डेढ दर्जन बैंकको नाफा २२% ले बढ्यो, ३ को घट्यो




काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको नाफामा केही सुधार हुने देखिएको भएको छ । अहिलेसम्म १९ बैंकले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

यस अवधिमा बैंकहरुको नाफा २१.९५ प्रतिशतले बढेर ५३ अर्ब ९६ करोड ४२ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो असार मसान्तसम्म १९ वटा बैंकको नाफा ४४ अर्ब २५ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

१९ वटा मध्ये १६ वटा बैंकको नाफा बढेको छ भने तीन वटा बैंकको नाफा घटेको छ ।

कोरोना महामारी न्यून भएपछि गत आवको शुरुमै वाणिज्य बैंकहरुले गरेको आक्रमक कर्जा विस्तारको सकारात्मक प्रभाव बैंकको नाफामा देखिएको छ ।

कोरोना महामारीपछी उद्योग व्यवसाय खुल्दा गत आवको शुरुको ३ महिना बैंकहरुले आक्रमकरुपमा कर्जा विस्तार गरेका थिए।
उक्त समयमा आयात पनि धेरै भएको थियो । आयात बढ्दा बैंकहरुबाट जाने कर्जा बढेको थियो । तर, पछिल्लो समय भने बैंकका लगानीयोग्य रकम (तरलता) अभाव भएपछि बैंकहरुबाट जाने कर्जामा केही संकुच भने देखिएको थियो ।

तर, आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको आक्रमक कर्जा विस्तारका कारण बैंकहरुको नाफा बढेको जानकार बैंकर्सहरुको भनाइ रहेको छ ।

वित्तीय विवरण प्रकाशित गरेका बैंकमध्ये सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले असार समान्तसम्म ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको नाफा २५ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

धेरै नाफा कमाउने बैंकमा ग्लोबलपछि एनआइसी एसिया रहेको छ । बैंकले असार मसान्तसम्ममा ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.८६ प्रतिशतले बढेको छ ।

धेरै नाफा आर्जन गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक पनि रहेको छ । बैंकल असार मसान्तसम्म आइपुग्दा ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यो भनेको अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा बैंकको नाफा १४.८३ प्रतिशतले बढेको छ ।

यस्तै प्राइम बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

एनएमबी बैंकको पनि नाफा ३६.५२ प्रतिशतले बढेर ३ अर्ब ७० करोड १३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यता सिद्धार्थ बैंकको नाफा गत अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

यस्तै प्रभु बैंकले २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.१० प्रतिशतले बढेको छ ।

सिटिजन्स बैंकले गत आवमा २ अर्ब २५ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको छ ।

माछापुच्छ्रे बैंकले गत आवमा २ अर्ब १६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४.४२ प्रतिशतले बढेको छ ।

यस्तै सनराइज बैंकको नाफा ४८.६९ प्रतिशतले बढेर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

लक्ष्मी बैंकको नाफा भने थोरै अंकले बढेको छ । एक वर्षको अवधिमा बैंकको नाफा १.७६ प्रतिशतले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

एनसीसी बैंकको नाफा पनि एक वर्षको अवधिमा ५१.९७ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो । बैंकले एक वर्षको अवधिमा नाफा आर्जनमा आक्रामक चमत्कार गरेको छ ।

स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६२.२६ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकको नाफामा पनि उल्लेख्य सुधार देखिएको छ । एक वर्षको अवधिमा बैंकको नाफा ४३.७६ प्रतिशतले बढेर २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै कुमारी बैंकको नाफामा प िनगत वर्ष निकै प्रगति देखिएको छ । एक वर्षमा बैंकको नाफा ४३.८६ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । यस्तै नेपाल एसबीआई बैंकको पनि नाफा ७० प्रतिशतले बढेर १ अर्ब ६३ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९६ करोड ३४ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका १९ वटा बैंकमध्ये ३ वटाको नाफा घटेको छ । नाफा घटेनमा सानिमा, हिमालयन र कृषि विकास बैंक रहेको छ ।

सानिमा बैंकको नाफा एक वर्षको अवधिमा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ ।
यस्तै हिमालयन बैंकको नाफा १७.२२ प्रतिशतले घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५२ करोड७५ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै कृषि विकास बैंकको पनि नाफा २३.७४ प्रतिशतले घटेको छ । बैंकको नाफा अघिल्लो असार मसान्तमा ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तमा आइपुग्दा २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँ मात्रै रहेको छ ।


क्लिकमान्डु