के भारतको अर्थतन्त्रमा सुधार हुन लागेको हो ? जनवरीमा साढे ३४ अर्ब डलर बराबरको निर्यात



एजेन्सी । कोरोनाका कारण समस्यामा परेको भनिएको भारतको अर्थतन्त्रमा सुधारको संकेत देखा परेको विवरणहरु सार्वजनिक भएका छन् । विवरणहरुका जाइए अनुसार भारतको अर्थतन्त्रका लागि ठूलो खुसीको खबर आएको छ ।

यो भारतीय अर्थतन्त्रका लागि राम्रो समाचारभन्दा कम नभएको बीबीसी हिन्दीले जनाएको छ । सन् २०२२ को जनवरीमा भारतको व्यापारिक निर्यात ३४.५ अर्ब डलर पुगेको छ ।

यो गत वर्षको तुलनामा २५.३ प्रतिशतले बढेको हो । यससँग सम्बन्धित सरकारी तथ्यांक मंगलबार सार्वजनिक भएको हो ।

त्यसमा आयातमा केही कमी आएको बताइएको छ । यस्तो अवस्थामा भारतको व्यापार घाटा विगत पाँच महिनाको न्यून स्तरमा १७.४ अर्ब डलरमा ओर्लेको छ ।

कुनै पनि देशको अर्थतन्त्रको बल उसको निर्यातसँगै बढ्न जान्छ । अर्थात् विदेशमा आफ्नो सामान धेरै बेचेर कम किन्ने हो भने त्यो अर्थतन्त्र बलियो भएको संकेतका रुपमा लिइन्छ ।

यसले देशमा विदेशी मुद्रा सञ्चिति बढ्छ र आयात घटाउँछ । यससँगै विदेशमा भारतीय उत्पादनको माग बढेमा रोजगारी पनि सृजना हुने अवस्थाको सिर्जना भएको छ ।

भारतीय पत्र पत्रिकामा यससम्बन्धी विवरण प्मुखताका साथ छापिएको छ । अंग्रेजी पत्रिका द हिन्दूले पहिलो पृष्ठमा यो समाचारलाई प्रमुखताका साथ छापेको देखिएको छ ।

तर, जनवरीमा सामानको निर्यात डिसेम्बरको तुलनामा ८.७५ प्रतिशतले कम थियो । डिसेम्बरमा सामान निर्यात ३७.८१ अर्ब डलर बराबरको रेकर्ड बनेको थियो ।

यसले आव २०२१–२२ मा भारतको व्यापारिक निर्यात लक्ष्य ४०० बिलियन डलरको नजिक लैजान्छ । आर्थिक वर्ष २०२१–२२ को पहिलो १० महिनामा ३३६ अर्ब डलरको सामान बिक्री भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि भएको विवरण छ । कोभिड–१९ अघिको महामारीको तुलनामा २७.१ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

सुनको आयातमा घट्यो
जनवरीमा सुनको आयातमा भारी गिरावट आएको छ । सो महिनामा सुनको आयात २.४ अर्ब डलर बराबर छ । यो गत वर्षको जनवरी महिनाको तुलनामा ४०.५ प्रतिशत कम हो । योसँगै गत महिनाको तुलनामा झण्डै आधा हो । डिसेम्बरमा ४ अर्ब ७२ करोड डलरको सुन आयात भएको थियो ।

भारतको आयातमा भारी मात्रामा गिरावट आउनुको प्रमुख कारण पहेंलो धातुको आयातमा आएको कमी पनि भएको बताइएको छ ।

जनवरीमा भारतको आयात ५१.९ अर्ब डलरमा झरेको छ । यो डिसेम्बर २०२१ को तुलनामा १२.७ प्रतिशतले कम हो ।

फलस्वरूप, व्यापार घाटा नोभेम्बर २०२१ म रेकर्ड भए अनुसार २२.९ बिलियन डलर बराबरको अन्तर थियो । सेप्टेम्बर देखि औसतमा २१.७ बिलियन अमेरिकी डलर बराबरमा ओर्लेको थियो ।

यद्यपि, भारी आयात अझै पनि ठूलो चिन्ताको विषय बनेको र जनवरीमा बाहिरबाट कच्चा पदार्थको खरिद वर्षेनि २३.५ प्रतिशतले बढेको छ । अझै पनि ५० अर्ब डलरभन्दा माथि रहेको निर्यातकर्ताहरू बताउँछन् ।

रेटिङ फर्म इक्राका प्रमुख अर्थशास्त्री अदिति नायरका अनुसार सन् २०२१ मा सुनको आयात बढेको कारण सन् २०२० मा दबाइएको माग थियो । यो वर्षमा ३० देखि ३५ बिलियन डलरमा सीमित हुने आशा गर्दछौ ।

कोरोनाको तेस्रो लहर र यससँग सम्बन्धित बन्देजका कारण सुनको माग घटेको हो । सुनको आयातमा आएको कमीका कारण व्यापार घाटा विगत पाँच महिनायताकै न्यून स्तरमा ओर्लेर १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।

मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कमा जनवरी महिनाको निर्यात अलिकति बढेर ३४.०६ अर्ब डलर रहेको अनुमान गरिएको छ भने आयात ५२.०१ अर्ब डलरभन्दा कम रहेको छ ।

जनवरीमा कफी र पेट्रोलियम पदार्थको निर्यात झण्डै दोब्बरले बढेको छ । कपासको धागो र ह्यान्डलूम उत्पादनको निर्यात ४२.४ प्रतिशतले बढेको छ ।
जनवरी २०२१ को तुलनामा तयारी पोशाक, मानव निर्मित धागो, छाला र इन्जिनियरिङ सामानको निर्यात २० प्रतिशत र २५ प्रतिशतले बढेको छ ।
भारतीय निर्यातकर्ता संगठन महासंघका अध्यक्ष ए शक्तिवेलका अनुसार गत महिना उकालो लागेका क्षेत्रहरू सबै श्रम सम्बन्धित थिए । यो शुभ संकेत भएको र आगामी दिनहरुमा रोजगारीका अवसरहरु बढ्ने देखिन्छ । ४ सय अर्ब डलरको वस्तु निर्यात लक्ष्य सजिलै पार हुने मलाई लाग्छ ।
वाणिज्य तथा उद्योग मन्त्रालयका अनुसार भारतको सेवा क्षेत्रको निर्यात जनवरीमा २६.९१ अर्ब डलर बराबर छ ।

जुन गत वर्षको तुलनामा ५५ प्रतिशत र जनवरी २०२० को तुलनामा ४६.६ प्रतिशतले बढी हो । सेवा क्षेत्रको निर्यात १५.८ बिलियन डलरबाट वार्षिक ६०.३ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु