कोरोनाले टाइगर प्यालेसको आम्दानी शतप्रतिशत घट्यो



काठमाडौं । टाइगर वान प्रालिद्धारा भैरहवामा सञ्चालित पाँचतारे रिसोर्ट टाइगर प्यालेसको आम्दानी शतप्रतिशत घटेको छ । कम्पनीको सन् २०२१ मा कोभिड-१९ का कारणले शतप्रतिशत आम्दानी घटेको जनाएको छ ।

कम्पनीले गत वर्ष १ करोड ६३ लाख रुपैयाँमात्रै आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । जसमा सन् २०२१ मा कम्पनीको आम्दानी ९७.२४ प्रतिशतले घटेको छ ।

त्यसैगरी, कम्पनीले सन् २०१८ मा ३६ करोड १८ लाख रुपैयाँ गरेको थियो भने सन् २०१९ मा ७४ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

रुपन्देहीको भैरहवामा पाँचतारे रिसोर्टको रुपमा सञ्चालन हुँदै आएको टाइगर वानको आम्दानी घट्नुको मुख्य कारणको रुपमा कोरोना महारमारी रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले मार्च २०२० देखि नोभेम्भर २०२१ सम्म अर्थात् २० महिना कोरोनाका कारण व्यापार व्यवसाय बन्द गरेका थिए । साथै, २०२१ को मार्च र अप्रिलमा ५४ दिन सञ्चालनमा आएपनि पुनः लकडाउन भई बन्द भएको जनाएको छ ।

तर, सन् २०२२ को अर्धवार्षिकसम्ममा रिकभर हुने अनुमान गरेको छ ।

टाइगर ग्रुप सिल्भर हेरिटेज ग्रपअन्तर्गतको सहायक कम्पनीको हो । जुन अष्ट्रेलियामा रहेको बहुराष्ट्रिय निगम हो । कम्पनीले यसअघि दक्षिणपूर्वी एशियाली देशहरूमा क्यासिनो क्षेत्रमा काम गरेका थिए । त्यसैगरी, कम्पनीले काठमाडौंको पाँचतारे होटल सांग्रिलामा क्यासिनो सञ्चालन गरेका छन् ।

विशेषगरी कम्पनीको आम्दानी क्यासिनोबाट हुने गर्दछ । तर, नेपाल सरकारले आफ्नो नेपाली नागरिकलाई क्यासिनोमा जानका लागि प्रतिबन्ध गरेको छ । जसले गर्दा अहिले क्यासिनो पूर्ण रुपमा विदेशीसँग भर पर्नुपर्ने अवस्था रहेको छ । त्यसैले, विदेशी पर्यटकमा भर पर्दा आम्दानीमा निकै चूनौती रहेको कम्पनीको भनाइ छ ।

२०१७ मा रुपन्देही जिल्लाको भैरहवामा स्थापना भएको टाइगर वान इन्डो–नेपाल बोर्डर (१० किलोमिटर सुनौली भारत) मा रहेकाले उत्तर भारतको उत्तर प्रदेश र बिहारका भारतीय ग्राहक बढी आकर्षण रहेको छ ।

७ एकेड क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा १०२ वटा कोठाको व्यवस्था रहेको छ । क्यासिनो खेलको आम्दानी टाइगर प्यालेसको १०० प्रतिशत एसएचएल म्यनेजमेन्ट सर्भिस प्रालि रहेको छ । सो कम्पनीको १०० प्रतिशत शेयर सिल्भर हेरिटेज ग्रुपको रहेको छ ।

त्यसैगरी, कम्पनीले दीर्घकालिन र अल्पकालिन कर्जाका लागि २ अर्ब ४९ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालिन कर्जाका लागि २ अर्ब २१ करोड रुपैयाँ र अल्पकालिन कर्जाका लागि २८ करोड रुपैयाँको लागि रेटिङ गराएको इक्रा नेपालले जनाएको छ ।


क्लिकमान्डु