सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योगमा १४ घण्टा लोडसेडिङ



बिराटनगर । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषितरुपमा लोडसेडिङ गरेको भन्दै उद्योग चलाउन समस्या भएकोे बताएका छन् ।

इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडि देखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहाँका उद्योगीहरुले बताएका छन् । प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने बताएता पनि एक साता देखि वेलुका ६ बजे देखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको बताएका छन् ।

उद्योगीहरुले प्राधिकरणले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगहरू थप समस्यामा परेको बताएका छन् । प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नभएको उद्योगीहरुको गुनासो रहेको छ ।

सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौंै खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले बताए । उनले सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको बताए ।

सरकारले उद्योगहरुमा तत्काल विद्युत उपलब्ध गराउनु पर्ने सञ्चालक अग्रवालको भनाइ छ । अग्रवालले प्राधिकरणले तत्काल रुस र युक्रेनको युद्धको कारण भारतका विद्युत आपूर्तिमा समस्या हुँदासम्म मात्रै भए उद्योगीले धान्न सक्ने तर लामो समयको लागि लोडसेडिङ भए उद्योगीले धान्न नसक्ने जिकिर गरे ।

शशिकान्त अग्रवाल: हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो । सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौं । खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रुपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो । अत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ । अहिले वर्षा सुरु हुनु भन्दा पहिले र जाडो पछि खपत बढ्ने तर नदिनमा पानी कम हुने हुन्छ । यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ । तर यहिबीचमा रुस र युक्रेनबीच युद्ध भएको कारण भारतमा कोल आयात भएको छैन । भारतबाट विद्युत आयात गरिरहेका छौं । अहिले अप्रत्याशित विद्युत अभाव भएको छ । सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ । छोटो समयको लागि उद्योग चलाउन सकिन्छ । तर लोमो समय लोडसेडिङ भयो भने समस्या हुन्छ ।

रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक साता देखि निरन्तर रुपमा विद्युत आपूर्ति कटौती भएको छ । केही वर्षदेखि उद्योगहरुमा लोडसेडिङ नभएता पनि पटक पटक न्युन पावर ट्रिपिङ, पावर भोल्टेजका कारण उत्पादनमा कमी आउँदा समस्या भएको छ । यसमा ठूलो आर्थिक भार खेप्नु परेको अवस्था छ । पछिल्लो समय केही हप्ता देखि वेलुकी ६ बजेदेखि १४ घण्टासम्म विद्युत कटौतीको समस्या भोग्नु परेको अवस्था छ । उद्योग सञ्चालनमा मात्रै नभएर उद्योगका २ हजार कर्मचारी बस्ने आवासको समेत प्राधिकरणले विद्युत कटौती गर्दा समस्या परेको छ । यस्तो समस्याको विषयमा पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा समेत सुनुवाई भएको छैन । कुनै जानकारी, कुनै विद्युत कट हुने समय तालिका विना एक्कासी रुपमा उद्योगमा लोडसेडिङ सुरु भएको छ ।

प्राधिकरणका निर्देशक कुलमान घिसिङले लोडसेडिङ गदैनौं । तर सात दिनदेखि निरन्तर रुपमा लोडसेडिङ हुँदै आएको कुनै परिर्वतन भएको छैन । त्यति मात्रै नभएर उद्योगका श्रमिक बस्ने आवासमा छुटै लाइन दिएको थियो । त्यो समेत कटौती गरेको छ । उद्योग सञ्चालनको लागि डिजेल तथा जेनेरेटर केही पनि छैन । विगत भएका जेनेरेटरहरु पनि लोडसेडिङ अन्त्य भएपछि थन्किएर बसेको छन्। बिग्रिएर बसेको छ बनाएको छैन । श्रमिले समेत विद्युत नपाउँदा भोली उद्योगमा नै ठूलो समस्या आउने देखिन्छ ।

निखिल अग्रवाल: एक साता देखि विद्युत प्राधिकरणले भनेको छ । उद्योगमा १२ देखि १४ घण्टाको लोडसेडिङ हुन्छ । अहिले बैंकको ब्याज त्यति कै बढ्दै गएको छ । ढुवानीको लागत बढ्दै गएको छ । उद्योगलाई १२ देखि १४ घण्टा डिजेलमा चलाउन सकिन्छ ? कुनै पनि हालतमा सम्भव छैन । त्यसको प्रभाव सर्वसाधरण जनतालाई पर्ने हो । उद्योगलाई विद्युत दिने कुरामा सरकार गम्भिर हुनुपर्छ । लोडसेडिङ भएर उद्योग बन्द गर्नु प¥यो भने छुटै समस्या देखिन्छ। जुन देशमा बेरोजगारी बढ्छ । त्यसैले उद्योगमा लोडसेडिङ गर्ने कुरा राम्रो भएको छैन । विद्युत प्राधिरकण आफै उद्योगीलाई ठूलो ठूलो उद्योग ल्याउनुस् । जति पनि फालाफाल विद्युत छ । उद्योगलाई जति विद्युत चाहिन्छ । हामी दिन्छौं । अर्को पटकमा भन्ने १२ देखि १४ घण्टा लोडसेडिङ हुन्छ । लोडसेडिङ हुने कुनै बाध्यता होला । तर कुनै उद्योग सञ्चालनको लागि कुनै योजना हुनुप¥यो । उत्पादनको लागि कच्चा पदार्थ आयात भएको छ । विद्युत अभाव भएपछि कच्चा पदार्थ कटैती गर्नु पर्छ । ५० प्रतिशत उत्पादनमा कटौती गर्दा कच्चा पदार्थ मात्रै राखेर उद्योगले के गर्ने ?

के गर्दैछ सरकार ?

अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेका छन् । उद्योगीहरुले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने माग समेत गरि सकेका छन । तर प्राधिकरणले कुनै पनि प्रतिक्रिया दिएको छैन । रुस–युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ ।युद्धको कारण भारतमा विद्युत महँगो भएको छ । एक साता अगाडि नेपाली ३८ रुपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो । ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन । अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन ।

करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ । पछिल्लो एक सातायता प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गर्न थालेपछि उद्योगीहरुले प्राधिरकणको चर्को आलोचना गरिरहेका छन् ।

विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेको छ ।

विद्युत् आपूर्ति नियमित हुन नसक्दा सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या आएको छ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विद्युत् प्राधिकरणले प्रतिबद्धता जनाएको थियो । तर, अघोषितरूपमा बिजुली कटौती गरिरहेको उद्योगी व्यवसायीहरले बताएका छन् ।


क्लिकमान्डु