कर्जा बिस्तारले जीडीपी वृद्धिमा किन सहयोग गरेन ?



पछिल्लो ३० वर्षमा बैंक वित्तीय संस्थाको कर्जा बिस्तार २०.३ प्रतिशतले बढेको तर आर्थिक बृद्धि ४.३६ प्रतिशतले मात्रै बढेको देखिएको छ । तर कर्जा बिस्तारको प्रभाव आर्थिक बृद्धिमा नदेखिनुको प्रमुख कारण सरकारको राजस्वमुखी नीति हो ।

निजी क्षेत्रमा जुन अनुपातका कर्जा बिस्तार भयो, त्यसको ठूलो अंश आयातमा प्रयोग भएको छ । यसमा निजी क्षेत्रको दोष छैन । व्यवसायीले बढी नाफा हुने क्षेत्रमा काम गर्न खोजिहाल्छन् । अर्थतन्त्रलाई कसरी अगाडि लैजाने त्यो नियमकको कुरा हो ।

नियामक निकाय आर्थिक बृद्धिभन्दा पनि राजस्वमुखी भयो । सरकारले उद्योगको समस्यालाई समाधान गर्न चाहेको देखिदैन् ।

अर्थमन्त्रीको सफलता राजस्व कति उठायो भन्ने आधारमा हुन्छ । एकैपटक धेरै राजस्व उठाउने नीति लिदाँ आयात त बढिहाल्छ । जबसम्म सरकारको नीति राजस्वमुखी हुन्छ तबसम्म कर्जा बिस्तारको प्रभाव आर्थिक बृद्धिमा देखिदैन् ।

अर्थमन्त्रीको सफलता रोजगार कति सिर्जना भयो ? अर्थतन्त्र बिस्तार कति भयो ? उत्पादन कति बढ्यो ? राजस्वको आन्तरिक स्रोत कसरी बढ्यो भन्ने आधारमा हुनुपर्छ ।

राजस्व उठाउने सरकारको नीतीले आयात बढेको हो । जसले गर्दा कर्जा बिस्तारको असर आर्थिक बृद्धिमा नदेखिएको हो । त्यसमा निजी क्षेत्रको दोष छैन ।

अहिले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान थालेको अनावश्यक हल्ला गरिएको छ । जुन गलत हो । अहिले अर्थतन्त्रमा ४ वटा समस्या देखिएका छ । पहिलो तरलता अभाव, दोस्रो भुक्तानी सन्तुलन, तेस्रो मुद्रास्फिती र चौथो उर्जा संकट ।

कोरोना महामारीपछि अर्थतन्त्र चलायमान हुँदा कर्जा बिस्तार बढेको हो । कुन क्षेत्रमा कर्जा विस्तार भयो भनेर बैंकले हेर्न सक्दैन।

सेयरहोल्डरले नाफा बढाउन दबाब दिएका हुन्छन् । तर नियामकले हेर्न सकेन । जसले गर्दा तरलता समस्या देखिएको हो । नियामक निकायले कर्जा बिस्तार वास्तविक छ वा छैन हेरेको भए तरलता समस्या आउने थिएन् ।

भुक्तानी सन्तुलन (बीओपी)को समस्या एकैपटक आएको होइन । बीओपीमा समस्या आउनुको कारणमा छलफल हुनुपर्छ ।

रेमिट्यान्स बढाउनु पर्छ भनिएको छ । कसरी बढाउने भन्ने विषयमा छलफल हुनुपर्छ । निर्यात बढाउन सरकारले सुविधा कसरी दिने भन्ने योजना बढाउनु पर्छ ।

विदेशी लगानी बढाउन लगानीको प्रतिफल (आरओआई) कसरी स्पष्ट गर्ने भन्ने विषयमा सरकारले सोच्नुपर्छ ।

युक्रेन र रसिया युद्धले बजार मूल्य बढेको छ । जुन हामीले चाहेर पनि रोक्न रोक्न सक्दैनौं । आन्तरिक उत्पादन बढेको भए युद्धको प्रभाव हामीलाई कम पर्ने थियो ।

उद्योग बिस्तार हुन नसक्नुमा आजको प्रमुख समस्या उर्जाको अभाव हो । सरकारले नियमित र गुणस्तरीय उर्जा दिन सक्दा पनि औद्योगिक विकास हुन सक्छ ।


क्लिकमान्डु