सन् २०३० सम्म संसारभर नै बढ्नेछ मध्यमवर्गको संख्या



एजेन्सी । संसारभर कोरोनाका कारण अर्थतन्त्र चौपट छ । मानिसहरु क्रमशः गरिबीको रेखामुनी धकेलिइरहेका छन् । त्यसमागि रुस र युक्रेनबीचको लडाईका कारण संसारभर नै समस्या पर्दै गएको छ ।

इन्धनको मूल्य बढेर प्रतिव्यारेल १५० अमेरिकी डलरदेखि १८० अमेरिकी डलरसम्म पुग्ने अनुमान पनि सार्वजनिक भएको छ । अवस्था हेर्दै जाँदा समसय घट्दो क्रमममा छैन, बरु बढ्दो क्रममा छ । तर यही बेला एउटा यस्तो विवरण सार्वजनिक भएको छ, जसमा सन् २०३० सम्म संसाभर नै मध्यवर्गीय मानिसको संख्यामा उल्लेख्य वृद्धि हुने छ ।

एक अध्ययनमा भनिएअनुसार कोरोना संकट, रुस युक्रेन युद्धका बाबजूद पनि संसारभर नै मध्यवर्गीय मानिसको संख्यामा वृद्धि हुने र त्यसले विश्व अर्थतन्त्रलाई समेत नयाँ उचाईमा पुर्याउने व्श्विास व्यक्त गरिएको छ ।

प्राकृतिक विपत्तीको मात्रामा वृद्धि भएको छ । यस्तै, युद्ध, संघर्षका कारण विश्व अर्थतन्त्रमा समस्या पेदा भएको छ । त्यसको अलावा संसारभर नै शहरीकरणमा उल्लेख्य मात्रामा वृद्धि भएको छ । अल्पविकसित देशहरु क्रमशः विकासोन्मुख देशमा परिणत भएका छन् । त्यसले पनि गरिबीको मात्रामा उल्लेख्य कमी ल्याउने विश्वास बढ्दै गएको छ ।

संसारका केही देश विकासको चरम चुलमिा पुगेका छन् । त्यसको प्रभाव क्रमशः छिमेकी अन्य देशहरुमा पनि पर्ने स्वभाविक नै छ । दक्षिण एशियामा आर्थिक शक्ति सम्पन्न बन्ने होडमा भारत छ । यस्तै, चीन विश्व आर्थिक शक्तिको शिखरमा पुगिसकेको छ । अमेरिकाको नेतृत्वमा रहेको भनिएको विश्व अर्थतन्त्र अब क्रमशः पूर्वतिर सर्दै आएको छ ।

जापान, चीन, दक्षिण कोरिया जस्ता देशले गरेको आर्थिक विकास र वृद्धि आफैमा महत्वपूर्ण छ । यतिबेला इन्धन संकट तथा कोरोनाका कारण संकटमा फसेको भएपनि विश्व अर्थतन्त्र अब क्रमशः विकासको नयाँ चरणमा गुणात्मक रुपमा फड्को हान्ने अपेक्षा गरिएको छ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता बहुपक्षीय दातृ निकायले पनि आर्थिक विकास नयाँ चरणमा प्रवेश गर्न लागेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । त्यसमा विकासका अनेकन मोडलको चर्चा गरिएको छ ।

निजी क्षेत्रको बढ्दो सक्रियताले पनि मानिसहरुमा उद्यमशिलताको विकास भएको छ । यस्तै, व्यापारका क्षेत्रहरुमा पनि विविधिकरण भएको छ । स्टार्टअप जस्ता सूचना प्रविधिमा आधारित आर्थिक गतिविधिले दिन दुई गुणा, रात चार गुणाको दरले मानिसको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ ।

आर्थिक विकासका नयाँ नयाँ आयामहरु खुल्दै गएका छन् । सोचहरुमा, रणनीतिमा तथा लगानीका क्षेत्रमा भएको विविधकरणले मध्यमवर्गको विकास गुणात्मक देखिएको छ ।

ब्रुकिङ्स इन्टिच्यूटले गरेको एक अध्ययन अनुसार सन् २०३० सम्म मध्यमवर्गको आम्दानी सन् २०२० को तुलनामा सबैभन्दा बढी वृद्धि हुनेछ । सोही वर्गले नै सबैभन्दा बढी खर्च गर्ने भएकाले पनि बजार थप विस्तार हुनेछ ।

सन् २०३० सम्म मध्यवर्गको उपस्थिती बढ्दै जाँदा त्यसको सबैभन्दा बढी प्रभाव अर्थतन्त्रमा पर्नेछ । सो अध्ययनले मध्यम वर्गलाई पनि दुई फरक हिस्सामा विभक्त गरेको छ । मध्य वर्ग मध्ये आर्थिक रुपमा तल्ला तहका मध्यमवर्गको हिस्सा बढी रहनेछ ।

विकास हुन नसकेका देशमा विकासको विस्तार हुँदा एकाध वर्षमा नै उल्लेख्य प्रगति हुने अध्ययनमा उल्लेख गरिएको छ । सोही परिवारले नै बढी खर्च गर्दा उद्योग र व्यापारमा समेत सोच्दै नसोचिएको विस्तार हुनेछ ।

धनी वर्गमा रहेका मानिसको खर्च सन् २०३० सम्म २१.६३ लाख करोड भारु बराबर पुग्नेछ । हाल त्यस्तो खर्च १४.९२ लाख करोड बराबर छ । यस्तै, अप्पर मिडिल क्लासका मानिसले सन् २०३० सम्म कूल २०.१४ लाख करोड भारु बराबरको खर्च गर्नेछन् ।

हाल त्यस्तो वर्गको खर्च १३.४२ लाख करोड भारु बराबर छ । यस्तै, लोअर मिडिल क्लासका मानिसले २०३० सम्म कूल २६.१० लाख करोड बराबर पुग्नेछ ।

अध्ययन अनुसार अप्पर मिडल क्लासका मानिसले दैनिक १३ हजार २५१ रुपैयाँ बराबरको कमाई गर्नेछन् । सा समयमा पनि सबैभन्दा गरिब वर्गको भने १३२३ रुपैयाँ बराबर मात्रै हुनेछ । गरिबका लागि आम्दानी बढाउन थप अवसरको खोजी गर्नुपर्ने आवश्यकता पनि अध्ययनमा देखाइएको छ ।

रोजगारीको अवसरमा आउने बदलाव तथा स्रोतहरुमा पहुँच नहुँदा गरिब झनै गरिब हुने सम्भावना पनि उत्तिकै छ । उच्च धनीहरु झनै धनी हुने र गरिब झनै गरिब हुने अवस्थाको अन्त्यका लागि समानुपातिक वितरण र समान अवसरको खोजी र उपलब्धता जरुरी रहेको अध्ययनले स्पष्ट पारेको छ । तर भारतमा भने धनी झनै धनी हुने र गरिब झनै गरिब हुने देखिएको छ ।

कोरोनाकालमा पनि भारतमा धनीको सम्पत्ति अत्याधिक वृद्धि भएको र गरिबको अवस्था झनै दुरुहपूर्ण भएको विभिन्न विवरणहरुमा देखिएको थियो । त्यसोत भारतमा आसेपासे पूँजीवादमा भएको विस्तारले पूँजीवादले दिने अवसर संकुचित भएको छ । त्यसका लागि निजी क्षेत्रमा समान अवसरको खोजी हुनुपर्ने आवश्यकता बढ्दै गएको छ ।


क्लिकमान्डु