युक्रेनको माटोबाट बन्छ टायल, रुसले आक्रमण गरेपछि माटो आयातमा समस्या



एजेन्सी । तपाईंको आफ्नो घरमा आकर्षक टायल प्रयोग गरौं भन्ने सोच सबैको हुन्छ । किनकी, देखिँदा राम्रो पनि, त्यसमाथि विभिन्न आकार र आकर्षक देखिने टायलले सबैको मनलाई मोहित बनाइदिन्छ ।

भारतबाट यस्ता टायल आयात हुने गरेको छ । भारतबाट मात्र नभई संसारका विभिन्न देशबाट टायलको आयात हुन्छ । तर, टायल कसरी बन्छ र त्यसका लागि आवश्यक पर्ने माटो वा अन्य सामग्री कहाँबाट कसरी आउँछ भन्ने बारेमा कमैलाई मात्र जानकाारी छ ।

समाचार विवरणहरुमा जनाइएअनुसार टायल बनाउनका लागि सबैभन्दा उपयुक्त माटो द्वन्द्वग्रस्त मुलुक युक्रेनबाट आउने गरको छ । युक्रेनको माटोबाट भारतमा टायल बनाइन्छ ।

युक्रेनमाथि रुसले आक्रमण थालेपछि टायल बनाउने माटोको दीर्घकालीन आयातमा नराम्ररी असर परेको छ । त्यस्तो असरले बजारलाई कहाँ र कस्तो अवस्थामा पुर्याउँछ भन्ने बारेमा खासै केही भनीहाल्ने अवस्था भने छैन ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतका विभिन्न कम्पनीले वार्षिक झण्डै २ अर्ब बराबरको टायल बनाउने माटो आयात गर्ने गरेको छ । संसारभर नै टायल बनाउने उपयुक्त माटो युक्रेनमा पाइन्छ ।

भारतले मात्रै नभई संसारका विभिन्न देशले माटो आयात गर्ने गरेको बताइएको छ । असाध्यै चम्किलो माटो भएकाले टायल बनाउन उपयुक्त हुने बताइएको छ ।

युक्रेनमा रुसको आक्रमणले विश्वभर त्रास फैलाएको छ । यसले धेरै देशको अर्थतन्त्रलाई पनि असर गरेको छ । यस्तै एउटा नराम्रो असर गुजरातको मोरबी सहरमा पनि पर्न लागेको छ । किनभने मोरबीमा बनाइएका धेरै चम्किलो टाइलहरूमा युक्रेनको चम्किलो माटो प्रयोग गरिन्छ ।

वास्तवमा, युक्रेनको भूमिबाट भिजेको र चम्किलो माटो निस्कन्छ, जुन टाइल्स निर्माणमा धेरै उपयोगी रहेको छ । जसका कारण मोरबीका टाइल व्यवसायीले युक्रेनबाट ठूलो परिमाणमा माटो किन्ने गरेका छन् । यस हिसाबले युक्रेनमा भएको आक्रमणको प्रत्यक्ष असर यो व्यवसायमा पर्न लागेको छ ।

युक्रेनी माटोको विशेषता यो हो कि यसमा दुधको जस्तै चमक छ । सुकेपछि झनै चम्किलो हुन्छ । इटालियन सिंंगमरमरमा पाइने यस्तै कण युक्रेनको माटोमा पनि पाइन्छ । युक्रेनमा धेरै माटोका खानीहरू छन् र यो संसारभरका देशहरूमा आपूर्ति गरिन्छ ।

विश्वभर माग बढेपछि युक्रेनको माटो महँगो भएको बताइएको छ । यस सम्बन्धमा मोरबी सिरेमिक एसोसिएसन भिट्रिफाइड विभागका प्रमुख मुकेशभाई कुण्डरिया भन्छन्, दुई दशकअघिको कुरा गर्ने हो भने मोरबीको सिरामिक उद्योगमा युक्रेनी माटो सबैभन्दा बढी प्रयोग हुने गरेको छ ।

मोरबीमा यसको माग यति धेरै थियो कि युक्रेनबाट कन्टेनर मात्र होइन, माटो भर्ने स्टिमरहरू पनि मोरबी पुगेका थिए ।

त्यतिबेला युक्रेनको माटोमा अन्य माटो मिसाएर टाइलहरू बनाइन्थ्यो । बिस्तारै, युक्रेनी माटोको माग विश्वभर हुन थाल्यो, त्यसैले यसको मूल्य पनि बढ्यो । ठूला व्यापारीले पनि यसलाई एकाधिकार गर्न थालेपछि मोरबीका साना व्यापारीले यसको प्रयोग गर्न छाडेका थिए । अहिले केही ठूला कम्पनीहरूले मात्र युक्रेनबाट माटो आयात गर्छन् ।

तीन वर्षभन्दा कम अवधिमा आयात घटेको बताइएको छ ।

यस सम्बन्धमा मोरबी सिरेमिक उद्योगका प्राविधिक परामर्शदाता धर्मेशभाई जोवनपुत्राले सबै खर्च जुटेर पनि त्यसबेला ५ रुपैयाँसम्ममा माटो उपलब्ध हुने गरेको छ ।

मोरबीको सेरामिक उद्योगका लागि युक्रेनको माटो पनि महँगो पर्न थालेको बताइन्छ । पछिल्लो २–३ वर्षमा सोही मूल्य झण्डै १६ रुपैयाँसम्म बढेको छ ।

त्यतिबेला टाईलका लागि लाखौं टन माटो आवश्यक थियो । जसका कारण कतिपय कम्पनीले अर्को बाटो लिएर राजस्थानको माटो प्रयोग गर्न थालेका छन् ।

यद्यपि, अहिले पनि युक्रेनको माटोबाट राम्रो गुणस्तर र महँगो टाइलहरू बनाइन्छ । तर, अहिले युक्रेन युद्धको आगोमा जलेको हुँदा त्यहाँबाट माटोको आयात लामो समयसम्म प्रभावित हुने सम्भावना छ ।

यस्तै गहुँको समेत उपयुक्त थलो भएकाले युक्रेनले निकासी गर्न नसक्दा थप जटिलता पैदा हुने बताइएको छ ।


क्लिकमान्डु