आर्थिक वर्ष २०७९/८० मा केमा कति कर छुट हुन्छ ?



काठमाडौं । सरकारले आगामी आर्थिक वियकमार्फत् विभिन्न वस्तुमा कर बढाएको छ भने कति वस्तुमा घटाएको छ । केही वस्तुमा भने पूर्णरुपमा छुटको व्यवस्था गरिएको छ ।

आन्तरिक राजश्व विभागले व्यवसायीक छुट तथा सुविधाहरु (आय वर्ष २०७९/८०) सार्वजनिक गरेको छ ।

विभागले गरेको करको व्यवस्था यस्तो छ

-कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसायमा कर नलाग्ने ।

-कोल्ड स्टोर, डिहाइड्रेड व्यवसायमा कर नलाग्ने ।

-रेशम खेती, फुलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, पशुपालन, डरी उद्योग कुखुरा पालन, मत्स्यपालन, चिया खेती तथा प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिबुटी खेती तथा प्रशोधन, कवुलियति वन, एग्रोफरेष्ट्री, तरकाकारी भण्डारण, शीत भणडरण, बिऊ बिजन, पशु आहार, दाना, कीटनशक औषधि, मल तथा कृषि औजारमा कर नलाग्ने ।

-लघु वित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैक तथा सहकारीमा जम्मा गरेको निक्षेपबाट आजिृक वार्षिक २५ हजार रुपैयाँसम्मको ब्याज आयमा कर नलाग्ने ।

-कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन भएर सय जनालाई रोजगारी दिने उद्योगलाई १५ वर्षसम्म कर नलाग्ने ।

-एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई रोजगारी दिनेलाई पाँच वर्षसम्म कर नलाग्ने ।
-हाल सञ्चालनमा रहेका यस्ता उद्योगले कम्तीमा २५ प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्ब रुपैयाँ पुँजी पुर्याई तीन सयभन्दा बढीलाई रोजगारी दिनेलाई पाँच कर नलाग्ने र त्यसपछिको तीन वर्षसम्म लाग्ने करमा ५० प्रतिशत छुट ।

-हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लामा विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई कारोबार शुरु गरेको मितिले १० वर्षसम्म कर नलाग्ने र त्यसपछि लाग्ने करम ५० प्रतिशतले छुट । साथै, उनीहरुले वितरण गर्ने लाभांसमा पनि ५ वर्षसम्म कर नलाग्ने र त्यसपछि तीन वर्षसम्म ५० प्रतिशत छुट ।

कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा निम्न बमोजिम कर लाग्छ ।
-सयभन्दा बढी नेपालीलाई रोजगारी दिएको कम्पनीलाई ९० प्रतिशत ।

-तीन सयभन्दा बढी नेपालीलाई रोजगारी दिएको कम्पनीलाई ८० प्रतिशत ।

-पाँच सयभन्दा बढी नेपालीलाई रोजगारी दिएको कम्पनीलाई ७५ प्रतिशत ।

-एक हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएको कम्पनीलाई ७० प्रतिशत ।

-महिला, दलित वा आपांगमध्ये कम्तीमा ३३ प्रतिशतलाई समेत समावेश गरी एक सयभन्दा बढीलाई रोजगारी दिएमा थप छुट १० प्रतिशत ।

-अति अवकिसित क्षेत्रमा उद्योग सञ्चालन गर्नेलाई दश वर्षसम्म आय करमा १० प्रतिशत कर लाग्ने ।

-अविकसित क्षेत्रमा उद्योग सञ्चालन गरेमा दश वर्षसम्म २० प्रतिशत कर लाग्ने ।

-कम विकसित क्षेत्रहरुमा उद्योग सञ्चालनमा गरेमा ३० प्रतिशत कर लाग्ने ।

-खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र इन्धनमा अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०८० साल चैत महिनासम्म व्यापारिक कारोबार सञ्चालन गरेमा पहिलो सात वर्षसम्म कर नलाग्ने र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत छु ।

-प्राणीशास्त्र, भूशास्त्र, जीवप्रविधि, सम्बन्धी पार्क सञ्चालन, प्रविधि, सूचना प्रविधि पार्क, त्यहाँभित्र सञ्चालिन सफ्टटवर विकास, साइकर क्याफेलगायतमा ५० प्रशित छुट ।

-२०८३ साल चैत महिनासम्म जलविद्युत, सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतको व्यापार, उत्पादन, प्रसारण र वितरणमा १० वर्षसम्म कर नलाग्ने, त्यसपछि पाँच वर्ष ५० प्रतिशत कर छुट ।

-२०८५ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन सम्पन्न भएका ४० मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशयुक्त विद्युत् आयोनजालाई १५ वर्षम्म कर नलाग्ने र त्यसपछि ५ वर्षसम्म ५० प्रतिशत छुट ।

-नेपालको स्रोतबाट कुनै आय वर्षमा निकासी भएको आयतमा २० प्रतिशत कर लाग्ने भएमा त्यसमा २५ प्रतिशत छुट, ३० प्रतिशत कर लाग्ने भएमा ५० प्रतिशत छुट ।

-ट्राम वा ट्रली बस सञ्चालनमा ४० प्रतिशत छुट ।

-रोपवे, केवलकार, आकासे पुल ४० प्रतिशत छुट ।

-सडक, पुल, सुरुङ मार्ग, टनेल, रेल्वे, विमानस्थलल ५० प्रतिशत छुट ।

-धितोपत्र बजारमा सूचीकृत भएकाहरुलाई १५ प्रतिशत छुट ।

-अति अविकसित क्षेत्रमा फूलफूलमा आधारित ब्राण्डी, साइडर र वाइनमा दश वर्षसम्म ४० प्रतिशतसम्म छुट ।

-अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवम् वाइन उद्योगमा दश वर्षसम्म २५ प्रतिशत छुट ।

-कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात बापत प्राप्त रोयल्टी आयमा लाग्ने आयकरमा दरमा २५ प्रतिशट छुट ।

-बौद्धिक सम्पत्ति हस्तान्तरण आयमा ५० प्रतिशट छुट ।

-तीन अर्बभन्दा धेरै लगानी भएको पर्यटन क्षेत्रमा कारोबार भएको १५ वर्षसमम कर नलाग्ने, त्यसपछिको पाँच वर्षसम्म ५० प्रतिशट छुट ।

-पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रका उद्योगमा १५ वर्षसम्म कर नलाग्ने र त्यसपछिको ५ वर्षसम्म ५० प्रतिशट छुट ।

-५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएर कारोबार शुरु गरेमा तीत वर्षम्म १० प्रतिशट छुट ।

-स्वदेशी चिया उत्पादन तथा प्रशोधन उद्योग, दुग्ध पदार्थ कारोबार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगलाई ५० प्रतिशट छुट ।

-सामुदायीक संस्थाबाट सञ्चालिन स्वास्थ्य संस्थाको कारयोग्य आयमा २० प्रतिशत छुट ।

-लुघ उद्यमलाई व्यवसाय वा कारोबार शुरु गरेको ७ वर्षसम्म कर नलाग्ने ।

-नेपाल सरकारलाई हस्तान्तरण गर्ने आयोजनाहरु, विद्युत गृह निर्माण, उत्पादन र प्रसारणमा लाग्ने करयोग्य आयमा २० प्रतिशत छुट ।

-औद्योगिक क्षेत्र, ग्राम वा हस्तान्तरण भइ सञ्चालनमा रहेका विशेष उद्योगालई उत्पादन शुरु भएको मितिले तीन वर्षसम्म ५० प्रतिशट छुट र त्यसपछिको पाँच वर्षसम्म २५ प्रतिशत छुट ।

-स्वदेशमा उत्पादन गरेको कच्चा वा सहायक कच्च पादर्थमा २० प्रतिशत छुट ।

-नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोडसम्म कारबार गर्ने व्यवसायलाई पाँच वर्षम्म कर नलाग्ने ।

-काठमाडौंमा सञ्चालन भएका उद्योग बाहिर गएर सञ्चालन भएमा तीन वर्षम्म कर नलाग्ने र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छु ।

-वातावरणमा प्रत्यक्ष असर पार्ने, प्रयोग भइसकेका वस्तुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगलाइृ पहिलो तीन वर्ष ५० प्रतिशत छुट र त्यसपछिको दुई वर्ष २५ प्रतिशत छुट ।

-स्वास्थ्य खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्या उद्योग गर्ने उद्योगलाई पहिलो पाँच वर्ष कर नलाग्ने र त्यसपछिको दुई वर्ष ५० प्रतिशत कर छुट ।

-विद्युतीय सवारी उत्पादन तथा एसेम्बल गर्ने उद्देश्यले २०८२ साल असारसम्म स्थपना हुने उद्योगलाई काारबार शुरु गरेको मितिले पाँच वर्षसम्म ४० प्रतिशत छुट ।

-कृषि औजार उत्पादन गर्ने उदेश्यले २०८२ सालमा असर महिनासम्म कर नलाग्ने ।


क्लिकमान्डु