विश्व सेयर बजार खस्कियो, ओमिक्रोनको प्रभाव कि अमेरिकी मौद्रिक नीतिको असर ?



http://www.dreamstime.com/royalty-free-stock-photography-image36290397

एजेन्सी । कोरोनाको पहिलो र दोस्रो लहरमा समेत प्रभावमा नपरेको विश्व सेयर बजार पछिल्ला दिनमा भने लगातार ओरालो लागेको छ ।

कोरोनाको तेस्रो भेरियन्टका कारण विश्व सेयर बजारमा नै नकारात्मक असर परेको छ । अमेरिका, यूरोपदेखि जापानको सेयर बजारमा समेत नकारात्मक प्रभाव परेको छ । हङकङ र सांघाईको सेयर बजारमा समेत ओमिक्रोनको असर देखा परेको छ ।

अघिल्ला दुई लहरमा खासै कुनै समस्या नदेखिएको बजारमा किन यसपटक प्रभाव पर्यो त भन्ने बारेमा कुनै आधिकारिक बयान भने हालसम्म जारी भएको छैन । तर, आम रुपमा ओमिक्रोन प्रभावलाई नै लिइएको छ ।

विश्व बजारमा समस्या देखा पर्नुको पछाडि अन्य केही कारण पनि छन् कि भन्ने बारेमा खोजी हुँदा अमेरिकी सरकारको एउटा नीति पनि त्यसमा कारकको रुपमा देखिएको छ ।

यस्तै चीनको यूआन बलियो बन्दा अमेरिकी डलर पनि कमजोर बनेको छ । इन्धनको मूूल्यमा भने खासै ओमिक्रोन प्रभाव देखिएको छैन ।
अमेरिकी सरकारले मौद्रिक नीतिमा केही कडाई गरेको छ । सोही कारण व्श्वि सेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको दावी छ ।
यस्तै मौद्रिक नीतिमा गरिएको बडाईका कारण आम्दानीमा प्रभाव पर्ने भएपछि सोही डरका कारण लगानीकर्ता सेयर बजारबाट सुन र इन्धनतर्फ आकर्षित भएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनले पनि मौद्रिक नीतिमा अमेरिकी कडाईका कारण बजारमा त्यसको प्रभाव परेको हुन सक्ने आशयको समाचार प्रकाशित गरेको छ ।

अमेरिकी फेडलर रिजर्भका अध्यक्ष जेरोम पावेलले सन् २०२१ को नोभेम्बर २२ मा नै कोरोनाको तेस्रो लहरले अर्थतन्त्रलाई थप संकटमा पार्ने बताएका थिए ।
उनले ह्वाइट हाउसको सायथ कोर्ट अडिटोरियममा आयोजित एक कार्यक्रममा भनेका थिए – अर्थतन्त्रमा संकटमा दिनहरु सकिएका छैनन् । त्यसले सेयर बजारमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्छ। ।

मुद्रास्फितीका बारेमा पनि केही अनिश्चितता बढाएको उनको भनाइ थियो । उनै पावेलले गत मंगलबार सिनेट समिति अन्तर्गत बैंकिङ उपसमितिको बैठकमा कोरोानका कारण सेयर बजारमा समेत प्रभाव पर्ने बताएका थिए ।

खासमा २९ नोभेम्बर, २०२१ मा दक्षिण अफ्रिाकामा फेला परेको ओमिक्रोनले विश्वव्यापी रुपमा सेयर बजारमा प्रत्यक्ष प्रभाव पारेको उनको भनाइ थियो । गत शुक्रबार भारती मात्रामा बजार ओरालो लागेको छ ।

न्यूयोर्क स्टक एक्सचेञ्जमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । कोभिडका कारण वाल स्ट्रिटमा अस्थिरता निम्त्याएको छ ।

सेयर बजारका खेलाडीहरुमा समेत समस्या खडा भएको छ । यस्तै, तेल उत्पादकहरु पनि समस्यामा परेको देखिन्छ । क्यालिफोर्नियामा रहेका तेल उत्पादकहरु पनि जटिलतामा फसेको विवरण प्राप्त भएको छ ।

अमेरिकी राष्ट्रपति जो वाइडेनलले ग्यासको मूल्यमा भएको वृद्धिका कारण केही जटिलता पैदा भएको बताएका छन् । उनले भण्डारणमा रहेको तेल छाड्ने योजनाको समेत घोषणा गरेका छन् ।

के तेलको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलरको हाराहारीमा पुग्न सक्ला त ? भन्ने प्रश्न पनि यसमा जोडिएको छ । तर तेल उत्पादक सिटी ग्रुपले भने त्यागे दावीलाई पत्याईहालेको छैन ।

अर्थशास्त्रीहरुले उच्च ज्यालामा काम गर्ने श्रमिकलाई बजारमा फिर्ता ल्याउने प्रयास पनि सफल भएको छैन । गत डिसेम्बरमा म्यानहटन स्थित न्यूयोर्क स्टक एक्सचेञ्जमा टेङडिङ फ्लोरमा काम गर्नेहरु टे«जरी उपज बढ्दै जाँदा स्टकहरु घटेकामा विश्वस्त देखिएका छन् ।
खासमा डाउ जोन्समा ५००अंकको. गिरावट देखिएको छ ।

लगानी विशेषज्ञहरुका अनुसार चिन्ता भने थपिएको छ । उनीहरु समस्या समाधानका लागि साझा प्रयास गरेको पनि दख्खन सकिन्छ ।

एसीएम कोषका प्रमुख जोर्डन कानका अनुसार जसको पोर्टफोलियो बढी छ, जसले सेयर खरिद गरिरहेका छन् र उनीहरु छोटो छोटो समयमा बिक्री गरिरहेका छन् । त्यसलाई नै मूल्यवान ठानिएको छ । बजारको छोटो प्रभावका कारण पनि केहीले त्यसलाई मूल्यवान अवसरको रुपमा ठानेका छन् ।
कानले सीएनएनलाई भनेका छन् – खासमा बुलिस अवस्थामा ३० प्रतिशत मात्रै लगानी भएको अवस्था छ । यसले आगामी दिनमा बजार बढाउने अपेक्षा त गर्छ नै ।

यस्तै, जब दर लामो समयसम्म शून्यमा रहन्छ । तब लगभग कुनै पनि मूल्यांकनलाई उचित ठहर्याउन सजिलो हुन्छ । सन् २०२० मा जब लगानीकर्ताहरु बाहिर निस्के , हामीले बजारमा केही हाँस्यापद दृश्यहरु पनि देख्यौ ।

उनी अगाडि भन्छन् ‘ सन् १९९९ यता हामीले देखेको बजारको प्रवृत्तिमा पनि खास नयाँपन देखिएको छैन । तर मुद्रास्फितीको रुपमा चाँडै मानिसहरुले मूल्यांकनमा नै प्रश्न गरेका छन् ।”

त्यहाँ धेरै अन्धविश्वासी तवरले काम भएको छ । त्यहाँ यस्ता क्षेत्रहरु छन्, जसले धेरै अनुमान गरेको भन्दा पीडा बढी हुन जान्छ ।
ग्रान्थमका अनुसार एक प्रकारको बबलका कारण हाम्रो वास्तविक सम्पत्तिलाई नै हाँस्यापद बनाइदिएको छ । त्यसले अतिरञ्जित दृश्य देखाइदिएको छ । जसले हामीलाई सोही दृश्य अनुसार खर्च गर्न प्रोत्साहित गरेको छ ।

त्यो बबल फ्ट्दा धेरैका सपना कुल्चन पुग्छ । त्यसले नकारात्मक आर्थिक शक्तिलाई तल्लो रेखामा पुर्याइदिनेछ ।

सम्पत्तिको उच्च मूल्यमा भइरहेको असमानताका कारण भयावह वृद्धिको बारेमा आम मानिसलाई चिन्तित बनाइकाउे छ । ग्रान्थमले बजार सन् २०२१ मा नै बुलिस टे«ेण्डको अन्त्यमा पुगेको बताएका थिए । बजार २०२१ मा उच्च रेकर्ड बनाएको हो ।

यसले लगातार तेस्रो वर्ष लपेटेको जस्तो देखिन्थ्यो, तर अवस्था त्यस्तो रहेन । पछिल्ला दिनमा देखिएको वियरिस टे«ण्ड त्यसैको उपज भएको ग्रान्थमको भनाइ छ ।

जनवरी ५ मा ३६ हजार ९६० मा रहेको डाऊ जोन्स निरन्तर ओरालो लागेर ३४ हजार ७१४ मा बिहिबार बन्द भएको थियो । नास्डाकमा २० प्रतिशतको गिरावट देखियो । लण्डनस्थित सेयर बजार १ं१ प्रतिशतले ओरालो लाग्यो ।

उता जर्मनीको पनि सेयर बजारमा १.२४ प्रतिशतले घटेको छ । जापानको निक्की ०.९ प्रतिशतले घटेको छ । अष्टे«लियन सेयर बजार पनि यसबाट प्रभावित भएको छ ।


क्लिकमान्डु