‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक, एकै पटक हजारौं फोनमा सूचना दिन सकिने



काठमाडौं । सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ ।

भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित यो सेवाको नेपालमै पहिलो ब्यवसायिक सरुवात गरिएको रिङ्गेजका अध्यक्ष दिपेश रेग्मीले बताए । सामान्य भाषामा बुझ्दा एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रशारण गर्ने प्रविधि नै ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ रहेको रेग्मी बताउँछन् ।

प्रचलनमा रहेको बल्क एसएमएस सिस्टमको परिस्कृत सँस्करण भ्वाइस कलिङ सिस्टमका रुपमा यो सेवा आएको रेग्मीको भनाइ छ । यसलाई भ्वाइस एसमएस पनि भनिन्छ ।

केही महिना अगाडि भएका राजनीतिक पार्टीका महाधिवेशनमा यो सेवाको प्रभावकारी परिक्षण गरिएको रेग्मीले जानकारी दिए । महाधिवेशनमा उमेदवारले प्रतिनिधिहरुसँग भोट माग्न यो सेवा प्रयोग गरेका थिए ।

चुनाबमा भोट माग्न मात्र नभइ कुनै पनि कम्पनी वा सँस्थाको उत्पादन, सेवा तथा गतिविधिको जानकारी दिन, बैंकिङ सेवाहरूको सूचना प्रवाह गर्न र पूजा तथा भोज कार्यक्रममा निम्ता दिनका लागि समेत यो सेवा निकै प्रभावकारी हुने रेग्मी बताउँछन् ।

‘यो सेवामा कुनै पनि भाषामा आवाज रेकर्ड गरि वेब एप्लिकेसनमा अपलोड गरिन्छ’ रेग्मीले भने ‘निम्तो तथा जानकारी दिन चाहनेले आफ्नै आवाजमा सन्देश प्रवाह गर्न सक्छन् । फोन नउठेका नम्बरमा कलहरू पुनः डायल हुन्छ । अन्त्यमा सो को प्रवाभकारिता रिपोर्ट वेब एपमै उपलब्ध समेत हुने भएकाले यो सिस्टम निकै प्रभावकारी छ ।’

कम्पनी स्थापनाको एक बर्ष करिब ५०० सेवाग्राहीहरूलाई सेवा दिएर सिस्टमको सफल परिक्षण गरेको रेग्मी बताउँछन् । सबै किसिमका परिक्षणमा यो सेवा प्रभावकारी देखिए पछि भ्वाइस ब्रोडकास्टिङ सिस्टम सार्वजनिक रुपमा सबै ब्यक्ति तथा संस्थाको सेवाका लागि उपलब्ध गराइएको रेग्मीको भनाइ छ ।

टेलिकमको शुल्क र कम्पनिको सिस्टमको शुल्क गरेर करसहित एउटा कलको साढे ३ रुपैयाँ खर्च लाग्ने बताइएको छ । आगामी दिनमा टेलिकमले आफ्नो शुल्क घटाएमा सो अनुसार मूल्य समायोजन गरिने रेग्मीले जानकारी दिए ।

यसै प्रविधिको प्रयोग गरि विभिन्न अनुसन्धान, पोलिङ, ग्राहकको गुनासो तथा प्रतिक्रिया सङ्कलन गर्न सकिने सेवा समेत सुरु गरिएको छ । यो सेवा अटोमेटेड भ्वाइससँग सम्बन्धित भएकाले अन्तरराष्ट्रिय स्तरमा समेत सेवा प्रवाह गर्ने कम्पनीको योजना रहेको छ । यसअघि कम्पनीले कोरोना महामारी ताका विविध संस्थासँगको समन्वयमा सार्वजनिक सन्देश ब्रोडकास्टिङ गरिसकेको छ । एक पटकमा एकभन्दा बढि व्यक्तिहरूक‍ो पहुँचमा तत्काल पुग्नुपर्ने सूचनाको पहुँच पुर्याउनका लागि कम्पनिले यस्तो कदम अघि सारेको हो ।

रिङ्गेजले टेलिकम कम्पनीहरुको सहकार्यमा सेवा संचालनमा ल्याएको छ । २०२१ मा स्थापित कम्पनीले हालसम्म ७० भन्दा बढि जिल्लाहरूमा पहुँच बनाइसकेको छ । जसमा ९२.७६ प्रतिशत सहभागितामा ९९.५६ प्रतिशत ग्राहकहरू ब्रोडकास्टमा जोडिएका छन् । कुनैपनि कम्पनिका सम्बन्धित सेवाग्राहीमाझ समान सूचनाको पहुँच बनाउनु कम्पनीको उद्देश्य रहेको छ ।


क्लिकमान्डु