अंग्रेजी सिकाउने १३ बिलियन डलरको स्टार्टअप कम्पनी, लगानीकर्ता अर्बपति भए



एजेन्सी । तपाईंंले आफ्नो भाषा कत्तिको शुद्ध लेख्नुहुन्छ वा बोल्नुहुन्छ ? आम मानिसलाई यो सोध्दा धेरैले भन्छन्- सबै त सकिदैन वा जानिदैन पनि । किनकी, भाषामा शुद्धता हुनुपर्छ भन्ने कुरा धेरै कमलाई मात्र थाहा छ । न की भाषालाई आमासँग तुलना गरिन्छ ।

त्यही भएर भाषालाई मातृ भाषा पनि पनि भनिएको छ । हामी नेपालमा बस्छौ, हाम्रो भाषा नेपाली हो । नेपालमा १२० जातजाती छन् । उनीहरुको पनि आ-आफ्नै भाषा छन् ।

संसारभरका लागि अन्तर्राष्ट्रिय भाषाको रुपमा अंग्रेजी प्रसिद्ध छ । यस्तै, चिनियाँ, जापानी, फ्रेन्च, रसियन, जर्मनी पनि संसारभरमा लोकप्रिय भाषाका रुपमा लिइन्छ । संसारका केही देशमा स्पेनिस भाषा पनि उत्तिकै लोकप्रिय छ ।

तर, यही भाषाको प्रयोगसम्बन्धी विषयलाई नयाँ ढंगले सोच्दा वा त्यसैमा लगानी गर्दा पनि अर्बपति बन्न सकिन्छ र ? यो प्रश्न यतिबेला जोडिएर आएको छ । जुन धेरैलाई असम्भव पनि लाग्न सक्छ ।

धेरैले असम्भव मानेको यो विषय खासमा सही र सत्य सावित भएको छ । यो प्रसंग हो अमेरिकाको ।

जसले शुद्ध भाषा वा त्यसमो जोडिएको व्याकरणको जानकारी दिएर आफुलाई स्थापित मात्रै गरेका छैनन्, त्यसबाट राम्रो कमाई पनि गरेकाछन् । त्यसलाई सूचना प्रविधिसँग जोडेका छन् र स्टार्टअपको रुपमा व्यवसाय पनि गरेका छन् ।

स्टार्टअप फेरी कसरी भन्ने जिज्ञासा पनि यसमा जोडिएर आउँछ । हो, भाषाको शुद्धता र व्याकरणसँग जोडिएका गल्तीलाई सुधार गर्न सिकाउने ध्येयले अमेरिकाका एक युवाले यसैलाई व्यवसायसँग जोडेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार ती युवा ब्लुमवर्ग बिलेनियर इन्डेक्समा समेत समावेश भएका छन् ।

अंग्रेजी व्याकरणसँग जोडिएका गल्ती सुधार गरेर सही अंग्रेजी लेख्न बोल्न सहयोग गर्ने स्टार्टअप कम्पनी ग्रामरलीका दुई सह संसथापक अर्बपतिको सूचीमा सहभागी भएका छन् ।

ब्लुमवर्ग विलेनियर इन्डेक्सका अनुसार ग्रामरलीका २ को फाउण्डर म्याक्स लिविन र एलेक्स सैवचेन्कोको कूल सम्पत्ति २–२ बिलियन डलरभन्दामाथि पुगेको छ ।

विवरणहरुमा जनाइए अनुसार उनीहरुको स्टार्टाअप अमेरिकाका शीर्ष १० मध्येको एक बन्न पुगेको छ । उनीहरुले यो स्टार्टअप शुरुवाती चरणमा ३ जना मिलेर शुरु गरेका हुन् ।

यो काम सन् २००९ मा शुरु भएको हो । आज कम्पनीको साथमा ६०० भन्दा बढी कर्मचारी कार्यरत छन् । भाषामा राम्रो दख्खल भएका जानकारहरुलाई कम्पनीले काम पनि दिएको छ ।

भाषामा देखिएको भद्रगोल तथा गल्तीका कारण धेरै मानिसले दुःख पाएको तथा सही अर्थ थाहा नपाउँदा समस्या भएको थाहा पाएपछि उनीहरुले उक्त स्टार्टअप सुरु गरेको बताएका छन् ।

हाल कम्पनीको दैनिक प्रयोगकर्ताको संख्या मात्रै ३ करोड भन्दा बढी छ । यो कम्पनीले वार्षिक रुपमा विभिन्न ५ लाख एपको सहयोगबाट १४ ट्रिलियन शब्दको विश्लेषण गर्दछ ।

पछिल्लो वर्षको नोभेम्बरमा एक फण्डिङ राउण्ड कम्पनीले गरेको विश्लेषणमा ग्रामरलीको कूल बजार मूल्य मात्रै १३ बिलियन डलर बराबर रहेको आंकलन गरिएको थियो । यसको साथ साथै सो कम्पनी अमेरिकाको १० ठूला बढी मूल्यांकन भएको स्टार्टअप कम्पनीमा समेत समावेश भएको छ ।

विवरणहरुमा जनाइए अनुसार कम्पनी हरेक दिन सफलताको शिखरमा उक्लिइरहेको छ ।

ब्लुमवर्गको जानकारी अनुसार नोभेम्बरमा कम्पनीले २०० मिलियनभन्दाबढीको कोष जुटाउन सफलता प्राप्त गर्यो । कम्पनीलाई लगानी उपलब्ध गराउनेमा व्यालिई गिफोर्ड एण्ड कम्पनी हो ।

शोधकर्ता फर्म सीबी इन्साइटका अनुसार सोही लगानीपछि सो कम्पनी अमेरिकाको १० औं ठूलो मूल्यांकन भएको स्टार्टअप कम्पनी समेत बन्न सफल भयो । त्यो भन्दा पहिले सन् २०१९ मा एक फण्डिङ राउण्ड कम्पनीले कम्पनीको कूल मूल्यांकन १ बिलियन डलरभन्दाबढी रहेको जनाएको थियो ।

ग्रामरलीको सिकाई पनि सजिलो छ । जसको प्रयोगबाट अंग्रेजी लेख्नुका साथ साथै व्याकरणको शुद्धाशुद्धी हेर्न पनि सहयोग गर्छ ।

व्याकरण सही देखाउन पनि यसले काम गर्छ । सही भाषा लेख्न वा बोल्न पनि यसले सहयोग गर्छ । कम्पनीले कपी पेष्ट गर्न भने डिटेक्ट गरेको छ ।

कर्पोरेटहरुका लागि कम्पनीले ग्रामरली बिजनेश जस्ता प्रडक्ट पनि सार्वजनिक गरेको छ ।

ग्रामरलीको सेवा स्मार्टफोनका अलावा डेक्सटप प्रयोगकर्ताका लागि पनि उपलब्ध छ । माइक्रोसफ्ट विण्डोज र एप्पको म्याक दुवैका लागि कम्पनीले डेस्कटप एप उपलब्ध गराएको छ ।

स्टार्टअप कम्पनीको रुपमा हालै मात्र ग्रामरलीले दक्षिण कोरियाको स्मार्टफोन कम्पनी सामसुङसँग पनि साझेदारी गरेको छ ।

सो साझेदाीपछि सामसुङका सबै स्मार्टफोनको किबोर्डमा ग्रामरलीको सेवालाई जोडिएको छ । तर सामसुङका ग्राहकले यो एपको प्रयोग नगर्न पनि पाउँछन् । गर्नुपर्छ भन्ने बाध्यता भन्ने बाध्यता राखिएको छैन ।

यस्तै, प्रयोग गर्न चाहनेले एप इन्स्टल पनि गर्न सक्छन् । कुनै शब्द टाइप गर्दा गल्ती भएको खण्डमा सुधार गर्नका लागि सुझाव पनि सँग सँगै उपलब्ध हुन्छ ।

अब त तपाईलाई विश्वास लाग्यो होला नी । भाषालाई पनि व्यवसायसँग जोड्न सकिन्छ र त्यसलाई स्टार्टअपको रुपमा अगाडि बढाउन सकिन्छ भन्नेमा । कि कसो हो ? तपाईले युट्यूवमा कुनै भिडियो हेर्नुभन्दा अगाडि पनि यसको विज्ञापन आएको देख्नु भएको छ होला , यसो विचार गर्नुस् त ?
अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा


क्लिकमान्डु