यसरी चोरिएको रहेछ भर्चुअल दुनियाँबाट साढे १४ अर्ब बराबरको क्रिप्टोकरेन्सी



एजेन्सी । मूल्यमा समेत नयाँ नयाँ कीर्तिमान कायम राखेको क्रिप्टोकरेन्सीका विषयलाई लिएर संसारभर नै सकारात्मक वा नकारात्मक कोणबाट चर्चा हुने गरेको छ । यस पक्षधरहरु अब कुनै पनि भौतिक मुद्राको जरुरी नपर्ने बताइरहेका छन् भने विरोधीहरुले भने यो केवल हल्लाका लागि मात्रै ठिक छ । बजारमा कारोबार गर, वश । अरु कामका लागि योग्य छैन भनीरहेका छन् ।

जे भएपनि संसारभर नै क्रिप्टोकरेन्सीको कारोबार विस्तारित हुँदै गएको छ । यही क्रममा यसैमा चोरीको श्रृखला पनि उत्तिकै बढेको छ । साइबर संसारमा रहेका केही गिरोहले ठूलो परिमाणमा क्रिप्टोकरेन्सीको चोरी गरेको विवरण सार्वजनिक भएको छ ।

पछिल्ला केही महिनामा उच्च बिन्दुमा पुगेको क्रिप्टोकरेन्सी सुरक्षित नरहेको सोही चोरी प्रकरणले अथ्र्याएको छ । साइबर ह्याकरहरुले ब्ल्याकचेक बेस्ड डिसेन्ट्रलाइज्ड फायनेस प्लेटफर्म बेजर डिएओमार्फत् १२० मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेका छन् । नेपाली मुद्रामा त्यसको मूल्य करिब १४ अर्ब ४३ करोड ५५ लाख ४४ हजार बराबरको चोरी भएको छ ।

ह्याकरले क्रिप्टोको टोकन नै चोरी गरेका छन् । प्लेटफर्मद्धार साइबर आक्रमण रोक्नु भन्दा पहिले नै क्रिप्टो वालेटस्को खत्तम गरिदिइएको थियो । बैजरका अनुसार उक्त यूजर फण्डबाट गैरकानुनी रुपमा आक्रमण भइरहेको सन्देश पटक पटक आइरहेको थियो ।

बैजरका अनुसार उक्त सन्देश आउने बित्तिकै हाम्रा इन्जिनियरले परीक्षण शुरु गरेका थिए । आगामी दिनमा उक्त प्रकारको विड्राल रोक्नका लागि सबै स्मार्ट कन्ट्याकमा रोक लगाइएको थियो । यस्तै, अमेरिका र क्यानडाका अधिकारीलाई पनि सो बारेमा जानकारी गराइएको थियो । सोही मामिलामा हाल तिव्र गतिमा परीक्षण भइरहेको छ । तर, विवरण कहिले आउँछ भन्ने बारेमा केही बताइएको छैन ।

जानकारहरुले भने चोरी प्रकरणमा छिट्टै तथ्यहरु सार्वजनिक गरिने बताएका छन् ।

द वर्जले आफनो विवरणमा भनेको छकि ब्ल्याकचेन सेक्युरिटी र डेटा एनालिस्ट पेकशील्डका अनुसार ह्याकरले साइबर आक्रमबाट चोरेको सबै टोकनको मूल्यमात्रै १२० मिलियन डलर बराबरको रहेको छ । विवरणअनुसार कुनै एक प्रयोगकर्ताले युजर इन्टरफेशमा मैलेशियस स्क्रिप्ट राखेका छन् ।

सो साइबर आक्रमणमा ब्ल्याकचेन प्रविधिभित्रको खास विवरण भने सार्वजनिक भएको छैन । सोही टेक्नोलोजीका कारण नै क्रिप्टोकरेन्सी सुरक्षित रहेको छ ।

ह्याकरले भने पूरानो वेव २.० प्रविधिको फाइदा उठाएका थिए । उनी त्यसमा सफल पनि भए । धेरैजसो प्रयोगकर्ता क्रिप्टोकरेन्सीको लेनदेनका लागि सोही प्रविधिको वेव नै प्रयोग गर्ने गर्छन् ।

खासगरी क्रिप्टोकरेन्सीलाई असुरक्षित कारोबार मानिन्छ । यदि तपाईंले रुपैयाँ, अमेरिकी डलर, येन वा पाउण्डको कुरा गर्नुहुन्छ भने उक्त मुद्रा चलनचल्तीमा ल्याउने सम्बन्धित देशको केन्द्रीय बैंक नै स्म्झनुहुन्छ । भारतमा रिजर्भ बैंक अफ इण्डिया, नेपालमा नेपाल राष्ट्र बैंक भने जस्तै ।

क्रिप्टोकरेन्सी कति तथा कहिले छापिन्छ वा यसले देशको आर्थिक परिस्थितीको कसरी मूल्यांकन गर्छ भन्ने बारेमा हालसम्म केही स्पष्ट तथ्य नभएको बताइन्छ । यस्तै, कति मूल्य बराबरको क्रिप्टोकरेन्सी रहेको छ भन्ने बारेमा पनि केही जानकारी आम रुपमा नआउन पनि सक्छ ।

अथवा क्रिप्टोकरेन्सीको नियन्त्रण कसले गर्छ वा नियमन गर्ने निकाय कुन हो भन्ने बारेमा कुनै स्पष्ट विवरण छैन । नियमन गर्ने निकाय नै नभएपछि कारोबारको विवरण समेत सही सलामत पाउन सकिदैन । सोही कारण पनि यसलाई जोखिमको व्यवसाय भनिन्छ ।

ब्लाकेचन सबैभन्दा सुरक्षित र सबैभन्दा पारदर्शी फाइनान्सियल प्रविधि हो । लोकप्रिय क्रिप्टो करेन्सी बिटक्वाइन २००८ को आर्थिक मन्दीपछि नै तिव्र गतिमा विकास भएको हो । सो समयदेखि हालसम्म एउटा सिक्को मूल्य मात्रै ९० लाख प्रतिशत भन्दा बढीले उछाल आएको छ ।

तर, खासमा अर्को विषय पनि यसमा छ । किन यसको मूल्यमा लगातार उतारचढाव आइरहेको छ । एक्कासी माथि जाने र एक्कासी तल झर्ने प्रक्रियाले यसको अस्थिरतालाई पनि देखाउँछ नै । पछिल्लो १२ वर्षमा यसमा निक्कै उतारचढाव देखा पर्यो ।

करिब ४०० पटक त यसको सबै संरचना नै खारेज हुने र हराउने घोषणा नै भयो । संसारभर नै अधिकांश देशले क्रिप्टोकरेन्सीलाई स्वीकार गरेका छैनन् । आधिकारिक रुपमा कुुनै पनि जानकारी नभएको तथा सरकारले नै अनुमति नदिएका कारण यसको विश्वसनियताको प्रश्न पनि उठ्ने गरेको छ । सन् २०२० को डिसेम्बरमा यसको मूल्य ओरालो लागेर रसातलमा नै पुगेको थियो ।

यसको बारेमा अध्ययन गरिरहेकाहरुका अनुसार अब बिटक्वाइन पुनः उठ्छ र दौडन्छ । क्रिप्टोकरेन्सीलाई माइनिङका आधारमा तयार गरिन्छ । यो खासमा भर्चुअल माइनिङ नै गरिन्छ । क्रिप्टोकरेन्सी पाउनका लागि मात्रै लामो र जटील प्रक्रिया पूरा गर्नुपर्छ ।

त्यसका लागि तपाई आफैले नै प्रोग्रामिङ गर्नुपर्छ । बढी भन्दा बढी कम्प्यूटिङ पावरको जरुरत पर्छ । सैद्दान्तिक तरिकाले हेर्दा जोकोहीले पनि क्रिप्टोकरेन्सी बनाउन सक्छ । तर, त्यसलाई व्यवहारिक रुप दिन र प्रयोगमा ल्याउन भने सजिलो छैन ।


क्लिकमान्डु