आन्दोलन रोक्न श्रीलंकामा सङ्कटकाल लागू, सामाजिक सञ्जालमा प्रतिबन्ध



बीबीसी । आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा अप्रिल ३ तारिखमा हुने भनिएको विरोध प्रदर्शनअघि पूरा देशभरी आपतकाल लागू गरिएको छ ।

सिलोन टुडेका अनुसार डिपार्टमेन्ट अफ गभर्नमेन्ट इन्फरर्मेशनले ३६ घण्टाका लागि कफ्र्यु लगाइएको छ । जुन २ अप्रिलको साँझ ६ बजेदेखि ४ अप्रिल विहान ६ बजेसम्मका लागि लागू हुनेछ ।

अखबारका अनुसार देशमा खाद्यान्न, इन्धन तथा अत्यावश्यक औषधिको कमी भएपछि ३ अप्रिलमा ठूलो संख्यामा विरोध प्रदर्शनको अपिल गरिएको थियो ।

तर त्यसअघि राष्ट्रपति गोटाबाया राजपक्षेले एउटा सूचना जारी गर्दै सडक, पार्क, रेल, समुन्द्री तट जस्ता सार्वजनिक स्थानमा निस्कन रोक लगाएका छन् । यद्यपि नोटिस अनुसार जुन व्यक्तिका लागि प्रशासनले पास जारी गरेको छ उनीहरु भने बाहिर निस्कन सक्नेछन् ।

कोलम्बोमा अवस्थित अमेरिकी दूतावासले आइतबार देशका फरक फरक स्थानमा विरोध प्रदर्शन जारी हुन सक्ने भन्दै श्रीलंकामा रहेका अमेरिकी नागरिकहरुलाई त्यसबाट टाढा रहन अपिल गरेको थियो ।

सोसल मिडिया र वेवसाइट ब्लक
श्रीलंकाका मुख्य सोसल मिडिया वेवसाइटमा प्रतिबन्ध लगाइएको छ । जसमा ट्विटर, ह्याट्एप, फेसबुक र युट्युव जस्ता सोसल मिडिया आधा रातपछि चल्न नसक्ने बनाइएको छ । तर यस विपयमा भने सरकारका तर्फबाट कुनै जानकारी आएको छैन । इन्टरनेट कम्पनीहरुका अनुसार सोसल मिडिया साइटको प्रयोगमा ठूलो गिरावट देखिएको छ ।

मोबाइल फोन प्रयोगकर्ताका लागि पठाइएको सन्देशमा लेखिएको छ, ‘टेलिकम्युनिकेशन रेगुलेटरी कमिसनको आदेशका कारण ह्वाट्सएप जस्ता सेवाहरु प्रतिबन्ध लगाइएको छ ।’

श्रीलंकामा यतिबेला तेल तथा अन्य आवश्यक सामानको उपलब्धता हुनेमा कुनै संकेत देखिएको छैन । जसका कारण मानिसहरुमा चरम आवेश र उत्तेजना उत्पन्न भएको छ । उनीहरु सरकारसँग रुष्ट बनेका छन् । उनीहरु सत्ताधारी परिवारद्वारा आर्थिक अव्यवस्थाका कारण देश अहिले संकटबाट गुज्रिरहेको छ ।

श्रीलंकाको समस्या समाधानका लागि भारत सरकारले ४० हजार मेट्रिक टन डिजल पठाएको छ । यो सहयोग ५० हजार डलर क्रेडिट लाइनका माध्यमबाट उपलब्ध गराइएको हो ।

श्रीलंकामा यतिबेला विदेशी मुद्राको अभाव कायमै छ । सामानहरुको मूल्य अकासिएको छ । देशको केन्द्रीय बैंकको लचिलो नीतिका कारण नोट छपाइ भइरहेको छ ।

श्रीलंकामा पछिल्लो ७२ वर्षदेखि आर्थिक समस्या, सामाजिक अशान्ति तथा नागरिकहरु देश छोड्ने अवस्थामा पुगेका छन् । जसका कारण यहाँको मुद्राका मूल्य लगातार घटिरहेको छ ।

संयुक्त राष्ट्र संघको चिन्ता
श्रीलंकाको अखबार सन्डे आइल्याण्डमा प्रकाशित समाचार अनुसार संय्ुक्त राष्ट्र संघले श्रीलंकाको रेजिडेन्ट कोअर्डिनेटर हाना सिंगर हम्दीले देशमा हिंसाको समाचारमाथि शुक्रबार चिन्ता व्यक्त गरेका छन् ।

एक ट्विटमा सिंगर हम्दीले सबैलाई संयम बन्न अपिल समेत गरेका छन् । उनले लेखेका छन्, ‘हामी घटनाक्रममाथि ध्यष्षन दिएका छौं । श्रीलंकामा हिंसाको खबरबाट हामी चिन्तित छौं, त्यसैले सबै संयम हुनु जरुरी छ ।’

श्रीलंकाको सरकारले विपक्षी दलसँग जोडिएको चरमपन्थी तत्वमाथि विरोध प्रदर्शनलाई हाइज्याक गर्न तथा यसलाई हिंस्रक बनाउन खोजेको आरोप लगाएको छ ।

अराजकतातर्फ बढ्दै देश
श्रीलंकाको अग्रेजी अखबार डेली एफटीमा पत्रकार तेनाकुन रुसरीपालाले जनताको यस प्रकारको प्रदर्शनका लागि सडकमा उत्रनु न्यायसंगत नै हो । किनभने उनीहरु माथि यसप्रकारको आर्थिक संकटका कारण उत्पन्न बोझ तथा कठिनाइहरु निकै असहनीय भइरहेको छ । यी समस्या समाधानका लागि व्यवहारिक रुपमा केही पनि काम गरिएको छैन ।

उनको लेखमा सरकारले विपक्षी पार्टीले आन्दोलन गर्न उक्साएको भन्ने आरोप गलत भएको बताएका छन् ।


क्लिकमान्डु