उच्च मूल्यवृद्धिका नियन्त्रणका लागि बैंकहरुले कुनै जादुको छडी चलाउन सक्लान् ?
एजेन्सी । गत वर्ष कोरोनाको खोपको सफलतापूर्वक परीक्षण गरिएपछि मानिसहरुलाई लागेको थियो कि अब महामारीको अन्त्य निश्चित नै छ ।
आर्थिक संकटमा पनि अब क्रमशः सुधार आउनेछ । मानिसहरुमा एक प्रकारको आशा थियो । अब हामी नयाँ भाइरसहरुलाई पनि जित्ने छौं ।
तर, अवस्था त्यस्तो भइदिएन । किनकी, नयाँ भाइरस र यसले विश्वलाई अझै तल लैजान सक्ने अवस्था रहेको छ । यसो भन्दै गर्दा हामी वास्तविकतामा नै ब्यूझन पुग्यौं ।
यस्तै, संसारभरको मुद्रास्फितीका बारेमा पनि हेरौं । खासमा भएको त्यस्तै थियो । गत वर्षको अन्त्यमा मुद्रास्फिती ३.५ प्रतिशत बराबर रहने अनुमान गरिएको थियो । गत वर्ष विश्व अर्थतन्त्र नराम्ररी संकटमा परेपनि खासमा ८४ प्रतिशत देशहरुमा भने म्ुद्रास्फिती लक्ष्यभन्दा तल नै थियो । यसले निरन्तर न्यूून ब्याजदर र सरकारी खर्चलाई विशेषतः अझै उन्नत अर्थतन्त्रमा रुपान्तरण गर्नका निम्ति एउटा समर्थनयुक्त वृद्धिको अनुमति दिइदैछ भन्ने पनि लागेको थियो ।
थप १.९ ट्रिलियन डलर बराबरको वित्तीय खर्चका लागि अमेरिकी योजना अगाडि सारिएको विश्वदृष्टिकोणबाट यो विषय निर्देशित थियो । परम्परागत अझ भनौ रुढीवादी अर्थशास्त्रीहरुले पनि केन्द्रीय बैंकहरुलाई कम्र्फट जोन भन्दा बाहिर मुद्रास्फितीलाई राम्रोसँग धकेल्न सक्ने अत्याधिक न्यानो अर्थतन्त्रको बारेमा पनि चिन्ता व्यक्त गरेको देखिन पुग्यो ।
पछिल्ला ४ दशकका प्रमाणहरुले प्रस्तावित वित्तीय प्याकेजले पनि अमेरिकामा मूल्यको दबाव पर्न जानसक्छ । खासमा उनीहरुले मुद्रास्फितीलाई फेडको २ प्रतिशत लक्ष्यभन्दा माथि धकेलिदिन्छ । अमेरिकाको बेरोजगारी दरमा २००९ को १० प्रतिशतबाट सन् २०१९ मा आइपुग्दा ३.५ प्रतिशतमा सिमित भएको थियो । ठूला परिवर्तन भएपनि मुद्रास्फिती उल्लेखनीयरुपमा स्थिर नै रहन पुगेको थियो । खासमा ज्यालामा वृद्धि भएपनि केही सुधार भने भएको थियो नै ।
हालसम्म पनि अमेरिकामा रोजगारीको क्षेत्रमा ठूला अन्तरहरु छन् नै ।
हाम्रो प्रारम्भिक अनुमान यो छ कि प्रस्तावित अमेरिकी प्याकेज जीडीपीको कूल ९ प्रतिशतको बराबर रहन पुगेको छ । तीन वर्षमा संयुक्त राज्यको जीडीपी ५ देखि ६ प्रतिशतले वृद्धि हुन जान्छ ।
मुद्रास्फितीमा फेडको मनपर्ने सूचकांकद्धार मापन गरिएको थियो । सन् २०२२ मा करिब २.५५ प्रतिशत बराबर नै पुग्नेछ । त्यसमा चिन्ता लिनुपर्ने कुनै पनि विषय नै छैन । सास्तविक फेडठको नीति ढाँचामा उल्लेखित लक्ष्यहरुको उपलब्धीलाई कम गर्न मद्दत गर्नुपर्नेछ ।
धेरै संरचनात्मक कारकहरुले पनि धेरै देशहरुमा मुद्रास्फिती र आर्थिक गतिविधिबीचको सम्बन्धलाई एक हदसम्म अन्तरनिहित गरिदिएको छ । एउटा यस्तो कारकको रुपमा विश्वव्यापीकरणलाई हेरिएको छ । जसले व्यापारिक सामान र केही सेवाहरुमा पनि मुद्रास्फितीले बल पुर्याएको देखिन्छ । यस संकटको प्रारम्भिक अवरोधका बाबजूद पनि विश्वव्यापी रुपमा आपूर्ति श्रृखलामा लचिलोपन र चपलता देखाएको छ भन्न सकिन्छ ।
व्यापारले महामारीका विभिन्न स्तरहरु पार गर्दै निर्माण क्षेत्रमा अगाडि सारिएको रिकभरीको योजनाले काम गरेको पनि देखिन सक्छ । विश्व अर्थतन्त्रमा उल्लेखनीय रुपमा ढिलाई पनि हुन जान्छ । कूल १५० भन्दा बढी देशमा सन् २०१९ को तुलनामा सन् २०२१ म प्रतिव्यक्ति आयमा गिरावट आउने संकेतहरु देखा पर्नेछ ।
दोस्रो कारकको रुपमा स्वचालनलाई लिइएको छ । जसले पूँजीगत वस्तुको मूल्यमा सापेक्षित रुपमा देखिने गिरावटसँगै उच्च प्राथमिकताको साथमा मूल्यमा हुनसक्ने वृद्धिलाई जोगाउन सक्छ । संकटले वृद्धिको प्रवृत्तिलाई गत दिने सस्म्भावना पनि उत्तिकै छ ।
हालैका दशकहरुमा अर्को संरचनात्मक रुपमा उच्च नाफाको मार्जिन भएका फर्महरुद्धार बजार साझेदारीको प्रभुत्व कायम गर्न खोजेका छन् । यसले ती फर्महरुलाई पनि मूल्यवृद्धि नगरीकन उच्च लागतहरुको अवशोषित गर्न अनुमति प्रदान गरिएको छ । जसरी अमेरिकामा मूल्य श्रृखलाका आधारमा हेर्दा बजार हिस्सा बढाउन सकिन्छ । किनकी, महामारी सम्बन्धित मन्दीले ठूला व्यवसाय भन्द्या साना फर्महरु बढी प्रभावित भएका थिए ।
अर्को महत्वपूर्ण कारक तत्व भनेको मुद्रास्फितीको अपेक्षा केन्द्रीय बैंकहरुको स्वतन्त्रता र तिनीहरुले लिएको नीतिको विश्वसनीयताका कारण केन्द्रीय बैंकले निर्धारण गरेका लक्ष्यको वरीपरी स्थिर रहन पनि पुगेको छ । यो विश्वसनीयताको अर्थ यो पनि हो कि सरकारी ऋण लागतको वरीपरी मुद्रास्फिती पनि उत्तिकै जिम्मेवार देखिएको छ । सरकारी ऋण लागत कम राख्न मौद्रिक नीतिले प्राथमिकता दिनेछ भन्ने आशा देखिएको छैन ।
उदाहरणका रुपमा सन् २००९ देखि जापानको सरकारी ऋण कूल ग्रार्हस्थ उत्पादनको औसतमा २०० प्रतिशत भन्दा माथि र बढी रहेको छ । तर पनि मुद्रास्फितीको अपेक्षालाई बढाउने चुनौती रहेको छ । वास्तवमा जापानमा मुद्रास्फिती गत दशकमा औसतमा ०.३ प्रतिशतमात्रै रहेको थियो ।
तथापी, यी मध्ये कुनै पनि नीतिको आचरणमा सही सिद्दान्तहरु पालना गर्नुपर्ने आवश्यकताबाट बाधा पुर्याउँदैन । पहिलो मुद्रास्फितीमा तीव्र वृद्धिका जोखिम भएपनि राम्रोसँग लक्षित सार्वजनिक खर्चले रोजगारी र उत्पादनमा उस्तै खालको सुधार ल्याउनेछ ।
तर ऋणको धेरै सानो सञ्चयको साथ उच्च सामाजिक प्रतिफल दिने भविस्यको खर्चका लागि थप स्थान भने त्यसले छाड्दछ । उच्च गुणस्तरको सार्वजनिक लगानीले सम्भावित उत्पादन बढाउनेछ, माग बढाउनेछ । यस्तै जलवायु परिवर्तनको जोखिमबाट हुने विनाशकारी जोखिमहरुको न्यूनीकरण गर्न व्यापक रुपमा जलवायु न्यूनीकरणको रणनीति पनि तय गर्नुपर्नेछ ।
खासमा यी अनिश्चित समयहरु हुन् । जुन इतिहासमा लगभग कुनै समानान्तर छैन । विगतबट बाहिर निकाल्नु जोखिमपूर्ण नै सन् २०२० मा असाधारण नीति तथा उपायहरुका कारण जि ७ देशहरुले जीडीपीको १४ प्रतिशत बराबरको वित्तीय खर्च गरेका थिए ।
सन् २००८ देखि १० को बीचमा कूल रुपमा ४ प्रतिशत बराबरको मात्रै ववचतदर कायम भएको थियो । खासमा समस्याको घेरो महामारी अघि भन्दा २५ प्रतिशतले कम छ । खोप सुरक्षा व्याकप हुँदै गएपछि मागका आधारमा पनि रिकभरीले ट्रिगर गर्न सक्छ । हालैका दशकहरुमा प्रमाणहरुमा आधारित मुद्रास्फितीका अनुमानलाई अस्वीकार गर्न सकिन्छ ।
अर्कोतर्फ समस्याग्रस्त हुने क्रममा केही ढिलाई भएको हुनसक्छ । अन्तिम रुपमा हुने वृद्धिले आत्मविश्वासमा कम गर्न सक्छ । यस्तै रोजगारीमा पनि प्रभाव पर्न सक्छ ।
अन्त्यमा बजारमा अशान्तिको खतरा छ । जुन नयाँ भाइरसका भेरियन्टहरु देखा परिरहेका छन् । त्यसले मुद्रास्फितीका अस्थायी स्वीङहरु देखा पर्न सक्छ । केन्द्रीय बैंकहरुले अपेक्षा गुरेभन्दा चाँडै ब्याजदर बढाउने सम्भावना पनि रहन्छ ।
बजार प्रतिक्रियाले अप्रत्यासितरुपमा विश्वव्यापी रुपमा नै वित्तीय अवस्थालाई थप जटिल बनाउन सक्छ । बैंकहरुले महामारीको सन्दर्भमा केही पनि गर्न सक्दैनन् । (आइएमएफ ब्लगबाट)