अम्बानीको रिलायन्स जियोले समुन्द्रमा किन बिच्छ्याउँदैछ केबल ?



एजेन्सी । नेपालमा पनि बेला बेलामा दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि समुन्द्रसम्म केबल लाइन पुर्याउने बहस भइरहन्छ । र, यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले सो कामका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । तर, यी विषयमा हालसम्म ठोस प्रगति भने हुन सकेको छैन ।

तर, भारतको एक कम्पनीले भने यसमा तुलनात्मक रुपमा सकारात्मक तरिकाले काम गरिरहेको छ । विवरणहरुमा जनाइए अनुसार भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी रिलायन्स जियोले समुन्द्रमा १६ हजार किलोमिटर लामो केबल बिच्छ्याउने भएको छ ।

समाचार विवरणहरुमा जनाइए अनुसार हालसम्म उक्त केवल लाइन माल्दिभ्स पुगेको छ । यो हालसम्मकै सबैभन्दा ठूलो केबल प्रणाली भएको बताइएको छ ।

समुद्रमा मात्रै १६ हजार किलोमिटर लामो केबल बिछ्याइने छ । त्यसबाट युरोपदेखि सिंगापुरसम्मको कनेक्टिभिटी थप बलियो हुने जनाइएको छ ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी रिलायन्स जियोले हाल पनडुब्बी केबल प्रणालीमा काम गरिरहेको छ । रिलायन्स जियोको अर्को पुस्ताको बहु–टेराबाइट इन्डिया–एशिया–एक्सप्रेस (आईएएक्स) अन्डरसी केबल प्रणाली निर्माण भइरहेको छ ।

त्यसले माल्दिभ्सको हुलहुमालेलाई माल्दिभ्सको पहिलो अन्तर्राष्ट्रिय केबलको प्रणालीमा जोड्नेछ । यो प्रणालीले हुलहुमलेलाई भारत र सिंगापुरसँग सीधा जोड्नेछ ।

जानकारहरुका सो प्रणालीले पश्चिममा मुम्बई छोडेर भारतलाई सिङ्गापुरका साथै मलेशिया र थाइल्याण्डसँग जोड्नेछ । भारत–युरोप–एक्सप्रेस प्रणालीले मुम्बईलाई मिलान, इटाली र मध्यपूर्व, उत्तर अफ्रिका र भूमध्यसागरसँग जोड्नेछ ।

आइएएक्स कुञ्जी २०२३ को अन्त्यसम्ममा सेवामा उपलब्ध हुने अपेक्षा गरिएको छ । जबकि आइइएक्स २०२४ मा त्यो प्रणाली खास रुपमामा सेवाका लागि तयार हुनेछ ।

यसले उच्च क्षमता र उच्च गति प्रणालीहरूबाट १०० पबजी प्रतिसेकेण्डको गतिमा २०० टेराबाइट प्रतिसेकेण्डभन्दा बढी क्षमता प्रदान गर्नेछ । यसका लागि समुद्रमा १६ हजार किलोमिटर लामो केबल बिछ्याइनेछ ।

आइइएक्स र आइएएक्स मिलेर टेलिकम पूर्वाधारलाई धेरै बलियो बनाउने बताइएको छ । यो दूरसंचार क्षेत्रमा दशकको सबैभन्दा ठूलो र सबैभन्दा महत्वपूर्ण परिवर्तन हुनेछ ।

रिलायन्स जियो नेटवर्क भारतमा डिजिटल सेवाहरू र डेटा खपतमा अग्रपंक्तिमा छ । रिलायन्स जियोले भिडियो स्ट्रिमिङ, रिमोट वर्कफोर्स जस्ता आइओटीको माग पूरा गर्न आफ्नो प्रकारको पहिलो भारत–केन्द्रित आइएक्स प्रणालीको निर्माणको नेतृत्व गरिरहेको छ ।

त्यसबाट किफायती र उच्च गुणस्तरको इन्टरनेट सेवा उपलब्ध हुनेछ । माल्दिभ्सका आर्थिक विकास मन्त्री उज फैयाज इस्माइलका अनुसार यसले कनेक्टिभिटी, पूर्वाधार बढाउन मद्दत गर्नेछ ।

साथै सुरक्षित, किफायती र उच्च गुणस्तरीय सेवा प्रदान गर्ने काम पहिलो चरण हुनेछ । हामीले हाम्रो अर्थतन्त्रलाई विविधीकरण गर्ने र आफूलाई दक्षिण एसियामा प्रमुख सञ्चार केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेका छौ भन्ने प्रतिक्रिया रिलायन्स जियोका तर्फबाट सार्वजनिक भएको छ ।

आर्थिक विकास बाहेक, यसले माल्दिभ्समा पनि उच्च–गतिको इन्टरनेट पहुँचमार्फत् सामाजिक विकासलाई गति दिनेछ । त्यसका लागि कम्पनीले प्रणाली विकास गर्नका लागि काम गरिरहेको छ ।

जानकारहरुका अनुसार त्यसबाट डाटाको उच्च मागलाई बलियो बनाउनेछ । रिलायन्स जियोका अध्यक्ष म्याथ्यू ओमनले माल्दिभ्स सरकार र जियोसँग काम गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

उनले त्यसका लागि व्यक्त गर्दै आजको विश्वव्यापी अर्थतन्त्र उच्च ब्रोडब्यान्डद्वारा सञ्चालित रहेको बताए । सो प्रणालीले मानिस, व्यवसाय र सेवालाई एक आपसमा जोड्नेछ ।

जियोको सो प्रणालीले माल्दिभ्सलाई विश्वको सामग्री हबमा मात्र जोड्ने छैन । यसले माल्दिभ्स सरकारले शुरु गरेका धेरै नयाँ पहलहरूबाट उत्पन्न हुने डाटाको उच्च मागलाई पनि सम्बोधन गर्नेछ ।

किनकी, समुन्द्रमा त्यति लामो केबलको काम गर्नु आफैमा अर्को महत्वपूर्ण कदम हो । यसले भारतमा पनि थप गुणस्तरको डाटा सेवा उपलब्ध गराउन सहयोग मिल्नेछ ।


क्लिकमान्डु