निर्जीवन बीमा कम्पनीको लगानी खर्ब माथि, कहाँ कति ?



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ खर्ब माथि लगानी गरेका छन् ।

बीमा समितिको तथ्यांकअनुसार राष्ट्रिय बीमा कम्पनीबाहेक १९ निर्जीवन बीमा कम्पनीहरुले एक खर्ब ६ अर्ब ६४ करोड ७७ लाख रुपैयाँ लगानी गरेका हुन् ।

कुल लगानीमध्ये ६३.३६ प्रतिशत अर्थात् ६७ अर्ब ५७ करोड रुपैयाँ राष्ट्र बैंकबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् ।

वाणिज्य बैंकमा ३३ अर्ब ४३ करोड रुपैयाँ, वर्गको विकास बैंकमा ४ अर्ब १५ करोड र फाइनान्स कम्पनीहरुमा २९ अर्ब ९८ करोड रुपैयाँ लागनी गरेका हुन् ।

सूचीृकत पब्लिक कम्पनीको शाधारण शेयरमा पनि निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरुको कुल लगानीको ३०.४७ प्रतिशत हो ।

सूचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा १ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ, क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र १ अर्ब २७ करोड ६१ लाख रुपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा २३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तै कम्पनीहरुले नेपाल सरकारको बचतपत्रमा २८ करोड ८८ लाख रुपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ३७ करोड ८६ लाख रुपैयाँ लगानी गरेका छन् ।

यस्तैगरी निर्जीवन बीमा कम्पनीहरुले अन्य लगानी अन्र्तगत ९ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा घरजग्गा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छैनन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिका, २०७५ बमोजिम निर्जीवन बीमा कम्पनीहरुले घर जग्गामा बढीमा ५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।

कुन कम्पनीको लगानी कहाँ कति ?

यस अवधिमा सबैभन्दा धेरै लगानी प्रिमियर इन्स्योरेन्सले गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा विभिन्न क्षेत्रमा ३६ अर्ब १५ करोड ३९ लाख रुपैयाँ कुल लगानी गरेको छ ।

यस्तै, सिद्धार्थ, सगरमाथा, शिखर र नेपाल इन्स्योरेन्ले ५ अर्बभन्दा धेरै लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेप घर जग्गा, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलश्रोत लगाएतका पूर्वाधार, म्यचुअल फण्ड र नागरिक लगानी कोष लगायतका अन्य क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था बीमा समितिले गरिदिएको छ ।


क्लिकमान्डु