पाम तेल निर्यातमा इन्डोनेसियाले हटायो प्रतिबन्ध, नेपालमा के पर्ला प्रभाव ?



एजेन्सी । नेपालले समेत फाइदा गरिरहेको पाम आयलमा लाग्दै आउको प्रतिबन्ध इन्डोनेसियाले हटाएको छ । समाचार विवरणहरुमा जनाइएअनुसार सोमबारदेखि इण्डोनेसियाले पाम आयल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।

पाम आयल संसारको सबैभन्दा महत्वपूर्ण कच्चा मालमध्ये एक हो । इन्डोनेसिया यसको सबैभन्दा ठूलो निर्यातक पनि हो ।

इन्डोनेसियाले गत महिना घरेलु मूल्य घटाउन र यसको स्टक बढाउन पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गर्दै यस निर्णयले विश्वमा खाद्य तेलको अभावलाई पूर्ति गर्न मद्दत पुग्ने बताए ।

युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएको छ । प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब १ करोड ७० लाख कर्मचारीलाई राहत दिन यो निर्णय गरेको बताएका छन् ।

उनले भनेका छन् ‘खाद्य तेलको वर्तमान आपूर्ति र मूल्यलाई मध्यनजर गर्दै पाम तेल उद्योगमा संलग्न १ करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा तेल निकासी सुरु गर्ने निर्णय गरेको छु ।’

इन्डोनेसिया विश्वमा पाम तेलको सबैभन्दा ठूलो उत्पादक हो, तर पछिल्ला महिनाहरूमा इन्डोनेसियामा खाद्य तेलको मूल्य पनि बढेको छ । तेलको मूल्य घटाउन सरकारलाई दबाब परेको थियो । सोही काणले गर्दा पाम तेलको निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

जोको विडोडोले भनेका छन् ‘निर्यात शुरु भएपछि पनि सरकारले घरेलु अवस्थाको अनुगमन गर्नेछ र आन्तरिक आपूर्ति यथावत र मूल्य नियन्त्रणमा रहेको सुनिश्चित गर्नेछ । म बुझ्छु कि मूल्य अझै पनि तुलनात्मक रूपमा उच्च छ तर म सहमत छु कि अर्को एक हप्तामा यो सामान्य अवस्थामा फर्कनेमा म विश्वस्त छु । आपूर्ति राम्रो हुने भएकाले खाद्य तेलको मूल्य अझै घट्ने सम्भावना बढेर गएको छ ।’

सरकारले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इन्डोनेसियाका धेरै सहरमा किसानले ठूला प्रदर्शन गरेका थिए । र, निर्यातमा प्रतिबन्ध हटाउन उनीहरुले माग गरेका थिए ।

इन्डोनेसियाबाट पाम आयल निकासीमा प्रतिबन्ध लागेपछि भारत र नेपालमा समेत कठिन परिस्थिति सिर्जना भएको थियो ।

खासगरी युक्रेन युद्धलाई लिएर मुद्रास्फीतिको आगो बलिरहेको बेला इन्डोनेसियाको यो निर्णयले यस क्षेत्रमा चिन्ता बढाएको थियो ।

भारतमा हरेक वर्ष २ करोड ५० लाख टन खाद्य तेलको प्रयोग हुन्छ । तर, आन्तरिक उत्पादन ११.१० मिलियन टनमात्रै हो । माग र आपूर्ति अन्तर लगभग ५६ प्रतिशतले कम छ । यो कमी आयातमार्फत् पुरा हुने गरेको छ ।

भारतले बाहिरबाट आयात गर्ने तेलमा पाम आयलको सबैभन्दा ठूलो हिस्सा रहेको छ । लगभग ६० प्रतिशत बराबरको आयात हुने गरेको छ ।सोयाबिन तेलको हिस्सा २५ प्रतिशत र सूर्यमुखी तेलको हिस्सा १२ प्रतिशत बराबर देखिन्छ ।

पाम तेल भारतीय घरहरूमा खाना पकाउन सीधा प्रयोग गरिदैन तर यो सबै ठाउँमा पाइन्छ ।

‘इन्डियन एक्सप्रेस’ का ग्रामीण मामिला तथा कृषि सम्पादक हरिश दामोदरन यसलाई ‘अदृश्य’ तेलको संज्ञा दिएका छन् । जुन भान्सामा नदेखिने गरी यसको प्रयोग व्यापक छ । पाम तेल व्यापकरूपमा एफएमसीजी उत्पादन जस्तै रोटी, चाउचाउ, मिठाई र खाजादेखि सौन्दर्य प्रसाधन, साबुन, डिटर्जेन्ट बनाउन प्रयोग गरिन्छ ।

यो दक्षिण एशियाका घरहरूमा प्रयोग हुने रिफाइन्ड तेलमा पनि पाइन्छ । भटमास, बदाम, चामलको भुसा जस्ता खाद्य तेलमा मिसावट हुन्छ । बजारले यसलाई सभ्य शब्द दिएको छ– मिश्रण । यद्यपि, प्रशोधित तेल उत्पादकहरूले यो मिसावटलाई अस्वीकार गर्ने गरेका छन् ।

विडम्बना यो हो कि यो संसारको सबैभन्दा ठूलो तेल खाने देश हो तर यस मामिलामा आत्मनिर्भर छैन यस क्षेत्र । निकट भविष्यमा पनि स्वदेशी उत्पादनबाट आफ्नो आवश्यकता पूरा गर्न मुस्किलले नै छ । भारतीय खाना तेल बिना कल्पना गर्न सकिँदैन ।

पछिल्ला केही वर्षयता मानिसको खानपानमा पनि तीव्र परिवर्तन आएको छ । बढ्दो सहरीकरण र बढ्दो श्रमिकको संख्याका कारण फास्टफुड कल्चर तीव्र गतिमा फैलिएको छ ।

त्यसैले खाद्य तेलको खपत पनि बढेको छ । पछिल्लो पाँच वर्षयता मुलुकमा खाद्य तेलको खपत झनै बढेको छ ।

सन् २०१२ मा भारतमा प्रतिव्यक्ति खाद्य तेलको खपत १४.२ लिटर थियो तर अहिले १९-१९.५ लिटर पुगेको छ ।

कच्चा तेल (पेट्रोल), सुनपछि भारतले खाद्य तेलको आयातमा सबैभन्दा बढी विदेशी मुद्रा खर्च गर्छ । सन् २०१९-२० मा भारतमा १.३४ मिलियन टन बराबर खाद्य तेल आयात गरिएको थियो । यसको लागत ६१५५९ करोड भारतीय रुपैयाँ बराबर थियो ।

हाल यो बिल एक लाख करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसको ठूलो हिस्सा पाम तेल अर्डर गर्न खर्च भएको थियो ।

यस्तो अवस्थामा सबैभन्दा ठूलो पाम आयल निर्यातक इन्डोनेसियाको निर्यातमा प्रतिबन्ध लगाइएपछि भारतमा खाद्य तेल महँगो हुने सम्भावना देखिएको छ ।

अब इन्डोनेसियाको प्रतिबन्ध हट्ने भएपछि भारतीय र दक्षिण एशियाका अन्य बजारलाई पनि राहत मिल्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय देशमा खाद्य तेलको भाउ उच्च बिन्दुमा पुगेपछि केही ह्रास आएको छ । अब इन्डोनेसियाको प्रतिबन्ध हटाउँदा ग्राहकलाई केही थप राहत मिल्न सक्छ ।

पाम आयल विश्वमा सबैभन्दा सस्तो तेल हो र भारतजस्ता ठूला खाद्य तेल खपत गर्ने देशले यसको बढी आयात गर्नुको एउटा कारण यही हो ।

तर, इन्डोनेसियाले प्रतिबन्ध लगाएपछि मात्रै भारतीय व्यापारीले यो प्रतिबन्ध धेरै टिक्न नसक्ने बताएका थिए ।

इन्डोनेसियाले प्रतिबन्ध लगाउने निर्णयको प्रतिक्रिया दिँदै, तरकारी तेल उत्पादक र व्यापारिक संस्था, सोल्भेन्ट एक्स्ट्रक्टर एसोसिएसन अफ इन्डियाका कार्यकारी निर्देशक डा बीभी मेहताले बीबीसीसँग भनेका थिए ‘अहिले भारतले हरेक महिना ५ लाख टन पाम आयल प्राप्त गर्छ ।’

जसमध्ये ५० प्रतिशत अर्थात् तीन लाख टन इन्डोनेसियाबाट आउँछ । इन्डोनेसियामा पहिले नै ५० लाख टनको स्टक छ र हरेक महिना ४० लाख टन उत्पादन भइरहेको छ । स्थानीय खपत १५ लाख टनमात्रै छ । यति धेरै स्टकको लागि ठाउँ कहाँ छोड्ने प्रश्न छ । पाम इन्डोनेसियाको विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत हो ।

त्यसैले प्रतिबन्ध लामो समयसम्म टिक्दैन भन्ने कोणबाट विषयहरु अगाडि बढेका थिए । जे भएपनि निर्णय भएको छ । यसले केही न केही सकारात्म्क परिणाम भने दिने नै छ ।


क्लिकमान्डु