नेपालमा भएको १ अर्ब २७ करोड टन चुनढुंगा स्वदेशी सिमेन्ट उद्योगलाई कति वर्षसम्म पुग्ला ?



काठमाडौं । नेपाल चुनढुंगाा खानीको धनी देश हो । यही चुनढुंगा प्रयोग गरेर सिमेन्ट उद्योगहरुले सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छन् ।

सरकारी तथ्यांकअनुसार नेपालको विभिन्न जिल्लामा १ अर्ब २७ करोड टन चुनढुंगा उत्पादन गर्न सक्ने खानी छन् । यसमध्ये ७० करोड टन प्रमाणित, २० करोड टन अर्धप्रमाणित र ३७ करोड टन सम्भावित चुनढुंगा खानी छन् ।

हाल नेपालमा वार्षिक १५ लाख टन चुनढुंगा प्रयोग गर्ने क्षमताका सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । चालु आर्थिक वर्षको फागुनसम्म मुलुकमा २६ सिमेन्ट उद्योग सञ्चालनमा आएका छन् । यी उद्योगले समग्रमा वार्षिक १५ लाख टन चुनढुंगा प्रयोग गर्ने क्षमता छ ।

यसबाहेक ५ वटा सिमेन्ट उद्योगहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।

नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगले स्वदेशमा माग भएको ९० प्रतिशत सिमेन्टको पूरा गरेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख गरिएको छ ।

तथ्यांकअनुसार वार्षिक ४५ लाख टन सिमेन्ट स्वदेशमै उत्पादन भइरहेको र नेपाल यस उद्योगमा आत्मनिर्भर हुँदै गएको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा चुनढुंगा २, मार्बल १, साधारण निर्माणमुखी खनिज बालुवा १, तामा १ र काओलिन क्ले १ गरी ६ खनिजहरुको उत्खनन् प्रस्ताव स्वीकृत भइ अनुमति प्रदान गरिएको छ ।

एकै उद्योगको तीन चारवटा खानी लिएर बसेका हुन्छन् । यदि कुनै खानीमा समस्या आयो, स्थानीय अवरोध भयो भने अर्को खानी प्रयोग गर्न सकिन्छ भन्ने उद्योगीको सोच हुन्छ । जति धेरै खानी भयो उत्ति नै उनीहरुलाई पनि सहज हुन्छ ।

यस क्षेत्रमा एउटै कम्पनीले लामो समयसम्म खानी होल्ड गरेर बस्ने समस्या पनि धेरै पहिलेदेखि रहेको छ । खानी तथा भूगर्भ विभागले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

अनुमति लिएकाहरुले खानीको अन्वेषण वा उत्खनन् कस्तो गरेको छन्, विभागमा बुझाएको रिपोर्टअनुसार स्थलगतरुपमा काम भएको छ कि छैन भनेर अनुगमन हुन सकेको छैन ।

विभागले खानी उत्खनन् र खानी अन्वेषण तथा खोजतलासको लागि भनेर दुई किसिमका अनुमतिपत्र प्रदान गर्छ ।
खानी उत्खननमा खानी होल्ड गर्ने खासै समस्या नभएको र खानी खोजतलासको लागि भने धेरै समय लाग्ने भएकाले यसमा लामो सयम खानी रोकिनसक्ने विभागले जनाएको छ ।

गत माघसम्स खानी उत्खनन्को लागि १५१ वटाले अनुमतिपत्र लिएका छन् । यसमा पनि ९० प्रतिशत चुनढुंगा खानीका अनुमतिपत्र छन् । यस अनुसार १३६ वटाले सिमेन्ट खानीको लागि चाहिने चुनढुंगा खानीको अनुमतिपत्र लिएको देखिन्छ ।अन्वेषण तथा खोजतलासको लागि अनुमतिपत्र लिनेको संख्या ३४२ छन् । यसमा चुनढुंगा, डोलोमाइट, खरी, क्वार्जलाइनलगायत खनिज पर्छन् ।

खोलतलासको लागि लिएका अनुमतिपत्रमध्ये पनि ९० प्रतिशत अनुमतिपत्र चुनढुंगााको छ । जसअनुसार ३ सयभन्दा धेरै चुनढुंगा खानीको अनुमतिपत्र लिएका छन् ।

विभागले गत वर्ष ९५ करोड रुपैयाँ राजशव संकलन भएको थियो । ९५ करोडमा ९४ करोड चुनढुंगा खानीबाट आएको राजश्व हो । अधिकांश चुनढुंगाा छन् । अरु सामान्य खनिज छन् ।

खोजतलास अनुमतिपत्र प्राप्त गर्नेले खानी पत्ता लगाएर यसको अन्वेषण गर्नुपर्छ । यसको लागि उसले चार वर्षको समयावधि पाउँछ । चार वर्षभित्रका खानी कस्तो अवस्थामा छ ? कति परीणाम, कति गुणस्तरको छ भनेर पत्ता लगानुपर्छ । त्यो प्रमाणित भएपछि उसले उत्खनन्को अनुमतिपत्र ल्याउने हो ।

खोजतलास अनुमतिपत्र लिएर बसेकाहरुले भने वर्षौंसम्म रोकेर बसेका हुन्छन् । खोजतलासको लागि चार वर्षको अनुमतिपत्र दिए पनि काजगपत्र मिलाउनेदेखि अन्वेषणको लागि भनेर पाँच सात वर्ष लाग्छ । कोरोना संक्रमणले भने खानीको काम लम्बिदै गएको विभागको भनाइ छ ।


क्लिकमान्डु