सिंगल चार्जमा दिनभर काठमाडौंमा चलाउन सकिन्छ यी ५ विद्युतीय बस



काठमाडौं । पछिल्ला दिनमा नेपालमा समेत विद्युत् खपत बढाउने ध्येयका साथ विद्युतीय सवारी साधनको प्रयोगका विषयमा राम्रै चर्चा भएको छ । निजी क्षेत्रले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिएपनि सरकारी तहबाट हस्तक्षेप नै हुने गरी हालसम्म ठोस प्रयास भएको छैन ।

सरकारी प्रयास केवल नीतिगत तहमा त्यो पनि अस्पष्टमात्रै सुनिने गरेको छ । बिजुली खेर गएको सन्दर्भमा राम्रै चर्चा हुने विद्युत् खपत र बिद्युतीय सवारी साधनको प्रयोगका विषय हिउँद लागेपछि ओझेलमा पर्न थाल्छ ।

यस पटक पनि त्यस्तै हुने संकेतहरु देखिएका छन् । जाडो बढ्दै जाँदा नदीमा जलसतह घट्न थालेको छ । तर, बिजुलीको माग भने बढी नै रहेको छ । यो अवस्थामा विद्युतीय सवारी साधनको प्रयोग र खपत बढाउने कुरा अब केही महिना नीति निर्माणका तहमा समेत सुनिन छाड्नेछ । यद्यपी अर्को मनसुन शुरु भएपछि भने त्यो विषयले पुनः प्राथमिकता पाउनेछ ।

तर, चालु आवमा थपिने भनिएका केही आयोजनाका कारण प्रणालीमा यथेष्ट मात्रामा नै बिजुली उपलब्ध हुन सक्छ । यस्तो अवस्थामा सार्वजनिक यातायातका लागि पनि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनु नै उत्तम हुन जान्छ । निजी क्षेत्रले छिटफुटरुपमा सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिएका छन् ।

एक अध्ययनअनुसार १०० वटा सवारी साधनमा आजकाल ३ देखि ५ वटासम्म विद्युतीय सवारी साधन भेटिन थालेका छन् । त्यसमा पनि दुईपांग्रे सवारी साधनको मात्रा बढी देखिन्छ ।

यसै सन्दर्भमा भारतमा केही यस्ता बसहरु तयार गरिएका छन्, जुन नेपालमा समेत सार्वजनिक यातायातमा प्रयोग गर्न सकिन्छ । विशेष गरी जैविक इन्धनबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत र प्रतिव्यक्ति खर्चसमेत कम हुने गरेको छ ।

भारतीय सडकमा समेत ती बसले राम्रै प्रदर्शन गरेको छ । यस आलेखमा ती बसको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

एक पटक चार्ज गर्दा २५० किलोमिटरसम्म कुद्ने भएकाले पनि ती बस नेपालका लागि समेत उपयुक्त हुन सक्छन् ।
काठमाडौँ उपत्यकाको हकमा हेर्दा समेत चक्रपथको कूल लम्बाई २७ किलोमिटर रहेको छ । यस आधारमा एक पटक चार्ज गर्दा ती बसले ९ पटक परिक्रमा गर्न सक्छ ।

विद्युतीय खपत खासमा बढाउने हो भने केही यस्ता बस भारतीय बजारमा आएका छन् । त्यसले काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रमा दिनभर नै सेवा दिन सक्छ ।

भारतीय सडकमा विस्तारै विस्तारै विद्युतीय सवारी साधनको प्रयोगमा बढावा भइरहेको छ । भारतमा विशेषगरी विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि हुनुको पछाडि डिजलको मूल्यमा भइरहेको वृद्धि पनि खास कारण बनीरहेको छ । यस्ते विश्वव्यापीरुपमा बढ्दै गएको तापमानका कारण पनि मानिसहरु अब क्रमशः विद्युतीय सवारी साधनमा आकर्षित भएका छन् ।

भारतमा सरी तहबाटै अनुदानलगायतका सुविधा दिएर विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिइएको छ । सोही कारण विद्युतीय सवारीको प्रयोगको मात्रामा समेत वृद्धि भएको छ । विशेषगरी दिल्ली सरकारले त सार्वजनिक यातायातमा नै अनुदान दिने नीति र कार्यक्रम ल्याएको छ ।

भारतीय शहरहरुमा चलीरहेका विभिन्न ५ वटा शानदार बस भनेर चर्चा समेत गरिएको छ ।

१, टाटा स्टारबस अर्बन ९/१२ एसी बस

टाटा मोटर्सले आफ्नो टाटा स्टारबस अर्बन ९/१२ मीटरको बसको साथमा विद्युतीय बस बजारको नेतृत्व गरिरहेको छ । यो प्रविधिका हिसाबले पछिल्लो सवारी हो । त्यसमा १८६ किलोवाट ए आपीएन ब्याट्री राखिएको छ । जसमा न्यूनतम रुपमा १४५ किलोवाट र अधिकतम २४५ किलोवाट बराबरको शक्ति प्रदान गर्छ ।

यो बस एक पटक चार्ज गर्दा १५० किलोमिटर बराबरको रेञ्ज प्रदान गर्दछ । यसमा राखिएको रिजेनरेटिङ ब्रकिंग व्हीकलको क्षमता समेत बढाउँछ । टाटा स्टार बसको अधिकतम गति ७५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

२, अशोक लेलिल्याण्ड सर्किट एस

भारतीय सडकमा देखिन थालेको अर्को बस हो अशोक लेलिल्याण्डको । व्यवसायीक सवारी साधन उत्पादन गर्ने कम्पनीमा अग्रणी रहेको अशोकले पछिल्ला दिनमा विद्युतीय सवारी साधनको उत्पादनलाई समेत बढावा दिएको छ ।

सो बसमा ५०० किलोवाट क्षमताको ब्याट्री राखिएको छ । सो बसले एक पटक चार्ज गर्दा ५० किलोमिटर बराबरको रेञ्ज दिन्छ । सो बसमा ब्याट्री सवापिङ गर्ने द्रूत गतिको प्रविधि समेत रहेको छ । त्यसको सहयोगबाट कुनै पनि सन मोबाइल ब्याट्रलाई स्टशेनमा २ मिनेटभित्रै परिवर्तन गर्न सकिन्छ । बसमा ३० भन्दा बढी यात्रु रहन सक्छन् ।

३, ओलेक्ट्रा सी ९

भारतीय सडकमा ओलेक्ट्रा विद्युतीय बसको प्रयोग बढ्दै गएको छ । कम्पनीको साथमा भारतमा विद्युतीय बसको निर्माण तथा व्यापारिक रुपमा प्रिमियम कारोबार गर्ने समेतको एक ठूलो अनुबन्ध नै गरिएको छ । ओलेक्ट्रा विद्युतीय बस एक पटक चार्ज गर्दा २५० देखि ३०० किलोमिटर बराबरको शानदार रेञ्ज समेत रहेको छ ।

बसमा सी ९का दुई वटा १८० किलोवाट लायन इलेक्ट्रिक मोटर रहेको छ । जसमा ३०० एनएमको टार्क र ४८० बीपीएच बराबरको शक्ति प्रदान गर्छ । यसमा प्राप्त हुने द्रुत गतिको चार्ज हुने व्याट्री २ देखि ३ घण्टामा पूर्णरुपमा चार्ज हुनसक्छ । यसमा एक पटकका ४५ देखि ४९ जना यात्रु बोक्न सक्छ । लामो दुरीको यात्राका लागि यो मोडलको बस खासमा उपयुक्त रहेको छ ।

४, जेबीएम इको लाइफ इलेक्ट्रिक

जेबीएम इको लाइफ इलेक्ट्रिक बस भारतको पहिलो १०० प्रतिशत विद्युतीय बस हो । यस बसमा लीथीयम आयल ब्याट्रीको प्रयोग गरिएको छ । जुन एक पटक चार्ज गर्दा २५० किलोमिटरसम्मको राम्रोसँग चल्नसक्छ ।

बसमा एक विद्युतीय मोटर रहेको छ । जसमा ८० देखि १६० किलोवाट घण्टा बराबरको शक्ति उत्पादन हुन्छ । तीव्र गतिमा चार्ज हुने भएको २ देखि ३ घण्टामा नै पूर्णरुपमा चार्ज हुन सक्छ । बसमा सीसीटिभी क्यामरा, स्टाफ रिक्वेस्ट बटन, इमरेजेन्सीका लागि प्यानिक बटनजस्ता फिचर समेत प्राप्त हुनसक्छ ।

, ओलेक्ट्रा इबज के ६ लुक्से

ओलेक्ट्रा ग्रीनटेक लिमिटेडले सन् २०१८मा नै कूल ७ मिटर लामो मिनिबस सार्वजनिक गरेको थियो । यसमा कूल १८० किलोवाट घण्टा बराबरको मोटर जडान गरिएको छ ।

जो १८०० एनएमसम्मको टार्क उत्पन्न गर्छ । एक पटकचार्ज गर्दा बसले २०० किलोमिटरसम्म गुड्न सक्छ । बसमा रिजेनेटिङ ब्रेकिङ सिस्टमसमेत राखिएको छ । जसले सवारी साधनको रेञ्ज बढाउन सहयोग मिल्छ । यसको उच्च गति ८० किलोमिटर प्रतिघण्टा बराबर छ । ब्याट्रीको तिव्र गतिमा चार्ज गर्नका लागि ३ दजेखि ४ भण्टा बराबरको समय लाग्छ ।

यी बसको प्रयोगबाट शहरी क्षेत्रमा प्रदुषण कम गर्न सकिन्छ । विद्युतीय सवारीको प्रवद्र्धनमा खास अर्थमा ध्यान दिने हो र नेपालमा डिजलको खपत कम गर्दै लैजाने हो भने काठमाडौं उपत्यकालगायतका शहरी क्षेत्रमा पनि ती बस प्रयोग गर्न सकिन्छ ।


क्लिकमान्डु