२५ अर्ब डलर खर्चेपछि के चीन पाकिस्तानमा थप लगानी नगर्ने अवस्थामा पुगेको हो ?



एजेन्सी । पछिल्ला दिनमा पाकिस्तानमा चिनियाँ लगानी घट्दो क्रममा देखिएको छ । सन् २०२१ को अन्त्यसम्म आइपुग्दा लगानी ओरालो लागेर १० करोड डलरमा सीमित भएको छ ।

लगानीको मात्रामा ओरालो लाग्नुको कारण कोरोना भाइरस हो वा अरु कुनै विषय हो भन्ने बारेमा स्पष्ट केही नबताइएपनि केही संशय र आशंका भने जन्माइदिएको छ । जबकी गत वर्ष पाकिस्तानमा २० करोड डलर बराबरको लगानी भित्रिएको छ । जबकी पाकिस्तानमा चिनियाँ लगानी बढ्दो क्रममा थियो ।

पाकिस्तानका अधिकांश ठूला परियोजनामा चिनियाँ लगानी बढ्दो क्रममा थियो । पाकिस्तानमा ग्वादर पोर्टदेखि चीन पाकिस्तान इकोनोमिक करिडोरमार्फत् मेट्रो रेल तथा भौतिक पूर्वाधारका क्षेत्रमा लगानी बढेको थियो ।

तर पछिल्ला दिनमा किन चिनियाँ लगानी ओरालो लाग्ने क्रममा देखिएको छ । पाकिस्तानमा चीनले अगाडि सारेको चाइना पाकिस्तान इकोनोमिक करिडोरमा सामेल छ । सडक पूर्वाधार, बिजुलीको पूर्वाधार, रेल्वे लाइन र औद्योगिक क्षेत्रमा लगानी वृद्धि भएको थियो ।

इकोनोमिक करिडोरलाई राजनीतिक विपक्षीहरूले संघीय सरकारले परियोजनालाई सुस्त बनाएको आरोप पनि लागेको छ । चिनियाँ लगानी घट्नुको प्रमुख कारण इकोनोमिक करिडोरको पहिलो चरणका पूर्वाधार र ऊर्जा क्षेत्रसँग जोडिएका परियोजनाको काम सकिएको र नयाँ परियोजनाका सन्दर्भमा लगानी नआइसकेको देखिन्छ ।

अर्कोतर्फ वर्तमान सरकारले कुनै पनि ठूला आयोजना शुरु गर्न नसकेको अवस्था पनि यसैसँग जोडिएर आएको छ । चीन–पाकिस्तान आर्थिक करिडोरका लागि प्रधानमन्त्रीका विशेष सहायक खालिद मन्सुरले काम सुस्त भएको धारणालाई खारेज गर्दै यो केवल अनुमान मात्र भएको र यसमा कुनै सत्यता नभएको बताएका छन् ।

चीनबाट पाकिस्तानमा आउने लगभग सबै लगानी करिडोर परियोजनाहरू अन्तर्गत समावेश छन ्। सरकारी तथ्याङ्कले पछिल्लो दुई वर्षमा चीनबाट पाकिस्तानमा सबैभन्दा ठूलो लगानी सन् २०१९ को डिसेम्बरमा भएको दखिन्छ । त्यो ३० करोड डलर बराबर थियो ।

त्यसपछि यो लगानी क्रमशः घट्न थाल्यो र विभिन्न महिनामा केही उकालो लागेपछि जम्मा २० करोड डलरभन्दा कम भयो । कोरोना भाइरसका कारण चिनियाँ लगानीमा पनि असर परेको भए पनि कोरोनाको प्रभाव कम भएपछि यो लगानी उच्च स्तरमा पुग्न सकेको छैन ।

चीनले पाकिस्तानसँगको घनिष्ट रणनीतिक सम्बन्धलाई निकै महत्व दिएको बताएको छ । पाकिस्तानी अखबार डनका अनुसार चिनियाँ प्रधानमन्त्री ली खछ्याङले गत शनिबार बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा यी विषयलाई उठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको दाबी छ ।

इमरान खान चार दिने चीन भ्रमणमा गएका थिए । बेइजिङमा शुरु भएको शीतकालीन ओलम्पिकको उद्घघाटन समारोहमा भाग लिन उनी चीन गएका थिए । अखबारका अनुसार दुई प्रधानमन्त्रीको भेटमा ली खछ्याङले चीनले आफ्नो छिमेकीको कूटनीतिमा पाकिस्तानलाई प्राथमिकता दिने बताएका थिए ।

भेटवार्ताका क्रममा दुई नेताले चीन र पाकिस्तानबीचको बहुआयामिक रणनीतिक सहयोगमा आधारित सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ । सो अवसरमा दुवै नेताले एकअर्काको हितको ख्याल गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।

पाकिस्तान चीन–पाकिस्तान आर्थिक करिडोर परियोजनामा प्रतिबद्ध भएपनि लगानी ओरालो लागेको छ । चिनियाँ प्रधानमन्त्रीलाई पाकिस्तानमा कार्यरत चिनियाँ नागरिकको पूर्ण सुरक्षाको आश्वासन दिएपनि अवस्था भने भयावह रहेको छ ।

सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले भनेका थिए कि इमरान खान र ली केकियाङको भेटमा चीनले पाकिस्तानलाई कश्मीरको मामिलामा पाकिस्तानको साथमा रहेको आश्वासन दिएको बीबीसीले उल्लेख गरेको थियो ।

फवाद चौधरीका अनुसार इमरान खानले हङकङ र ताइवानको मामिलामा पाकिस्तान पूर्णरूपमा चीनको साथमा रहेको बताएका थिए ।

अप्रिल २०२० मा, यो लगानी केवल ८० लाख अमेरिकी डलरमा सीमित भएको थियो । ठूलो मात्रामा कोरोनाभाइरसको कहरका कारणले लगानी ओरालो लागेको थियो । यद्यपि सेप्टेम्बर २०२० मा, यो थोरै सुधार भएर त्यो १३ करोड डलरमा पुगेको थियो ।

यस वर्षको जनवरीमा यसको खास अवस्था ५ करोड डलर बराबर रहेको थियो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा जुलाईमा पुग्दा झनै घटेको थियो । गत सेप्टेम्बरमा कुल लगानी २ करोड ५० लाख डलर मात्रै भएको थियो ।

डार्सन सेक्युरिटीजका आर्थिक विश्लेषक युसुफ सइदका अनुसार चिनियाँ लगानी धेरैजसो करिडोर परियोजना अन्तर्गतका ऊर्जा परियोजनाहरूमा आएको थियो । जसमध्ये धेरै पूरा भइसकेका छन । विभिन्न क्षेत्रमा भएको लगानीको तथ्याङ्क हेर्यौ भने त्यसले पुष्टि गर्ने उनको भनाइ छ ।

युसुफले सन् २०२० /२१ को पहिलो त्रैमासमा ऊर्जा क्षेत्रमा करिब २४ करोड डलर लगानी रहेकोमा सन् २०२१ को पहिलो त्रैमासिकमा करिब १४ करोड डलरमा झरेको थियो ।

अर्थशास्त्री आबिद सिलहारीका अनुसार करिडोर आयोजनाको काम सुस्त भएको छैन, तर वास्तविक कारण धेरै पुराना आयोजना सम्पन्न भइसकेपछि कोरोना र यस क्षेत्रको अवस्थाका कारण यो लगानीमा कमी आएको हो ।

औद्योगिक क्षेत्रहरूमा कुनै काम भएको छैन । ती परियोजनामा काम सुस्त भयो वा जानाजानी इमरान खानको सरकारले सुस्त बनायो भन्ने जिज्ञासा पनि यसमा जोडिएको छ ।

योजनाअनुसार सन् २०२० सम्ममा नौवटा औद्योगिक क्षेत्रमा काम थाल्ने तयारी थियो । तर अहिलेसम्म एउटा पनि शिलान्यास हुन सकेको छैन । ती आयोजनाको काम पनि सुरु नहुने हो भने चिनियाँ निकै नै कम हुनेछ ।

यस्तै रेलवे क्षेत्रमा एमएल–१ को आयोजनाको सन् २०१७ मा हस्ताक्षर भए पनि हालसम्म त्यसमा पनि केही काम अघि बढ्न सकेको छैन ।

अहसान इकबालका अनुसार करिडोर परियोजनाहरूमा ७५ हजार चिनियाँ नागरिकले काम गरिरहेका थिए । तर ग्वादर, क्वेटा, कराँची र दासुमा चिनियाँ नागरिकमाथि भएको आतंकवादी हमलाले पनि लगानीमा कमी आएको हुन सक्ने विश्लेषण गरिएको छ ।

करिडोर परियोजनाका लागि प्रधानमन्त्रीका विशेष सहायक खालिद मन्सुरले विगत डेढ वर्षमा पाकिस्तानमा चिनियाँ लगानी घटेको सम्बन्धमा पूर्णरुपमा अस्वीकार गरेका छन् । ।

उनले हालसम्म सो आयोजनाअन्तर्गत २५ अर्ब डलर लगानी भइसकेको दाबी गरे । तर यो लगानी विगतको सरकारमा कति आयो र वर्तमान सरकारमा कति आयो भन्ने खुलाएका छैनन् ।

पहिलो चरणपछि अब दोस्रो चरणमा औद्योगिक क्षेत्रमा तीव्र गतिमा काम भइरहेको खालिद मन्सुरको भनाइ छ ।

खालिद मन्सुरका अनुसार करिडोर परियोजनाको द्विपक्षीय संयन्त्रको बैठक बसेको र विभिन्न कार्यदलको सुझावका आधारमा औद्योगिक, कृषि, सूचना प्रविधि र वैज्ञानिक क्षेत्रमा कामको गति बढाउने निर्णय गरेको छ ।


क्लिकमान्डु