किन मर्ज हुँदैछन् जी इन्टरटेनमेन्ट र सोनी पिक्चर्स ?



एजेन्सी । भारतीय टेलिभिजन उदोगका दुई हस्तीहरु एक आपसमा मिल्न लागेका छन् । यसले अनेकन आशंकाहरु समेत जन्माइरहेका छन् । के टेलिभिजन अब सामान्य रुपमा चल्न सक्दैन वा मर्ज नै त्यसको उत्तम विकल्प हो ? किन एकअर्कामा नाम कमाएकाहरु मिल्न लागेका छन् ? बजार खस्कियो वा अरु नै केही भयो ?

यस्तै प्रश्नहरु आमरुपमा छोड्दै जी इन्टरटेनमेन्ट र सोनी पिक्चर्स एक आपसमा मिल्न लागेका छन् । उनीहरुबीच एक आपसमा मिल्ने सम्झौता तीन महिना पहिल्यै भएको हो ।

पुनित गोयन्का कम्पनीको एमडी र प्रमुख कार्यकारी अधिृकत दुबै बन्ने भएका छन् । सोनी पिक्चर्स विलय भएपछि ११ हजार ६०५ करोड भारु बराबरको थप लगानी गरिने भएको छ । विलयपछि पनि सोनी इन्टरटेनमेन्टको नै बढी सेयर हिस्सा रहने छ ।

भारतीय मनोरञ्जन एवम् टेलिभिजन इतिहासमा एक अर्काको छुट्टा छुट्टै पहिचान भएका यी टेलिभिजनको मर्जपछि अन्य टेलिभिजनहरुलाई पनि प्रतिस्पर्धामा अझै मुस्किल पर्नेवाला छ ।

जापानको विभिन्न कम्पनीको समूहले सोनीको भारतीय इकाईलाई स्थानीय प्रतिद्वन्द्वीसँग एक आपसमा विलय गर्ने सम्झौता गरेको छ । यो सम्झौतापछि नयाँ स्थापना हुने कम्पनी सबैभन्दा ठूलो मनोरञ्जन नेटवर्क समेत बन्नेछ ।

मंगलबार मात्र सो बारेमा सम्झौता भएको हो । करिब ७५ टिभी च्यानल, फिल्मसँग जोडिएको अधिकार र दुई वटा स्ट्रिमिङ नेटवर्क एक आपसमा मिलेपछि बजारसमेत विस्तार हुने भएको छ ।

भारतमा तीव्र गतिमा पाइला राखिरहेको मनोरञ्जन उद्योगको मुख्य भूमिकामा रहेका एक अर्का प्रतिद्वन्द्वीको मिलनले खास अर्थमा प्रभाव पार्ने अनुमान पनि यसबीचमा सार्वजनिक भएका छन् । यसको साथ साथै विश्वव्यापी रुपमा नेटवर्क विस्तार गरिरहेको डिज्नी हटस्टारजस्ता प्रतिस्पर्धीलाई पनि टक्कर वा चुनौती दिन तयार भएको देखिन्छ ।

विवरणहरुमा जनाइअनुसार भारतमा ९० करोड भन्दा बढी टेलिभिजन दर्शक रहेका छन् । खासमा भारतभर ८०० बढी टिभी च्यानल सञ्चालनमा छन् ।

ती ८०० वटै च्यानलमा लगभग नै हरेक प्रकारका कार्यक्रम, छन् । त्यसमा ड्रामा, खेल वा रियालिटी शो वा दोस्रो प्रकारका मनोरञ्जन दिने कार्यक्रम नै किन नहोस् ।

पुनीत गोयलले सम्झौतापछि भनेका छन् ‘एक आपसम मर्ज भएपछि स्थापना हुने कम्पनीले मनोरञ्जन व्यवसायका अलावा भारतीय उपभोक्ताका लागि समेत सहज रुपमा टेलिभिजन हेर्ने वातावरण बनाइनेछ । मनोरञ्जन व्यवसायलाई थप व्यापक र विस्तार गरिनेछ ।’

यी दुई कम्पनी बर्षौं पहिलेदेखि भारतमा स्थापना भएका र सञ्चालनमा समेत सफलता हासिल गरेका कम्पनी हुन् । उनीहरुले स्ट्रिमिङ प्लेटफर्मका रुपमा जी पाइभ र सोनीलाइभसमेत सञ्चालन गर्दै आएका थिए ।

विवरणअनुसार जी १९० देशमा पुगेको छ । १० भाषामा प्रसारण हुने गरेको छ । १०० भन्दा बढी च्यानल रहेका छन् । बजारमा उसको हिस्सा १९ प्रतिशत रहेको छ । २ लाख ६० लाख घण्टा बराबरको टिभी कन्टेन्ट समेत रहेको छ । भारतका कूल २५ प्रतिशत बढी फिल्म जी नेटवर्कमा नै प्रदर्शन गर्ने गरिएको छ । यस्तै सोनीको ३१ वटा च्यानल छन् ।

कूल १६७ देशमा पुगेका छन् भने ७० करोड बढी दर्शकले हेर्ने गरेको आँकडा छ । बजार हिस्सा ९ प्रतिशत बराबर रहेको छ । सोनीले ११ हजार ६०५ करोड भारु बराबर लगानी गर्नेछन् । त्यसबाट जी को हिस्सा ४७ प्रतिशत र सोनीको हिस्सा ५२.९३ प्रतिशत बराबर रहनेछ । सम्झौता भएको ३ महिनाभित्र सबै प्रक्रिया टुंगो लगाइनेछ ।


क्लिकमान्डु