दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का



काठमाडौं । सञ्चालनमा रहेका २६ वटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । मर्जर तथा प्राप्तिमा जान लागेका २६ वटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार ६ वटा वाणिज्य बैंक, ८ वटा निर्जीबन बीमा कम्पनी, ७ वटा जीवन बीमा कम्पनी र ५ वटा माइक्रोफाइनान्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

अहिलेसम्म नेपाल बंगलादेश बैंक, इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू तथा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो । नबिल बैंकले बंगलादेश बैंकलाई १००ः४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो । नबिलले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ ।

मर्जरमा जाने भएपछि मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार पनि रोक्का भएको छ । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको हो । जेठ २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरका लागि सम्झौता भएको थियो । २७ गते मर्जरका लागि सम्झौता भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः ९० अनुपातमा मर्जर गर्न लागेको हो ।

यता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुबै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भएको हो । असार २ गते दुबै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै दुबै बैंकको सेयर कारोबार रोक्का भएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई एक्विजिशन गर्ने भएकाले सिभिलको कारोबार रोक्का भएको हो । बैंकको कारोबार आज (३०) गतेबाट कारोबार रोक्का भएको छ । ३१ गतेबाट बैंकको कारोबार हुनेछैन ।

हिमालयनले सिभिललाई १००ः८१ अनुपातमा एक्वायर गर्न लागेको हो । सबै बैंकलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले स्विकृती दिनुपर्ने छ ।

जीवन बीमातर्फ प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ तथा सूर्या लाइफ, ज्योति लाइफ, रिलायन्स र सानिमाको कारोबार रोक्का रहेको छ ।

प्राइम, गुँरास र युनियन लाइफ इन्स्योरेन्स आपसमा गाभिन वैशाख २९ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त हस्ताक्षरमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइमका अध्यक्ष पियुषराज अर्याल र गुँरास लाइफका अध्यक्ष विवेक दुगडले हस्तारक्षर गरेका छन् ।

सूर्या लाइफ, ज्योति लाइफ इन्स्योरेन्स गाभ्ने गाभिने विषयमा असार १३ गते सम्झौता भएको छ । उक्त सम्झौता अनुसार दुबै कम्पनीको कारोबार रोक्का भएको छ ।

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच मर्जरका लागि असार २९ गते हस्ताक्षर भइसकेको छ । सम्झौतामा रिलायन्सका सञ्चालक भरत कुमार तोदी र सानिमाका सञ्चालक धनश्याम थापाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएलगत्तै कारोबार रोक्का भएको छ ।

निर्जीबन बीमातर्फ ८ वटा कम्पनीको कारोबार रोक्का भएको छ ।

अहिलेसम्म कारोबार रोक्का भएका कम्पनीमा लुम्बिनी जनरल, सगरमाथा इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ, प्रिमियर, एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स तथा सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का भएको छ । यी दुई कम्पनीको सेयर कारोबार आज (असार ३० गते)बाट भएको हो ।

२९ गते (बुधबार) सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने विषयमा हस्ताक्षर भएको हो ।

दुबै कम्पनी आपसमा गाभिनका लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरपछि दुबै कम्पनी कारोबार आजैदेखि रोक्का भएको हो ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इस्योरेन्स कम्पनी आपसमा मर्जरमा जाने विषयमा बिहीबार सम्झौता भएको हो ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको कारोबार असार २८ गतेदेखि रोक्का भएको छ । दुवै कम्पनीबीच असार २७ गते एक आपसमा गाभ्ने/गाभिने सम्झौतामा हस्ताक्षर भएपछि कारोबार रोक्का भएको हो ।

अहिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको पनि सेयर कारोबार रोक्का रहेको छ । दुबै कम्पनीले बैशाख २२ गते मर्जर सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षरपछि कारोबार रोक्का भएको हो ।

दुवै कम्पनीले साउन १ गतेबाट हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । त्यसका लागि बमिा समितिले असार २३ गते अन्तिम स्वीकृति दिइएको बताइएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ आगामी चैतभित्र पुर्याउन निर्देशन दिएको छ । उक्त निर्देशनअनुसार अहिले बीमा कम्पनी धमाधम मर्जरमा जान थालेका छन् ।

यता आँधीखोला लघुवित्त, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको पनि सेयर कारोबार रोक्का भएको छ । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्त मर्जरमा जाने भएका छन् । दुई लघुवित्तबीच असार २२ गते एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

यी २ कम्पनीबीच १००ः७० कित्ता सेयरको अनुपातमा मर्जरमा जाने सहमति भएको छ । अर्थात्, सीवाईसीइमा १०० कित्ता सेयर हुनेले मर्जरपछि ७० कित्ता पाउनेछन् ।

यस्तै नाडेप लघुवित्त, घोडाघोडी लघुवित्त र समाज लघुवित्तको पनि सेयर कारोबार रोक्का भएको छ । यी कम्पनीको कारोबार लामो समयदेखि रोक्का रहेको छ ।


क्लिकमान्डु