९ अर्ब खर्चेर बाग्मति सफा बनाउने मन्त्री झाक्रीको योजना, २ देखि १० मेगावाट विद्युत् निकालिने



काठमाडौं । बाग्मती नदीलाई दुर्गन्धरहित बनाउन भन्दै सरकारले करोडौं रुपैयाँ खर्च गरिसकेको छ । बाग्मती नदिलाई सफा बनाउन भन्दै यसको सफाइ अभियान शुरु भएको ४४७औं सप्ताह सकिएको छ । तर उपलब्धी अहिलेसम्म पनि हुन सकेको छैन ।

बाग्मती अझै पनि दुर्गन्धितनै छ । बाग्मती किरानाबाट फोहोरो हटेपनि नदिमा बग्ने पानी अझै दुर्गन्धितनै छ । बाग्मति नदी सफा गर्न भन्दै अधिकार सम्पन्न बाग्मति सम्भता एकीकृत विकास समितिले काम गरिरहेको छ ।

यसैक्रममा शहरी विकासमन्त्री रामकुमारी झाक्रीसहितको टोलीले गत शुक्रबार शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा सुन्दरीजलबाट करिब २० किलोमिटरमाथी रहेको निर्माणाधिन धाप ड्याप निर्माण कार्यको स्थलगत अनुगमन गरेको छ ।

समितिका अनुसार बाग्मति ड्याम्पको डीपीआर तयार भइ इआईए अध्ययन भई स्वीकृतीको क्रममा रहेको छ ।

पर्यटन विकासको पर्याप्त सम्भावना बोकेको धाप ड्यामको सम्भाव्यता, ड्यामको सञ्चालन व्यवस्थापनको लागि आवश्यक पूर्वाधार निर्माणका लागि मन्त्री झाक्रीले निर्देशन समेत दिएकी छिन् ।

मन्त्रीको निर्देशन पश्चात उक्त आयोजनामा देखिएको समस्या समाधान गर्दैै चालु आर्थिक वर्षमै निर्माण कार्य सम्पनन हुने र आगामी वर्षातको पानी संकलन गरी अर्को हिउँदमा प्रति सेकेण्ड ४० लिटर पानी बाग्मति नदीमा छाडने समितिले जानकारी गराएको छ ।

मन्त्री झाक्रीका अनुसार गेमचेञ्जर आयोजनाका रुपमा रहेको धापको ड्यापको निर्माण सकेर बाग्मतिमा प्रतिसेकेन्ड ४० लिटरको दरले पानी पठाउने र बाग्मतिलाई सधैका लागि सफा सुन्दर बनाउने योजना रहेको छ ।

‘उपल्लो धापमा यही वर्ष पानी संकलन हुन्छ । तल्लो बाग्मति धेरै ठूलो आयोजना हो’ मन्त्री झाक्रीले भनिन् ‘करिब साढे ९३ मिटर अग्लो ड्याम्प बनाएर प्रतिसेकेन्ड ४०० लिटरको दरले बाग्मतिमा पानी पठाउनेगरी काम गर्नेछौं ।’

मन्त्री झाक्रीका अनुसार वर्षाको समयमा १० र सुख्खा मौसममा २ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

‘त्यो बनेपछि बाग्मतिलाई ढलमुक्त र सुन्दर बनाउने छौं । त्यो हाम्रो सपना पनि हो’ उनले भनिन् ‘खोला एकपटक सफा गरेपछि फोहोर हालेनौ भने सधै सफा रहन्छ । बागमति, बिष्णुमति जस्ता सभ्यताका धरोहरहरुलाई सफा बनाउने अभियान चलाउन आवश्यक छ ।’

यी र यस्ता नदीलाई सफा बनाउन सकियो भने काठमाडौं सुन्दर हुने उनको भनाइ छ । करिब ९ अर्बको लागतमा बन्ने यो आयोजनालाई एडिबीले ऋण सहयोग गर्ने भएको छ ।


क्लिकमान्डु