प्रदेश-१ का धार्मिकस्थल भ्रमण गर्ने पर्यटकको खर्च ११ हजार ८ सय



काठमाडौं । प्रदेश १ का धार्मिकस्थल भ्रमण गर्ने पर्यटकले औसतमा ११ हजार ८ सय रुपैयाँ खर्च गर्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले धार्मिक पर्यटकले उक्त रकम खर्च गर्ने गरेको देखिएको हो ।

विगत पाँचवर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकहरुको भ्रमण खर्च अघिल्लो पटकको तुलनामा ४३.६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकको कुल भ्रमण खर्चमध्ये यातायातमा सबैभन्दा बढी ४३.३ प्रतिशत र होटल (खाना सहित) र पूजा तथा उपहार सामाग्री खरिदका लागि ३५.९ प्रतिशत र १०.६ प्रतिशत खर्च भएको देखिएको छ ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसाय सञ्चालन गर्ने ९० प्रतिशत व्यवसायीको व्यवसाय सञ्चालन गर्ने मुख्य आधार धार्मिक पर्यटन रहेको पाइएको छ ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसायको कुल बिक्रीमध्ये पूजा सामाग्रीको बिक्री अंश सबैभन्दा बढी ८० प्रतिशत र उपहार तथा हस्तकलाका सामाग्रीको बिक्री अंश २० प्रतिशत रहेको पाइएको छ ।

धार्मिकस्थल वरपर रहेका पूजा सामाग्री तथा हस्तकला व्यवसायको भारित औसत मुनाफा २८.४ प्रतिशत रहेको देखिएको छ ।धार्मिकस्थल वरपर रहेका ६५ प्रतिशत व्यवसायीले व्यापारलाई यथास्थितिमा सञ्चालन गर्नेर ३० प्रतिशत व्यवसायीले क्षमता विस्तार तथा सुविधा थप गर्ने योजना बनाएको पाइएको छ ।

छनोटमा परेका होटलहरुले कोभिड–१९ महामारी भन्दा अगाडि प्रतिहोटल औसत ५ जनाका दरले रोजगारी प्रदान गरेको पाइएको छ । तर, कोभिड– १९ महामारीको दोस्रो लहर पछि प्रतिहोटल औसत २ जनाका दरले रोजगारी गुमाएको देखिएको छ ।

औपचारिक रुपमा तालीम लिई होटल व्यवसाय सञ्चालन गर्ने होटल व्यवसायी ३० प्रतिशत र सानो व्यवसायको रुपमा सुरुवात गरी प्राप्त अनुभवको आधारमा होटल व्यवसाय सञ्चालन गर्ने व्यवसायी ७० प्रतिशत रहेको पाइएको छ ।

छनोटमा परेका धार्मिकस्थल वरपर रहेका २० वटा होटलमध्ये केवल एउटा होटललेमात्र सेवा प्रवाह गरेवापतको भुक्तानी क्यूआर कोडको माध्यमबाट प्राप्त गर्ने गरेको र बाँकी १९ वटा होटलमा भुक्तानीको मुख्य माध्यम नगद रहेको देखिएको छ ।
सर्वेक्षणमा सहभागी भएका आन्तरिक पर्यटकहरुमध्ये १७.५ प्रतिशत पर्यटकले धार्मिकस्थल वरपर रहेका होटलले प्रवाह गर्ने सेवाको स्तर अति उत्तम र ३० प्रतिशतले उत्तम रहेको प्रतिक्रिया दिएका छन् ।

सर्वेक्षणमा सहभागी यातायात व्यवसायीमध्ये बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका व्यवसायीहरु ९० प्रतिशत र स्वपुँजी वा ठेक्कापट्टा प्रणालीबाट यातायात सञ्चालन गर्ने व्यवसायी १० प्रतिशत रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी भएका यातायात व्यवसायीहरुमध्ये ६५ प्रतिशत व्यवसायीहरुले कोभिड–१९ को कारण जारी बन्दाबन्दी र निषेधाज्ञाको समयमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले घोषणा गरेका कुनैपनि छुट, सुविधा तथा सहुलियत प्राप्त नगरेको देखिएको छ ।

छनोटमा परेका धार्मिकस्थलका विकास वा संरक्षण समितिहरुको आर्थिक वर्ष २०७६/७७ को बजेट अनुसार धार्मिकस्थलको कुल बजेटमा सञ्चालन खर्च र विकास निर्माण खर्चको हिस्सा क्रमशः ५७.७ प्रतिशत र ४२.३ प्रतिशत रहेको देखिएको छ ।

धार्मिकस्थलको भ्रमण गर्ने ४५ प्रतिशत आन्तरिक पर्यटकको मुख्य पेशा नोकरी तथा २५ प्रतिशत पर्यटकको मुख्य पेशा व्यापार रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुमध्ये ६७.५ प्रतिशतले परिवारका सदस्य सहित धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ भने परिवारका सदस्यबाहेक अन्य समूहगत रुपमा भ्रमण गर्ने पर्यटक २२.५ प्रतिशत रहेको पाइएको छ ।

धार्मिकस्थलको भ्रमण गर्ने ३० देखि ४५ वर्ष उमेर समूहका आन्तरिक पर्यटकको संख्या सबैभन्दा बढी ४० प्रतिशत र ६० वर्ष भन्दा बढी उमेर समूहका पर्यटकको संख्या सबैभन्दा कम १२.५ प्रतिशत रहेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी आन्तरिक पर्यटकहरुको औसत भ्रमण अवधि २.५ दिन रहेको पाइएको छ ।सर्वेक्षणमा सहभागी ८० प्रतिशत पर्यटकले आफ्नो मनोकाङ्क्षा प्राप्तिको लागि गरेको भाकल÷वाचा पूरा गर्ने उद्देश्यले धार्मिकस्थलको भ्रमण गरेको देखिएको छ ।

विगत पाँचवर्षमा एक पटक भन्दा बढी धार्मिकस्थलको भ्रमण गरेका सर्वेक्षणमा सहभागी पर्यटकहरुकोभ्रमण खर्च अघिल्लो पटकको तुलनामा ४३.६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।


क्लिकमान्डु