१० महिनामा वाणिज्य बैंकले कमाए ५८ अर्ब ३३ करोड, कसको कति ? (सूचिसहित)



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले साउनदेखि बैशाख मसान्तसम्म उक्त रकम नाफा कमाएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत महिनाको तुलनामा वैशाखमा अर्थात् एक महिनाको अवधिमा वाणिज्य बैंंकको नाफा ७ अर्ब ३२ करोड रुपैयाँले बढेको छ । चैत महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब १ करोड रुपैयाँ रहेको थियो ।

वैशाख मसान्तसम्म आइपुग्दा सबैभन्दा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई रहेको छ । बैंकले यो अवधिमा ४ अर्ब ३१ करोड नाफा आर्जन गरेको छ । धेरै नाफा आर्जन गर्ने दोस्रो बैंकमा एनआईसी एसिया रहेको छ । एनआईसी एसियाले १० महिनाको अवधिमा ४ अर्ब ११ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । धेरै नाफा आर्जन गर्ने तेस्रो बैंकमा नबिल बैंक रहेको छ । नबिलले यो अवधिमा ३ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

१० महिनाको अवधिमा सबैभन्दा थोरै नाफा कमाउने बैंकमा लक्ष्मी बैंक रहेको छ । यो अवधिमा लक्ष्मीले ९२ करोड ८७ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकका यो १० महिनाको अवधिमा नेपाल बैंकले २ अर्ब ५६ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै राष्ट्रिय वाणिज्यले ३ अर्ब ४६ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८४ करोड ४९ लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८२ करोड, हिमालयन बैंकले १ अर्ब ६७ करोड ८८ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै नेपाल बंगलादेश बैंकले १० महिनाको अवधिमा १ अर्ब २४ करोड ८६ लाख, एभरेष्ट बैंकले १ अर्ब ९० करोड २० लाख, बैंक अफ काठमाण्डूले १ अर्ब ५ करोड २० लाख, एनसीसी बैंकले १ अर्ब ७३ करोड, माछापुच्छे« बैंकले यो १० महिनाको अवधिमा १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

१० महिनाको अवधिमा कुमारी बैंकले २ अर्ब ८ करोड ३८ लाख, सिद्दार्थ बैंकले २ अर्ब ४४ करोड, कृषि विकास बैंकले २ अर्ब २ करोड ८५ लाख, सिटिजन्स बैंकले १ अर्ब ७९ करोड ८४ लाख, प्राइम बैंकले ३ अर्ब १५ करोड ७१ लाख, सनराइज बैंक १ अर्ब ५० करोड २६ लाख, एनएमबीले २ अर्ब ९७ करोड ४१ लाख, प्रभु बैंकले १ अर्ब ४९ करोड, मेगा बैंकले २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकका अनुसार १० महिनाको अवधिमा सिभिल बैंकको अर्ब क्लबमा प्रवेश गरेको छ । यो अवधिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सेञ्चुरी कमर्सियल बैंकले १ अर्ब १५ करोड र सानिमा बैंकले १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।


क्लिकमान्डु