कमजोर विश्व अर्थतन्त्रः माग कम तथा आपूर्ति वृद्धिले पारेको प्रभाव कस्तो होला ?



एजेन्सी । कोभिड १९ को महामारीको जुन लहर सन् २०२० मा फैलियो । विश्वव्यापी रुपमा फैलिएको सो लहरले विश्वव्यापी रुपमा आर्थिक मन्दीको बिगुल पनि फुक्यो । यो सन् २०२१ को अन्त्यसम्म कायम रह्यो ।

डेल्टा भ्यारियन्टका कारण सिर्जना भएको समस्याले आम मानिसलाई लाग्यो कि अब संसारभर कुनै पनि रुपमा कोरोनाको अन्त्य नहुने अवस्था देखियो । किनकी, डेल्टाले देखाएको असर विकराल थियो ।

पछिल्ला केही सातादेखि पुनः ओमिक्रोन भ्यारियन्टले पनि त्यस्तै असर पारेको छ । यो के कति गम्भीर छ र त्यसले के कस्तो असर पार्छ भन्ने बारेमा थाहा पाउन अझै केही साता प्रतिक्षा गर्नु जरुरी छ । यसैबीचमा थप केही भ्यारियन्टको पनि खतरा मडारिइरहेको छ नै । यस चुनौतीको बाबजूत सन् २०२२ मा विश्व अर्थतन्त्रका सन् २०२१ को तुलनामा फरक भने रहनसक्छ ।

सन् २०२१ म कामकाजमा लगाइएको प्रतिबन्ध हटाइएपछि उपभोक्ताको मागमा अत्याधिक वृद्धि भयो । सार्वजनिक रुपमा जब मानिसको खल्तीमा रहेको पैसा खन्याउन थालियो, त्यसमा पनि विशेष गरी अमेरिकामा त्यसको असर देखियो । यति माग बढ्न थाल्यो कि बन्दरगाहको क्षमता, जहाजको अवस्था र सेलफोन , खेलौना, जुत्ता, कपडा तथा अन्य उपकरणहरुसम्म पनि सबै तनावग्रस्त अवस्था देखा पर्यो ।

छिन्न भिन्न भएको आप्रर्ति श्रृखलालो सेमीकन्डक्टर जस्ता साना तर, अत्यावश्यक पार्टससँग पनि जुध्नुपरेको छ । यस्तो अवस्थामा उत्पादनमा लगातारको अवरोधका कारण समुन्द्री जहाजको मार्ग समेत बन्द हुनपुग्यो । उत्पादन स्थलहरुमा संक्रमणको छिटफुट प्रकोपले संकटलाई तीव्र बनायो । यसले उपभोक्तालाई मात्र आपूर्ति गरेको छैन, विचौलियालाई समेत सामानको अनावश्यक भण्डारण गर्नका लागि उक्साएको छ ।

जसले माग र आपूर्तिको श्रृखलालाई समेत भत्काइदिएको छ । त्यसबाट अनावश्यक मूल्यवृद्धि भएको छ । त्यसको असर हरेक जसो घरमा पर्न गएको छ ।

वर्षको अन्त्यमा विश्वव्यापी माग फर्किएपछि ऊर्जाको मूल्य बढ्यो, तर कोइला, ग्यास र तेलका आपूर्तिकर्ताहरू माग भन्दा कम मात्रै आपूर्ति गर्ने नीति लिए । उनीहरुले माग दबाएर करिब दुई वर्षसम्म उत्पादन क्षमता निलम्बन गरे । अझै पनि पूरा रुपमा सञ्चालन गरेनन् । अमेरिकामा, घरपरिवारलाई दिइएको ठूलो नगद सहयोगको कारण पनि, श्रम बजार उत्पादनको स्तर अनावश्यक रुपमा घट्न गयो ।

सायद यो पनि मुद्रास्फीतिमा वृद्धि हुनुको अर्को कारण बनीदियो । धेरै दशकको भन्दा उच्चमा पुग्नको लागि एक महत्वपूर्ण कारण बनेर देखा पर्यो । सन् २०२२ मा विश्वव्यापी उत्पादन बढ्नुपर्छ भन्ने त छ । तर यसले मुद्रास्फीतिको दबाबलाई अलिकति कम गर्नेछ । उदाहरणका लागि, भ्याक्सिनको स्तरमा भएको वृद्धिले कारखानाहरूलाई सहज रूपमा चलाउन अनुमति दिनेछ ।

भियतनाम जस्ता केन्द्रहरू फेरि खुला रहन सक्षम हुनेछन् र त्यहाँ धातुहरू र अर्धचालकहरू जस्ता प्रमुख सामग्रीको सहज आपूर्ति हुनेछ । जसले मागका सूचीहरू पूर्ण राख्नेछ र उत्पादन चेनहरू पुनः सुरु हुनेछन् ।

चीनमा व्यापक मात्रामा गरिएको लकडाउनले आपूर्ति चेनहरू अवरुद्ध गर्न सक्नेछ । केवल चीनले अझै पनि प्रमुख अर्थतन्त्रहरूमा “शून्य–कोविड“ को लक्ष्य राखेको छ । यति मात्र होइन, तेल र ग्यासको आपूर्तिमा पनि भूराजनीतिको बादल मण्डारिन थालेको छ । तेल र ग्यासको आपूर्ति सामान्य नहुँदा यो खतराप्रति सचेत हुन जरुरी छ ।

अर्कोतर्फ, सन् २०२१ को विपरीत, हामी २०२२ मा प्रवेश गर्दा, विश्व सुस्त मागबाट गुज्रिरहेको छ । खुद्रा बिक्रीमा विश्वव्यापी रुपमा भइरहेको भन्दा फरक प्रणालीबाट अगाडि बढेको छ । अर्थात् विद्यमान तरिकाभन्दा पछाडि परेको छ । रोक्न खोजिएको मागको थप कमजोरी यसमा देखिनेछ । भारी अमेरिकी प्रोत्साहनको प्रभावका कारण तथा बढ्दो संक्रमणका कारण धेरै युरोपेली देशहरू आगामी केही महिनामा यो प्रवृत्तिबाट थप तल झर्ने अपेक्षा गरिएको छ । केही देशहरूमा काममा थप प्रतिबन्ध लाग्ने अवस्था छ ।

बन्दाबन्दीको समयमा सेवाहरू प्रतिबन्धित भएकाले सेवा–देखि–वस्तु संक्रमणलाई पनि उल्टाउनु पर्छ । यसले सामानको मागलाई असर गर्नेछ । स्थिर सम्पत्ति लगानी विश्वभर कमजोर रहन गएको छ । यो महामारीको बारम्बार प्रकोपले सिर्जना गरेको अनिश्चितताका कारण मात्र होइन ।

चीनको रियल इस्टेट र स्थानीय पूर्वाधारसम्बन्धी नीतिमा आएको परिवर्तनका कारण पनि भएको अनुमान गर्न सकिन्छ । डिसेम्बरमा केही सुधार भए पनि ती गतिविधिलाई तिब्र गतिमा बढाउनुको सट्टा क्रमशः बढाउने उद्देश्य रहेको देखिन्छ ।

मागमा आएको मन्दीको सामना गर्न सजिलो नहुन सक्छ । मुद्रास्फीति विकसित देशहरूमा पनि उच्चबिन्दुमा रहेको छ । केही विकासोन्मुख देशहरूमा अझ बढेको छ । जसले सरकारहरूलाई शासन गरेको छ ।

सायद अमेरिका जस्ता बजारहरूमा जहाँ वित्तीय र मौद्रिक प्रोत्साहन सबैभन्दा बलियो भएको छ । अर्थतन्त्रहरूमा मुद्रास्फीति उच्च रहँदा पनि, विश्वव्यापी वित्तीय बजारहरूको बयान मुद्रास्फीति वृद्धि हुुनु चिन्ताजनक देखिएको छ । यो मुद्रा, बन्ड र सेयर बजारहरूमा अस्थिरताको लागि एक अर्को कारण बनीरहेको छ । अझ धेरै जसो वर्तमान पुस्ताका व्यापारीहरू अमेरिकाको उच्च मुद्रास्फीति नीतिको पृष्ठभूमिबारे अन्जान नै बनेका छन् ।

त्यसोभए भारतले कस्तो प्रदर्शन गर्नेछ ?

भारतको अर्थतन्त्रको बारेमा ठूलो प्रश्न आन्तरिक हो । यो पूर्व–महामारी मार्गको कति नजिक हुन सक्छ ? आगामी आर्थिक वर्षमा उत्पादन कोविड अघिको स्तरभन्दा करिब १० प्रतिशत कम हुने आम धारणाबाट अनुमान गरिएको छ । यो एक निराशावादी अनुमान जस्तो देखिन्छ । यो अन्तर पाँच प्रतिशत मात्र हुन सक्छ र त्यसपछि भारतको वृद्धि प्रक्षेपणमा उल्लेख्य वृद्धि गर्नुपर्नेछ ।

निराशावादीहरू उद्योग र सेवाबाट कृषिमा फर्केका २ करोड ५० लाख कामदारहरू र विगत दुई वर्षमा काम गर्ने उमेर समूहमा सामेल भएका थप १ करोड ५० लाखको चिन्ता गर्छन् । तर यो रोजगारी गुमाउनेहरु स्थायी भन्न बुद्धिमानी हुनेछैन ।

सबैभन्दा बढी प्रभावित सेवाहरू व्यक्तिगत सेवा, यात्रा र पर्यटन र शिक्षा हुन् । कार्यालय र घरहरूमा निजी सेवाका कामहरू (जस्तै स्वीपर, कुक, ड्राइभर र अयाहहरू) कार्यस्थलहरूमा पूर्ण रूपमा काम पुनः सुरु भएपछि फर्कनु पर्छ नै ।

भारतमा सरकारी र अन्तर्राष्ट्रिय भ्रमणहरू पुनः सुरु गर्दा ट्राभल र पर्यटन क्षेत्रमा रोजगारी पुनस्थापित गर्न मद्दत गर्नुपर्छ । त्यसैगरी निजी विद्यालय खुलेपछि आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराउने अभिभावकले पुनः त्यही विद्यालयमा राख्ने सम्भावना छ । जसका कारण शिक्षक भर्ना गर्नुपर्ने अवस्था छ ।

औद्योगिक रोजगारीका क्षेत्रमा निर्माण सामग्री र अटोमोबाइल क्षेत्रमा नोक्सान भएको छ । पार्टपुर्जाको अभावमा कमी आएपछि अहिले अटो उत्पादन विस्तारै बढिरहेको छ । बन्दाबन्दीमा खर्च गर्न तत्पर रहेका र अहिले करिब ३ लाख करोड खर्च हुन नसकेका राज्य सरकारहरूले फेरि खर्च गर्ने भएकाले निर्माण कार्यमा फेरि उछाल आउनेछ ।

करको राम्रो रकमले पनि केन्द्र सरकारको लागि वित्तीय स्थान सिर्जना गरिरहेको छ । यति मात्र होइन, कुल गार्हस्थ्य उत्पादन वृद्धिलाई एक प्रतिशतभन्दा बढी भएपनि एक दशक लामो स्थिरतापछि घरजग्गा निर्माणले पनि गति लिन सक्ने देखिन्छ ।

अन्तमा, सामान्यता अनौपचारिक क्षेत्र पनि केहि रिकभरी हुने देख्न सकिन्छ । तनाव भने ठूला र संगठित फर्महरूमा हुनेछ । जुन पूँजीले भारतीय वित्तीय क्षेत्रले फेरि केही जोखिम उठाइरहेको बेलामा अगाडि आउन पनि सक्छ ।

यद्यपि, भारतको वृद्धिको गतिलाई कायम राख्न, नीति निर्माताहरूले सेवा क्षेत्रमा विश्वव्यापी व्यापारमा भारतको हिस्सा बढाउनमा ध्यान केन्द्रित गर्नुपर्छ । हाँ ठूला अवसरहरू छन् । सफ्टवेयरमा मात्र होइन सामानहरू (इलेक्ट्रोनिक्स), कपडा र जुत्ता, खेलौना, अटो पार्टपुर्जा, नवीकरणीय ऊर्जा उपकरण र रसायनमा पनि अवसर छ । सार्वजनकि ऋण अनुपातलाई अझ सुरक्षित तहमा ल्याउन मात्र होइन, जनतालाई गरिबीबाट बाहिर निकाल्न पनि कम्तीमा एक दशकसम्म बलियो वृद्धि आवश्यक छ ।

विश्वव्यापी मागको वृद्धिको कमजोरीले निर्यात–संचालित क्षेत्रहरूको लागि समस्या निम्त्याउन सक्छ । तर, भारतको वृद्धिको गतिलाई कायम राख्न नीति निर्माताहरूले विश्व व्यापारमा भारतको हिस्सा बढाउनमा ध्यान दिनुपर्दछ ।

इण्डिया टुडेका लागि निलकण्ठ मिश्रले तयार पारेको आलेखको भावानुवाद


क्लिकमान्डु