वाणिज्य बैंकको नाफा साढे ११%ले बढ्यो, कसको कति ?



काठमाडौं । चालु आवको ६ महिनामा वाणिज्य बैंकको औसत नाफा ११.६४ प्रतिशत देखिएको छ । यद्यपि यो २३ वटा वाणिज्य बैंकको मात्रै हो । बाँकी ४ वटा वाणिज्इ बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफामा सृुधार देखिएको छ ।

गत आवको दोस्रो त्रैमासमा २६ अर्ब ५० करोड ६१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेका बैंकले चालु आवको सोही अवधिमा आइपुग्दा नाफा ११.६४ प्रतिशतले बढाएर २९ अर्ब ५९ करोड ३० लाख ६८ हजार रुपैयाँ पुर्याएका छन् । ६ महिनाको अवधिमा बैंकहरुको नाफा उल्लेख्य देखिएको छ ।

धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई
दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले ६ महिनाको अवधिमा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा १५.०४ प्रतिशतले बढेको छ ।

दोस्रो स्थानमा एनआईसी एसिया बैंक छ । बैंकले यस अवधिमा २ अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले बढेको छ ।

नलिब बैंक तेस्रो नम्बरमा रहेको छ । बैंकको नाफा २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ रहेको छ । बैंकको नाफा ८.२० प्रतिशतले बढेको छ । यो अवधिमा सबैभन्दा थोरै नाफा सिभिल बैंकको ५० करोड ४० लाख रुपैयाँ रहेको छ । प्रतिशतमा हेर्दा यो बैंकको नाफा सबैभन्दा धेरै प्रतिशतले बढेको छ । गत आवको तुलनामा चालु आवको ६ महिनामा बैंकको नाफा १४८.४१ प्रतिशतले बढेको छ ।

५ वटा बैंकको नाफा घट्यो
चालु आर्थिक वर्षको ६ महिनामा आइपुग्दा ५ वटा बैंकको नाफामा गिरावट देखिएको छ । ६ महिनामा नाफा घटेका बैंकहरुमा प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक र प्राइम बैंक रहेको छ ।

नाफा घटेका बैंकमा पनि प्रभु बैंक र प्राइम बैंक अरबपति क्लबमा प्रदेश गरेका छन् । प्रभ बैंकको नाफा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै प्राइम बैंकको नाफा ७.४३ प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

९ बैंक अर्बपति क्लव बाहिर
९ वटा बैंक अर्बपति क्लबमा प्रदेश गर्न सकेका छैनन् । यी बैंकको नाफा एक अर्ब रुपैयाँभन्दा कम छ । सिभिल, सेञ्चुरी, लक्ष्मी, नेपाल एसबीआई, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, एभरेष्ट बैंकको नाफा कम हुँदा अर्बपति क्लबमा प्रवेश पानन् ।


क्लिकमान्डु