दिनमा २ रुपैयाँ कमाउने कल्पना सरोज बनिन् १० अर्ब सम्पत्तिको मालिक



दक्षिण एसियामा मानव मानवबिचको विभेदको खाडल असाध्यै फराकिलो छ । अझ भारतमा त उच्च र नीचको नाममा हुने जातीय विभेद असाध्यै ठुलो छ । मानव समेत नमान्ने संस्कार र हिन्दु कट्टरताका कारण मानिसले मानिसलाई नै हेर्ने दृष्टिकोण समेत फरक छ ।

किनकि, भारतीय समाजले दलित समुदायलाई अझै पनि राम्रो मान्दैन । यसै क्रममा सामाजिक विभेदलाई नै कडा टक्कर दिने गरी एक दलित महिलाले पाएको सफलता भने आम भारतीय र समग्र दक्षिण एसियाका कमजोर वर्गका लागि प्रेरणादायी बन्न पुगेको छ ।

 भारत र नेपाल जस्ता देशमा समेत दलित समुदायलाई हेर्ने दृष्टिकोणमा खासै बदलाव आएको छैन । कतै कम होला, तर समग्रमा अवस्था सन्तोषजनक भने छैन । यही क्रममा  कर्पोरेट वर्चस्व तोड्ने साहसी दलित उद्यमी कल्पना सरोज धेरैका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

 उनले गरेको मेहनत र त्यसबाट प्राप्त भएको सफलताले पनि आम मासिनलाई अगाडि बढ्न र आफ्नो उद्देश्यमा विचलित नहुने सन्देश दिएको छ । कल्पना सरोजको नाममा ट्विटरमा एउटा ह्याटसट्याग नै बनेको थियो । त्यो हो, ‘जेण्डर एण्ड बिजनेस’ ।

 कल्पनाले आफ्नो गाउँ अकोला फर्केर खेतीपातीमा लगानी गर्ने र गाउँका युवतीका लागि लागि रोजगारीका अवसर सिर्जना गर्ने योजना बनाएकी छिन् । उनले भारतीय संविधानका प्रमुख व्यक्तित्व एवम् दलित समाज सुधारक डा. भीमराव अम्बेडकरलाई आफ्नो प्रेरणाको स्रोत मान्छिन् । ‘जहर कि पुडिया’ अर्थात् विषको सानो झोला को उपमा पाएकी कल्पना किन यस्तो भइन् ।

उनका मामाले उनलाई बाल्यकालमा सोही नामले बोलाउँथे । एउटी छोरी आमाबुवालाई बोझ मात्रै हो भन्ने मानसिकता अहिले पनि उस्तै छ । कल्पनाका मामाले पनि उनलाई त्यस्तै भनेका थिए रे । 

चार दशक पछि आएर हेर्दा  विषको एउटा सानो पुडिया भनेर बोलाइने कल्पना भारतको सबैभन्दा सफल महिला उद्यमीका रूपमा देखा पर्नेछिन् भनेर कमैले अनुमान गरेका थिए । अरूले त यो कुरा मान्न त परै जाओस्, स्वीकार समेत गर्न सकेका थिएनन् । उनकै परिवारलाई पनि यस्तो लागेको थिएन ।

किनकि, कर्म गर, भाग्यमा भर नपर भने जस्तै कल्पनाले गरेको मेहनत र त्यही मेहनतको बलमा प्राप्त भएको सफलताले धेरैको दिमाग हल्लाइदिएको छ । वर्ष  ५६ की कल्पना अहिले वार्षिक ११.२ करोड भारु बराबरको कारोबार गर्ने कम्पनीको अध्यक्ष छिन् । उनको सम्पत्तिको भ्यालुएस ७ अर्ब भारतीय रुपैयाँ बराबरको छ । भारतमा झन्डै २०० बढी अर्बपति छन् । उनीहरु मध्ये एकाधको मात्र चर्चा हुने गरेको छ ।

तर वार्षिक रुपमा उनीहरुको तुलनामा कम कारोबार गर्ने कम्पनीको अध्यक्ष भएपनि कल्पनाको चर्चा र आम मानिसमा चासो सबैभन्दा बढी देखिन्छ ।

 कर्पोरेट जगतका मानिसलाई, कारोबारको आंकडा सानो जस्तो लाग्न सक्छ तर कल्पनाले यहाँसम्म आइपुग्दा गरेको संघर्ष र दुई धारे तरबारको बीचमा गरेको यात्राको कथा भने पटक पटक सुन्न र पढ्न योग्य लाग्ने खालको नै छ । 

भारतको अकोला जिल्लाको रोपखेडा गाउँमा दलित महिलाको रुपमा हुर्किएकी कल्पनाको माथिल्लो यात्रामा उनको जात र लिङ्गले दुईधारे  तरबारको रूपमा काम गरेको थियो । 

कल्पना आफ्नो सफलतालाई सामान्य अनि मामुली ठान्छिन् ।  उनी भन्छिन् ‘ जब हामीले भुईँ मान्छेले गरेका राम्रा कामहरू प्रचार गर्दैनौँ, अरू मानिसहरूले गरेका नराम्रा कामलाई मैले किन मुद्दा बनाउने ?’ यद्यपि यो त्यति सरल छैन, कल्पना सरोज, एक दलित महिला हुन, यो आम मानिसलाई थाहा छ ।

भारतमा गहिरो रूपमा जेलिएको जातीय व्यवस्थामा, महिला र दलित दुवैले मुख्यधाराको बहसमा विरलै  प्रतिनिधित्व गर्न पाउँछन् ।  प्रायः सबै क्षेत्रमा सबैभन्दा तल्लो स्थानमा मात्रै उनीहरुको उपस्थिति रहन्छ । व्यापार व्यवसायको कुरा त झनै परेको विषय हो ।

 सन् २००५ मा भारतमा जाति र उद्यमशीलतामा सम्बन्धमा गरिएको हार्वर्ड बिजनेस स्कुलको अध्ययनले पत्ता लगायो कि ९.८ प्रतिशत उद्यमहरू मात्र दलितको स्वामित्वमा छन् ।  जुन भारतीय जनसङ्ख्याको १६.४ प्रतिशत बराबर हो ।

भारतीय दलित अध्ययन संस्थानका अनुसार यीमध्ये ९६ प्रतिशत साना उद्यम त्यसमा समावेश छन् । त्यसमा  दलित महिला उद्यमी अझै विरलै भेटिन्छन् । न्युयोर्क टाइम्समा प्रकाशित २०११ को रिपोर्टले दिल्लीमा दलित महिला उद्यमीले मासिक ६००० देखि देखि ७००० भारु बराबर मात्रै कमाउने कुरा उल्लेख गरिएको छ ।

 कल्पनाको जीवनको कथा ‘बालवधू’को रूपमा सुरु भयो । १२ वर्षको उमेरमा उनको विवाह ‘सित्तैमा खाना पकाउने र सरसफाइ गर्ने घरेलु कामदार’ भन्दा बढी हैसियत नभएको घरपरिवारमा भएको थियो ।

बाबाको सहारा उनका लागि सबै थियो । आज पनि केटीको बिहे हुँदा धेरैजसो आमाबुवाले उनीहरू फर्केर आएको चाहँदैनन् तर बाबाले म त्यहाँ त्यत्तिकै बसेको देखेर मलाई फिर्ता ल्याउनुभयो । यदि उनले मलाई पहिलो पटक साथ नदिएको भए, मेरो जीवन समाप्त हुने थियो । उनले त्यही गाउँमा प्रहरी जवानको रूपमा काम गर्ने आफ्ना बुबा, महादेवको बारेमा बताइन् ।

 विवाहपछि आमाबुवाको घर फर्कने सबै महिलाले जस्तै उनले पनि घर खान नसकेकी एवम् कलंक भनी सामाजिक रुपमा गरिएको टिप्पणीको गहिरो पीडा सहनुपरेको थियो । कल्पनाले सुरुवाती दिनमा नर्सिङ, प्रहरी बल र सेनामा समेत विभिन्न जागिरका लागि आवेदन दिने प्रयास गरिन् । तर, उनले आवेदन दिएका सबै पदका लागि कक्षा १० उत्तीर्ण हुनु अनिवार्य थियो ।

सासु–ससुराले दिएको मानसिक यातनाले अन्ततः उनले विद्यालय छाडिन् । र त्यसपछि, एक उदास दिन , उनले आफैलाई मार्न खोजिन र विष पिइन् । तर उनको काकी देवदूत बनेर आइन् र समयमै बचाइन् ।आत्महत्याको प्रयासले उनको मनमा ठुलो परिवर्तन ल्यायो । आत्महत्या गर्नुअघिको कल्पना निकै भावुक थिइन् ।

उनको लागि जीवनमा अन्धकारबाहेक केही थिएन । जब म अस्पतालबाट बाहिर निस्किएँ, मैले सोचें कि यदि मेरो जीवन छ भने, यसमा संघर्षहरू हुनेछन् । तिनीहरूको सामना गर्नु मेरो काम हो । म मरेपछि पनि मानिसहरूले मलाई नराम्रो कुरा मात्रै गर्छन् र त्यसैले म बाँच्नु पर्छ, म बाँच्न सक्छु । संघर्ष गर्न सक्छु । उनको जीवनको अर्को अध्याय भने फरक थिएन, तर त्यो समय उनी तयार थिइन् ।गाउँमा उपलब्ध एउटै पेशा खेतीपातीमा उनी धेरै गर्न सक्दिन थिइन् ।

गाउँमा कुनै कारखाना थिएन । ‘ मलाई थाहा थियो कि म काम गर्न बाहिर निस्कनुपर्छ ’ उनी भन्छिन् ‘ सफल हुने दृढ संकल्पका साथ, कल्पनाले आफ्नी आमालाई मुम्बई जान सकिन्छ कि भनेर सोधिन् ।’

 आमाले अस्वीकार गर्दा उनले फेरि आत्महत्या गर्ने धम्की दिइन् यस पटक रेलको लिकमा बसेर मर्छु भन्ने धम्की दिइन् । ‘ यो केटी पक्कै पागल भएकी छे , मलाई मेरी आमाले भनेकै थिइन् ’  कल्पना सम्झन्छिन । तर उनले स्वीकार गरिन् ।

उनी चाहन्थिन् कि म कमसेकम जिउँदो रहनुपर्छ ।  मुम्बईले १५ वर्षीय कल्पनालाई परिवर्तन गरिदियो । कडा परिश्रम र आत्मनिर्भर बन्न प्रयास गर्नुपर्छ भन्ने सिकायो । कुरा ९० को दशकको मध्यको हो । होजेरी पसलमा केही महिना काम गरेपछि, उनले आफ्नै बुटिक खोल्ने निर्णय गरिन् ।  काममा कल्पनाले प्रायः रेडियो सुन्थिन् ।

उनलाई एक कार्यक्रममा सुन्दै  गर्दा दलितका लागि सरकारी योजनाको बारेमा थाहा पाइन् । त्यसबाट ५० हजार भारु बराबरको ऋण पाउन मद्दत गर्यो । यो पैसा उनले कल्पना सरोज फाउन्डेसनको नामले चिनिने एनजीओ खोल्न प्रयोग गरिन् । उनी भन्छिन्, ‘काम नपाएको पीडाबाट गुज्रिरहेकोले मैले सकेसम्म अरूलाई पनि उपलब्ध गराउन चाहन्थें ।’

 सोही क्रममा उनीकहाँ मुद्दा चलिरहेको जग्गा साढे दुई लाखमा बेच्ने प्रस्ताव लिएर एक जना आए । यससँगै उनले एकभन्दा बढी तरिकाले अगाडि बढ्ने स्वर्ण मौका पाइन् । जग्गाको मुद्दा सफाइ भएपछि त्यसको मूल्य ५० लाख भारुसम्म पुग्यो । मुम्बईमा निर्माण व्यवसायमा प्रवेश गर्ने बाटो पनि प्रशस्त भयो ।

 कूल ४५ प्रतिशत दलित घरपरिवार भूमिहीन भएको मुलुकमा २०११ को सामाजिक आर्थिक तथा जातीय जनगणनाको नतिजा अनुसार दलित महिलाको रुपमा काम गर्ने सक्रिय कार्यकर्ताका रुपमा उनी स्थापित भइन् । 

कल्पनाको यो व्यक्तिगत कोशेढुङ्गाको उत्सव सन् १९९९ मा पहिलो सुपारी  आफ्नो टाउकोमा भएको सुनेकी थिइन् ।  सुपारी एक शब्द हो जुन एक व्यवसायीक किलरलाई दिइने पैसाका रुपमा लिइन्छ । यो सुपारी गाउँकी ती दलित महिलालाई व्यवसायबाट समाप्त गर्न दिइएको थियो । एक उच्चा ठाकुर समुदायको व्यक्तिबाट मुद्दा चलिरहेको जग्गा किनेका कारण थियो । 

ठाकुरहरू उच्च जातका हिन्दु हुन्  । जसले परम्परागत रूपमा उत्तरी भारतमा कृषि भूमिको ठुलो भूभागको स्वामित्व राख्छन् । परम्परागत रूपमा भूमिहीन दलित महिलाले ठाकुर पुरुषबाट जग्गा किनेकाले व्यवसायमा अन्य ठाकुरहरूसँगको सम्झौता राम्रो भएन।के हामीले महिलाले जस्तै चुरा लगाएका छौँ ।

 एक जना जग्गा व्यापारीले ठाकुरलाई भने,’ कल्पना भन्छिन् । उनले उक्त जग्गामा कल्पना कन्स्ट्रक्सन नामक कम्पनीको होर्डिङ् बोर्ड  राखेर भवनको योजना पास गराएपनि अर्का ठाकुर जग्गा व्यवसायीले ठगी गरेर मिच्ने प्रयास गरेका थिए ।  उनले जग्गा बिक्रेतालाई अनेकन तिकडम गरेर कागजातमा औंलाको छाप लगाए । केही समयपछि कल्पनाको टाउकोमा दोस्रो सुपारी लगाइयो । हामीसँग कागजी कार्य थियो त्यसैले उसले केही गर्न सक्दैन थियो ।

तर यो मैले पाएको उपचार हो । उनीहरूले निर्माण व्यवसायमा दलित महिलालाई टिकाउन सक्दैन भन्ने थियो । कल्पनाको टाउकोमा तीनवटा सुपारी थियो ।  कल्पनाले मुस्कुराउँदै भनिन्, ‘ मलाई मर्नु नपर्ने हो भने मलाई कसैले दुख दिन सक्दैन ।’दलित इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका संस्थापक मिलिन्द काम्बले सन् १९९१ मा नवउदारवादी आर्थिक सुधारपछि भारतमा उद्यमशीलता बढेको विश्वास गर्छन् ।

 उनले न्यु योर्क टाइम्ससँग भने कि ‘ दलित इन्डियन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका  १०० सदस्यमध्ये एक जना यसअघि व्यापारमा थिए । उदारीकरणमा पनि हामी पुँजीवादसँग जातीय व्यवस्थालाई सँगै जोडेर लडिरहेका छौँ ।’ कम्पनीका कर्मचारीले सहयोगको लागि सम्पर्क गरेपछि कल्पनाले २००६ मा कमानी ट्युब्स नामको कम्पनी किनिन् ।

सन् १९५९ मा रामजी एच कमानीले स्थापना गरेको यो कम्पनी चल्न सकेन र बजारमा क्रेता भेटिएको थिएन ।  सन् १९८८ मा कारखानाका मजदुरलाई चाबी हस्तान्तरण गरियो । कल्पनाले कामदारलाई आफ्नो सेयरभन्दा बढी भुक्तानी गरेर विश्वव्यापी रुपमा प्रसिद्धि कमाएको कम्पनीलाई पुनर्जीवित गरिन् ।

 ‘ मेरो हैसियतको लागि मलाई घृणा गर्ने संघका नेताहरूलाई यो राम्रो लागेको थिएन ’ उनी भन्छिन् ।कमानी ट्युब्सका मजदुरको प्रतिनिधित्व गर्ने कमानी कर्मचारी युनियनका महासचिव गौतम मोदीले श्रीमती सरोजले चित्रण गरेजस्तो श्रमिकका लागि उचित नभएको बताउँछन् । 

उनी भन्छन् ‘ हामीलाई मुम्बईको औद्योगिक न्यायाधिकरणले रु २२.५ करोड करोड भारु बराबरको रकम ९७  कामदारलाई उपलब्ध गराउन श्रीमती सरोजको नाममा उच्च अदालतमा मुद्दा परेको थियो । उनी दुई वर्षदेखि यो मुद्दामा संलग्न छिन ।  

वास्तवमा, यी ९७ कामदार मध्ये ६३ जीवित छन् । उनले कम्पनीको जिम्मा लिँदा उनीहरूलाई जागिरमा सामेल हुनबाट रोकेकी थिएन् ।  सर्वोच्च अदालतको आदेशमा कमानी ट्युब्सले कामदार फिर्ता लैजान आदेश दिएको थियो । उनले कारखानाबाट ८० किलोमिटर टाढा स्थानान्तरण गरिएका कामदारलाई तलब दिएर युनियन र कम्पनीबीचको ज्याला सम्झौताको उल्लंघन गरेको आरोप लागेको छ । 

तर, कल्पना यसमा सहमत छैनन् । उनी भन्छिन्, ‘मैले सबै कामदारलाई तिर्नुपर्नेभन्दा बढी तलब दिएको छु ।

उनी भन्छिन् कि ‘मेरो  उदय मेरो हैसियतको लागि मलाई घृणा गर्ने संघका नेताहरुलाई कहिल्यै पचेन ।’  

कल्पनाले सन् १९९७ मा मारुती ८०० मोडलको कारबाट शुरु गरेको यात्रा अगाडि बढीरहेको छ । 

उनले १९८० मा पुनः विवाह गरिन् २२ वर्षको उमेरमा  । उनका  दुई बच्चा छन्  ।

अध्ययन सकाएपछि व्यवसायिक बिरासत उनीहरुले समाल्नेछन् । 

श्रीमान समीर सरोजको बारेमा सोध्दा उनी मुस्कुराउँछिन् । ‘ मलाई लाग्दैन कि म यो छलफल गर्न सक्छु ।’

कल्पनालाई सन् २०१३ मा व्यापार तथा उद्योगका लागि पद्मश्री अवार्डबाट  सम्मानित गरिएको थियो ।उनी अहिले दलित महिलाका लागि प्रेरणाकोस्रोत बनेकी छिन् ।

जसका प्रेरणा पाउने आशामा उनको एक झलक पाउन सार्वजनिक स्थलहरूमा भीड लाग्ने गर्छ । 

हरेश नखाईकन आफ्नो कर्तव्य पथमा लाग्ने हो भने जस्तो सुकै जटिलतालाई पनि चिर्न सकिन्छ भन्ने उनले देखाएकी छिन् । 

‘म मेरो कामको लयमा छु ।  पहिले छोराछोरीले गुनासो गर्थे म किन व्यस्त रहन्छु ।

मैले उनीहरूलाई बुझाउनु पर्यो कि यदि मैले यो गरिन भने हामीसँग विलासिताको सुविधा छैन र हामी सडकमा हुनेछौँ ’ उनी भन्छिन् ।

अब, कल्पनाले अकोलाको आफ्नो गाउँ फर्केर खेतीपातीमा लगानी गर्ने र गाउँका युवतीका लागि रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएकी छिन ।

उनले भारतीय संविधानका प्रमुख वास्तुकार एवम्  दलित समाज सुधारक डा. भीमराव अम्बेडकरमा आफ्नो प्रेरणाको पथ पर्दक  बताउँछिन्।

‘यदि बाबासाहेब (अम्बेडकर) ले मैले गरेको कामको समर्थन गर्न सक्नु हुन्छ भने, म कम्तीमा पनि उहाँले हासिल गरेको सफलताको एक प्रतिशत बराबर गर्न सक्छु  । मसँग उहाँको भन्दा धेरै समर्थन छ ’ उनले भनिन् । 

मनिसलाई जीवनमा अनकेन समस्या आउँछन् । असफलतामा जीवन फाल्नेसम्मको गलत विचार र सोच पनि आउँछ ।

तर, त्यसलाई परवाह नगरीआफ्नो काममा निरन्तर लागेको खण्डमा एक न एक दिन व्यवसायीक सफलता पाउन सकिन्छ भन्ने उदाहरण कल्पना बन्न सफल भएकी छिन् ।  दि इण्डियन एक्सप्रेसमा प्रकाशित समामग्रीको भावानुवाद 


क्लिकमान्डु