी कार्यालय निजगढ, महवानपुरको हेटौडा चार्चिङ सेन्टर रातामाटे, चितवनको पारस बसपार्क, धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा, काठमाडौंका साझा सेवा बल्खु, ललितपुरको साझा यातायात, बनेपाको साझा सेवामा क्रमशः २-२ वटा चार्जिङ स्टेशन निर्माण कार्य जारी रहेको छ ।

यस्तै सिन्धुलीको खुर्कोट रिफ्रेस सेन्टर, नुवाकोटको बसपार्क र हावा घर, सुर्खेतको नयाँ वसपार्क, सुर्खेत, बाँकेमा नेपाल ए पि अफ स्कुल कोहलपूर, दाङको लमही नयाँ बसपार्क, कपिलवस्तुको इलाका प्रहरी कार्यालय गोरुसिँह, नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाट, रुपन्देहीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलमा क्रमशः २÷२ वटा चार्जिङ स्टेशन निर्माण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै चितवनको मुग्लिन पुल, काठमाडौंको नेपाल पुलिस क्लब र नेपाल विद्युत प्राधिकरण क्रमशः १÷१, भैरहवा बसपार्क, कैलालीको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी, कास्कीको पर्यटक बसपार्क पोखरा र लेकसाइडमा, सिन्धुलीको सिन्धुलीगढी बसपार्क, महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवास, कन्चनपुरमा सशस्त्र प्रहरी बल, शैलेश्वरीमा क्रमशः १÷१ वटा चार्जिङ स्टेशन निर्माण कार्य जारी रहेको छ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोवाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

प्राधिकरणका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्धारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरुका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ ।

आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधान प्रयोगमार्फत वातावरण मैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठूला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने छ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।

सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्ने छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने


क्लिकमान्डु