आयातमा लाग्यो ब्रेक, वैशाखमा १ खर्ब ३७ अर्बको मात्रै आयात



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा आयातमा ब्रेक लागेको छ । मासिक डेढ खर्ब बढीको वस्तु आयात हुँदै आएकोमा वैशाखमा सबैभन्दा कम आयात भएको हो ।

नेपालले वैशाख महिनामा १ खर्ब ३७ अर्ब ९९ करोड ११ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जुन चालु आर्थिक वर्षको सबैभन्दा कम हो ।

यसअघि चैत महिनामा नेपालले १ खर्ब ५७ अर्ब ९२ करो ७१ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । जसमा चैतको तुलनामा वैशाखमा २० अर्ब रुपैयाँले कमी आयात भएको छ ।

त्यसैगरी, नेपालले साउनमा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँको, भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड ५३ लाख रुपैयाँको, असोजमा १ खर्ब ६४ अर्ब ६१ लाख रुपैयाँको, कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड १० लाख रुपैयाँ बराबरको सामान आयात गरेको थियो ।

साथै, मंसिरमा १ खर्ब ८८ अर्ब ११ करोड ३९ लाख रुपैयाँ, पुसमा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख, माघमा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँको, फागुनमा १ खर्ब ६१ अर्ब २७ करोड ४ लाख रुपैयाँको आयात गरेको थियो ।

नेपालले वैशाखसम्ममा १६ खर्ब ४ अर्ब ६५ करोड ३१ लाख रुपैयाँको वस्तु आयात गरेको छ । त्यसैगरी, सोही अवधिमा नेपालले १ खर्ब ७३ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

नेपालले १० महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरेको छ । नेपालले १ खर्ब २३ अर्ब ७० करोड ८९ लाख रुपैयाँको १४ लाख ४३ हजार ४५२ किलोलिटर डिजेल आयात गरेको छ ।

त्यसैगरी, ५४ अर्ब ८३ करोड ९६ लाख रुपैयाँको ६ लाख १६ हजार २८ किलोलिटर पेट्रोल, ५२ अर्ब १ करोड ८ लाख रुपैयाँको ४४ करोड १३ लाख ६८ हजार केजी एलपी ग्यास, ४९ अर्ब ४१ करोड २ लाख रुपैयाँको ३० करोड २१ लाख ५३ हजार लिटर भटमासको कच्चा तेल, ५२ अर्ब ५८ करोड ४८ लाख रुपैयाँको एमएस विलेट, ३६ अर्ब ९४करोड १५ लाख रुपैयाँको मोबाइल टेलिफोन, ३५ अर्ब ७७ करोड २२ लाख रुपैयाँको सुन, ३४ अर्ब ७४ करोड ४३ लाख रुपैयाँको कच्चा पाम तेल, ३२ अर्ब ३८ करोड २५ लाख रुपैयाँको एचआर सिट र ३२ अर्ब ६ करोड २३ लाख रुपैयाँको भ्याक्सिन आयात गरेको छ ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाखसम्ममा डिजेल, पाम कच्चा तेल, भ्याक्सिन, पेट्रोल, एलपी ग्यास, सुन, शुद्ध फलाम, एचआर सिट र भटमासको कच्चा तेल गरी १० मुख्य वस्तुको आयात बढेको छ ।

त्यस्तै, एमएस विलेट, गहुँ, मोटरसाइकल, चिनी, डीएपी मल, सिमेन्ट क्लिङ्कर, स्वास्थ्य उपकरहणहरू, हातहतियारहरू, सिआरसिट र धानको आयातमा कमी आएको छ ।

आयातमा मात्रै नभएर नेपालको पनि निर्यात बढेको छ । नेपालले १० महिनाको अवधिमा ४५ अर्ब ३५ २२ करोडको भट्मासको तेल निर्यात गरेको छ ।

सोही अवधिमा नेपालले ३७ अर्ब ९४ करोड ७४ लाख रुपैयाँको प्रशोधन पाम तेल, १० अर्ब १४ करोड ६१ लाख रुपैयाँको सेन्थेटिक यार्न, ७ अर्ब ७१ करोड २५ लाख रुपैयाँको उनी गलैंचा कार्पेट, ५ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको तयारी कपडा, ५ अर्ब २१ करोड ८८ लाख रुपैयाँको जुटका बुनिएका कपडा, ४ अर्ब ६३ करोड ६३ लाख रुपैयाँको फलफूलको जुस, ४ अर्ब २९ करोड ८९ लाख रुपैयाँको सन्फ्लावर तेल, ४ अर्ब २२ करोड २ लाख रुपैयाँको अलैंची र ३ अर्ब ९६ करोड ८१ लाख रुपैयाँको जमोठ कपडा निर्यात गरेको छ ।

जसमा नेपालबाट निर्यात भएको वस्तुमध्ये गत वर्षको तुलनामा प्रशोधन पाम तेल, भट्मासको तेल, सेन्थेटिक यार्न, सन्फ्लावर तेल, उनी, गलैंचा कार्पेट, जुटका बुनिएका कपडा, तयारी कपडा, फलफूलको जुस, फलामे पाता र भटमासको पिनाको निर्यात बढेको छ ।

तर, सोही अवधिमा अलैंची, जुटको बोरा झोला, चिया, धातुका अन्य अवशेष, बत्तीसा त्रिफला, कबाजहरू, च्यावनप्राश आदि, फलाम वा स्टिलको भाँडाकुँडा, कोरुगोरेटेड सीट जस्तापाता, जीप, कार र भ्यानहरु र बोरा झोला अन्य कपडा पदार्थहरूको निर्यात घटेको छ ।


क्लिकमान्डु