युक्रेनमाथिको आक्रमणपछि कस्तो छ रुसको मुद्रा रूबलको अवस्था ?



एजेन्सी । रुस र युक्रनेबीचको संघर्षका कारण विश्वव्यापीरुपमा अर्थतन्त्र प्रभावित भएको छ । विश्वव्यापीरुपमा गहँु र चिनी आपूर्तिमा ठूलो अवरोध पैदा भएको छ ।

भारतले विशेषगरी गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले दक्षिण एशिया र समग्रमा विश्वभर नै प्रभावित हुन थालेको छ । संसारमा नै समस्या पैदा भइरहेको बेला रुसभित्र भने अवस्था कस्तो अवस्था होला ? भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ ।

पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्ययवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले जनाएको छ । रुसको केन्द्रीय बैंकले आफ्नो मुद्रा दरको स्तरबारे छलफल गर्न बिहीबारका लागि आकस्मिक बैठक बोलाएको छ ।

क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभका अनुसार ‘रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान दिनुको कारण हो ।’ विश्वका आर्थिक छलफल तथा सभाहरूमा रूबलको निरन्तर बलियो अवस्थाबारे चर्चा हुने दावी गरिएको छ ।

रूसी सरकारका लागि रूबलको बलियो अवस्था हुँदा यसले राजस्व सङ्कलनमा असर गर्न सक्ने भन्दै निरन्तर रूबल बलियो रहनुपर्नेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने आवाज पनि उठेको छ । पछिल्ला दिनमा त रुसले ग्यासको मूल्य भुक्तानीसमेत रुबलमा नै गर्नुपर्ने वाध्यकारी व्यवस्था गरिएको छ ।

फेब्रुअरीमा यूक्रेनमा मस्कोको सैन्य अभियान सुरु गर्दा पश्चिमी मुलुकले कमजोर प्रतिबन्ध लगाएर रूसलाई प्रतिक्रिया दिएको भन्दै रूसी वित्तीय अधिकारीहरूले कमजोर अर्थव्यवस्थालाई सन्तुलनमा राख्न पूँजी नियन्त्रणसम्बन्धी कडा नियम लागू गरेको र यसले रूसलाई आर्थिक रूपमा सबल राख्न सहयोग पुगेको उनीहरूको भनाई छ ।

त्यसबेलादेखि रूबलमा अमेरिकी डलरभन्दा लगभग ३० प्रतिशतले उछाल आएको रूसी दावी छ । बुधबारमात्रै युरोसँग रूबलको कारोबार ५७.६ मा भएको छ । यो स्तर सन् २०१५ देखि देखिएको थिएन भने डलरतर्फ ५६ पुगेको छ । यो सन् २०१८ फेब्रुअरीदेखि सबैभन्दा बलियो भएको छ ।

कडा पूँजी नियन्त्रणमाथि, रूसी मुद्राले इन्धन मूल्यबाट उच्च लाभ उठाएको रूसले दावी गरेको छ । तर, पछिल्लो समय सरकारले पूँजी नियन्त्रणलाई खुकुलो पार्न कदम चालेको छ ।

रूसको वित्त मन्त्रालयले घरेलु निर्यात कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशत विदेशी मुद्रामा बेच्नुपर्ने घोषणा गरेको थियो, यो पहिलेभन्दा ८० प्रतिशतको न्यूनता थियो ।

अमेरिकाले मस्कोलाई डलरमा भुक्तानी गर्न अनुमति दिने छूट समाप्त गरेपछि रूसले बुधबार रूबलबाट नै आफ्नो विदेशी ऋण तिर्न थाल्ने उल्लेख गरेको छ ।

स्थानीय वित्त मंत्रालयले टेलिग्राममार्फत् भनेको छ ‘यो लाइसेन्स विस्तार गर्न अस्वीकार गर्दा अमेरिकी डलरमा सरकारी विदेशी ऋण सेवा जारी राख्न असम्भव भएको कुरा उल्लेख गर्दै भुक्तानीलाई रूसी मुद्रामा गरिनेछ ।’
यसैबीच रूसले दक्षिणी यूक्रेनी क्षेत्र, जापोरिजिहया र खारसनका बासिन्दाहरूले ‘सरलीकृत’ प्रक्रियाद्वारा रूसी पासपोर्ट प्राप्त गर्न सक्ने क्रेमलिनले प्रकाशित निर्देशनमा उल्लेख गरिएको छ ।

खारसनको दक्षिणी क्षेत्र रुसी सेनाको पूर्णनियन्त्रणमा आएको छ भने जापोरिज्हियाको दक्षिणपूर्वी क्षेत्र मस्कोले आंशिक नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दावी छ । उता रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ ।

प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ सरकार गठनसँगै संकटकाल घोषणा गरेका हुन् । रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले संकटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाइ छ ।

दुई देशको द्वन्द्वका कारण आर्थिक संकट बढ्दै गएकाले आर्थिक संकट न्यूनिकरणका लागि संकटकालले सहयोग गर्ने हंगेरीको सरकारले आशा गरेको छ । ती देशको द्वन्द्वका कारण विश्वका अरु पनि धेरै देशमा आर्थिक संकट उत्पन्न हुनुका साथै अभाव र महंगी बढेको छ ।


क्लिकमान्डु