दिमागलाई मेसिनसँग जोड्ने प्रविधिको खोजीमा मस्क, यस्तो छ उनको संघर्षपूर्ण जीवनको कथा



एजेन्सी । जति पटक असफल हुन्छौं, त्यति नै पटक प्रयास गर । जुन दिनसम्म सफल हुन सकिदैन, त्यो दिनसम्म लगातार लागिपर । कोही कसैका हकमा यो लागू हुन्छ भने त्यो मानिस हुन् ‘एलन मस्क’ ।

घोडा चढ्ने मानिस लड्छ । लडियो भनेर घोडानै नचढ्ने भन्ने त होइन । कैयौं पटक असफल भए, कैयौं पटक उनी असफलताको डिलमै पुगे । तर, कहिल्यै हार खाएनन्, कहिल्यै निराश भएनन् । लगातार लागिरहे ।

खासमा उनी सफल भएरै छाडे । असफलतानै सफलताको जननी हो भन्ने कुरा कोही कसैले स्थापित गरेको छ भने त्यो व्यक्ति हो उनै हुन् । यानेकी मस्क ।

आज हामी उनै सफल टेस्लाका मालिक एलन मस्कको सफलताको कथा लिएर आएका छौं ।

सन् २००८ मा मार्बलको फिल्म आइरन म्यान रिलिज भयो । सो फिल्मले संसारभर नै तहल्का मच्चायो । के युवा के युवती सबै आइरन म्यानको याननै भए । फिल्मका मुख्य पात्र थिए टोनी स्टार्क ।

एक उद्योगपति जो साथ साथै एक काबिल प्रतिभा पनि थिए । उनलाई मानिसहरुले कमालका आविष्कारको नाम समेत दिएका थिए । रोवर्ट डाउनी एक जुनियरका रुपमा काम गर्न गएका थिए ।

मस्क मानिस अन्तरिक्षमा रकेट पठाउने कम्पनी चलाउँछन् । उनको अर्को कम्पनीले शानदार विद्युतीय कार बनाउँछ । मस्क ठूलो सहरको नजिकै कैयौं किलोमिटर लामो सुरुङ समेत बनाउँछन् । र, मस्क मानिसको दिमागसँग जोड्ने खालका प्रविधि तयार गरिरहेका छन् ।

मस्क ठूला ठूला सपना देख्छन् । त्यसलाई पूरा गर्नका लागि ठूलो प्रयोग र मेहनत पनि गर्छन् । उनलाई आफ्नै कारणले सिर्जना भएका अनेकन आलोचनाका बारेमा पनि ज्ञात छ ।

आमसंसारले भने उनलाई एक आइरन म्यान मान्छन्, जुन मार्वलमा देखाइ जस्तै छ ।

यी मानिस संसारकै सबैभन्दा धनी व्यक्ति पनि हुन् । अरुको आलोचना वा चर्चा हुँदा के हुन्छ थाहा छैन, तर मस्कले ७ शब्दको मात्रै ट्वीट गरे भने १० अर्ब डलर बराबरको सम्पत्ति बजारबाट एकाएक एकाएक गायव पनि हुन्छ ।

सन् १९७१ मा भारत र पाकिस्तानबीच युद्ध भयो । सोही वर्ष नै मस्कको जन्म भयो । सन् १९७१ को जुनमा दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा उनी जन्मिए । उनका आमा मे मस्क एक मोडल थिइन् भने पिता इराल मस्क इन्जिनियर थिए ।

मस्क बाल्यकालमा फरक स्वभावका थिए । आफैमा हराइरहने र रमाइरहने खालका, जब उनी केही सोचिरहेका हुन्थे, तब उनले कसैले बोलाएको पनि सुन्दैनथे । उनको माता पितालाई लाग्थ्यो कि छोरो बहिरो त भएन । मस्कले भन्ने गरेका थिए कि त्योनै मेरा लागि सबैभन्दा राम्रो समय थियो ।

उनलाई बाल्यकालदेखिनै हरेक कुराको याद हुन्थ्यो ।

उनको खराब समय पनि आयो । बाबु आमाले एक आपसमा छुट्टिने निर्णय गरे । एलन बाबुसँग रहने भए । बाबुका साथमा पनि उनको अनुभव खराब रह्याे । खासमा उनी राम्रा बाबु थिएनन् । उनलाई ध्यान दिने, स्याहारसुसार गर्ने कोही पनि भएनन् ।

उनले विद्यालयमा समेत राम्रो व्यवहार पाएनन् । उनी आफैमा पनि खराब थिए । उनको साथमा रहने बच्चाहरुले उनलाई हैरान बनाउँथे ।
एक समय विद्यालयमा उनीभन्दा ठूला केटाले उनलाई यत्ति धेरै पिटे कि अस्पतालनै भर्ना हुनुपर्यो ।

ती सबै हर्कतभन्दा पर गएर उनलाई किताबको राम्रो प्रभाव पर्यो । बालकालमा उनलाई किताब पढ्नुपर्छ भन्ने लाग्यो । उनको दिमाग यति तेज थियो कि एकपटक पढेपछि उनी सबै सबै सम्झन सक्थे ।

त्यसप्रकारको स्वभावलाई फोटोग्राफिक मेमोरी पनि भनिन्छ । एकपटक कुनै विषय पढेपछि दिमागमा छापामारे जस्तै हुन्थ्यो । जब उनको साथमा पढ्ने किताब सकिदै जान्थ्यो, मस्कले पूरा इन्साइक्लोपिडया हेर्न थाले ।

किताबबाट मस्को ध्यान अब कम्प्युटर तिर सर्यो । १० वर्षको उमेरमै उनले कम्प्युटरको कोडिङ सिक्न थाले । १२ वर्षमा त उनले कम्प्युटर गेमनै बनाए । उक्त गेमको नाम राखियो ब्लस्टर । मस्कले उक्त गेम एक पत्रिकालाई बिक्री गरेर ५०० डलर कमाए ।

जब उनी १७ वर्षको भए । उनले दक्षिण अफ्रिका छाड्ने मन गरे । दक्षिण अफ्रिकामा सैन्य सेवा गर्नु वा तालिम गर्नु अनिवार्य जस्तै थियो । उनलाई त्यसो गर्ने मन थिएन ।

उनी त्यहाँबाट क्यानडा गए । त्यहाँ उनले क्वीन्स विश्वविद्यालयमा भर्ना भए । तर, उनी अमेरिका जान चाहन्थे । खासमा क्यानडा जानुको उद्देश्यपनि त्यही थियो । मस्कले त्यसपछि युनिभर्सिटी अफ पेन्सिलभेनियामा स्थान्तरण गरे । जब उनले त्यहाँ पढाइ पूरा गरे । उनको हातमा प्राप्त भयो फिजिक्स र इकोनोमिक्सको डिग्री ।

त्यसपछि उनी पीएचडी गर्नका लागि स्ट्यानफर्ड युनिभर्सिटी पुगे । तर उनको मनमा अरुनै केही चलिरहेको थियो । दुई दिनपछि उनले पीएचडीको अध्ययन छाडिदिए ।

संसारभरी सो समयमा इन्टरनेटले आफनो गति बढाइरहेको थियो । मस्कले आफना भाइ किंबलको साथमा इन्टरनेटको संसारमा थप दौडन थाले । त्यसका लागि उनले बाबासँग पैसा लिए र सानो भाइसँग मिलेर जीज २ नामक सफ्टवेयर कम्पनी बनाए । सो कम्पनीलाई पछि कम्पेकले किन्यो । मस्कलाई २२ मिलियन डलर बराबरको पैसा प्राप्त भयो ।

सो पैसाबाट उनले एक्स डट कम नामक कम्पनी खोले । युवा उमेरमा उनी कार्यालयमै बस्थे । २४सै घण्टा उनी कार्यालयमा हुन्थे । त्यही खान्थे । त्यही सुत्थे ।

शुरुवाती समयमा अनलाइन बैंकिङको काम गर्दथ्यो एक्स डट कमले । सोही कम्पनीपछि बिस्तार हुँदै गएर पेपल बन्यो ।

सन् २००२ मा सो कम्पनी इवेलाई बिक्री गरिदिए । त्यसबाट मस्कले १६५ मिलियन डलर बराबरको पैसा प्राप्त भयो ।

सो पैसा लिएर उनी एकदमै चुपचाप र आरामको जिन्दगी जिउन सक्थे । तर, उनको दिमागमा मंगल ग्रहल परिक्रमा गर्न थाल्यो ।

उनी कल्पनालाई यर्थाथ बनाउन सकिन्छ भनेर लागि पर्थे । खासमा उनी त्यसैतर्फ केन्द्रित भए ।

ठूला–ठूला सपना
सन् २००१ मा उनलाई मार्स ओएसिस नामको सोच आयो । परीक्षणपछि पत्ता लाग्यो कि पृथ्वीबाट मंगल ग्रहमा ग्रीनहाउस पठाउन पाए । अन्तरिक्षमा केही गर्नका लागि रकेटको आवश्यकता पर्छ ।

मस्कलाई थाहा भयो कि रुसमा सस्तो मूल्यमा रकेट पाइन्छन् । त्यहाँबाट केही केही जुगाड हुनसक्छ । सोही सिलसिलामा सन् २००१ मा उनी रुस गए । त्यहाँ उनलाई केही थाहा नपाएको केटा जस्तै ठानियो । खासमा असाध्यै हलुवा तरिकाले लिइयो ।

सन् २००२ मा उनी पुनः दोस्रो पटक रसिया गए । तीन वटा आइसीबीएम खरिद गर्ने योजनाका साथ । अन्तर महादेशीय व्यालेस्टिक मिसाइलमा रकेट जसरीनै प्रयोग गर्न सकिन्छ भन्ने उनलाई लागेको थियो । रसियाली ठेकेदारले एक मिसाइलको मूल्य ८ मिलियन डलर बराबर भएको बताए ।

उनलाई त्यसको मूल्य असाध्यै बढी भएको जस्तो लाग्यो । असाध्यै छोटो मिटिङ गरेर उनी त्यहाँबाट निस्के । उनलाई लाग्यो कि योभन्दा थोरै पैसामा असाध्यै राम्रो रकेट मै पनि सक्छु ।

त्यसपछि उनी रकेट बनाउन लागे ।

मस्कलाई लाग्यो कि एउटा ग्रहमै रहन खोज्नु खासमा जोखिमको कुरा हो । हुनसक्छ भोलि तेस्रो विश्वयुद्ध भयो भने के गर्ने । आणविक हमला भएर संसार नै ध्वस्त हुन सक्छ । जसरी डाइनोसरको अस्तित्व सकियो त्यसरी मानव जीवनको अस्तितव पनि सकिन सक्छ भन्ने लाग्यो ।

सन् २००२ मा मस्कले स्पेस एक्सप्लोरेशन टेक्नोलोजी नामक कम्पनी बनाए । बिस्तारै कम्पनी स्पेसएक्सको नामबाट परिचित भयो ।

मस्क अन्तरिक्षमा हुने यात्रालाई थप सहज र सस्तो बनाउन चाहन्छन् । स्पेसएक्सको खास उद्देश्य छ, मंगलग्रहमा सहज तरिकाले मानव बस्ती बसाउने । हाम्रो सभ्यताको मिति सकिन लागेपनि सहजै तरिकाले दोस्रो ग्रहमा मान्छेले सहजै रुपमा रहन बस्न सक्ने उनको सोच छ ।

मान्छे केवल एउटा ग्रहमा मात्रै रहनुपर्छ भन्ने छैन । अनेकन ग्रहमा रहन सक्ने अद्वितीय शक्ति भएको अर्कै मान्छे बनाउने उनको सोच देखिन्छ । मान्छेको परिभाषा र दायरालाई अझै फराकिलो बनाउन चाहन्छन् उनी ।

स्पेसएक्स त शुरु भयो । तर, अनेकन हैरानी खेप्नु पर्यो । सन् २००६ मा कम्पनीले पहिलो रकेट लञ्च गर्यो । तर सफल भएन । ३३ सेकेण्ड उडेर रकेम बिस्फोट भयो । दोस्रो पटक पनि परीक्षण असफल भयो । त्यसपछि सन् २००७ र २००८ मा गरिएको दोस्रो र तेस्रो रकेट परीक्षण पनि असफल भयो । तेस्रो पटक असफल भएपछि कम्पनी नै बन्द हुने अवस्थामा पुग्यो ।

लगातार तीन पटक रकेट परीक्षण असफल भएपछि उनको साथमा यत्ति कम पैसा बाँकी थियो कि केवल अब एउटा मात्रै परीक्षण गर्न सकिन्छ । यसपटक सबै ठीकठाक थियो । सन् २००८ को सेप्टेम्बर २८ मा परीक्षण गरिएको फाल्कन १ रकेट चोथौ पटक सफल भयो ।

चौथो पटकको प्रयासपछि रकेट अर्थ अर्बिटमा पुग्न सफल भयो । मस्कका अनुसार सन् २००८ मा उनको जिन्दगीको सबैभन्दा खराब दिन थिए ।
असाध्यै कष्टका साथ स्पेसएक्सको पहिलो रकेट परीक्षण हुन पायो । उनको दोस्रो कम्पनी टेस्ला पनि लगातार घाटामा चलिरहेको थियो । करिब करिब कंगाल हुने अवस्थामा उनी पुगेका थिए । कसले बचायो त उनलाई कंगाल हुनबाट अब कथा यतातिर शुरु हुन्छ ।

मस्कलाई विद्युतीय कारमा असाध्यै ठूलो सम्भावना छ भन्ने थाहा भयो । सन् २००३ मा नै टेस्ला मोर्टसको नामनै विद्युतीय सवारी साधन बनाउने कम्पनीको रुपमा नै शुरु भएको थियो ।

तर, उनले कम्पनीको शुरुवात भने त्यसरी गरेका थिएनन् । सन् २००४ मा मस्कले टेस्ला मोटर्समा सबैभन्दा बढी लगानी गर्दै कम्पनीमा जोडिएका थिए । मस्कले टेस्लाको पहिलो कार बनाउनका लागि महत्वपूर्ण भमिका निर्वाह गरेका थिए ।

सन् २००६ मा टेस्ला मोटर्सले रोडस्टार नामको पहिलो आफनो कार सार्वजनिक गर्यो । सोही समयमा नै मस्क टेस्लाको अध्यक्ष समेत बनेका थिए ।

सन् २००७ लाग्दा नलाग्दै कम्पनी बैंकको कालोसूचीमा झण्डै पर्ने अवस्थामा पुग्ने अवस्थामा पुगेको थियो । उनले आफनो गोजीबाट पैसा हालेर सो कम्पनीलाई उनले बचाए ।

सन् २००८ मा मस्क सो कम्पनीको प्रमुख कार्यकारी अधिृकत समेत बने । टेस्ला अगाडि बढ्दै गएर असाध्यै राम्रो विद्युतीय कार बनाउने कम्पनीको नाममा स्थापित भयो । खासमा भन्दा एउटा मोडलनै कायम भयो ।

मानिसको विश्वास जित्न सफल भयो । खासमा त्यो मेहनतको खास कारण थियो । कनिकी, अनेकन दुःख, हैरानी खेपेर भएपनि उनले टेस्लालाई खासमा ‘टेस्ला’ बनाएका छन् ।

मस्क संसारभर रहेको ऊर्जाको समस्या समाधान गर्न चाहन्छन् । उनको कार इन्धनबाट त चल्दैन । तर, त्यसमा प्रयोग हुने बिजुली कसरी खोज्ने । खनिज इन्धनको प्रयोग त बढीरहेको छ । तर एकदिन खनिज इन्धनको भण्डार पनि सकिन्छ । त्यसबाट संसारभर नै ऊर्जाको संकट देखा पर्नेछ । ऊर्जा संकटको समाधान कसरी गर्ने होला ? कसरी निस्किएला त्यसको समाधान ।

मस्क संसारलाई नै नवीकरणीय ऊर्जाको साथमा लिएर अगाडि जान चाहन्छन् ।

स्पेस र अटोमोबाइलसँगै उनलाई अर्को एक ऊर्जा कम्पनीको सोच आयो । त्यो एक सोलार कम्पनी हो । जसको शुरुवात सन् २००६ मा भयो । मस्कले आफना भतिजा पिटर र लिन्डन राइवलाई सो कम्पनी शुरु गर्न भने । त्यसका लागि पैसा उपलब्ध गराउनेदेखि थप अन्य सहयोग पनि गरे ।

सन् २०१३ मा सोलार सिटी अमेरिकामा घरेलु सोलार प्यानल बनाउने शीर्ष कम्पनी बन्यो । सन् २०१६ मा टेस्लाले सोलार सिटीनै खरिद गर्यो । त्यो पनि अर्को महत्वाकांक्षाको उडान नै थियो ।

स्पेसएक्स, टेस्ला र सोलारसिटीका साथ मस्क करिब करिब डुब्ने अवस्थामा पुगेका थिए । मस्कले आफनो सबै पैसा चोथौ रकेट परीक्षण्मा लगाएका थिए ।

भाग्यवश सो परीक्षण सफल भयो । सन् २००८ मा स्पेसएक्सलाई नासाको तर्फबाट १.५ विलियन डलर बराबरको ठेक्का प्राप्त भयो । नासाले स्पेसएक्सको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा आफनो समान पठाउने काम दियो ।

बिस्तारै टेस्लाको अवस्थामा पनि सुधार हुन थाल्यो । टेस्लामा सबैभन्दा ठूला लगानीकर्ता भित्रन थाले । रोडस्तारपछि टेस्लाको मोडल एस नाम दिइएको अर्को कार आयो ।

कैयौं मानिस सो मोडलबाट प्रभावित भए । कम्पनीलाई अमेरिकी सरकारको तर्फबाट ऋण पनि प्राप्त भयो ।

सन् २०१० मा टेस्ला मोटर्सको साधारण सेयर बिक्री गर्ने अनुमति पनि प्राप्त भयो । कम्पनी निजीबाट सर्वसाधारणको हातमा पनि गयो । त्यसबाट प्राप्त भएको रकमबाट मोडल एसको उत्पादनलाई थप वृद्धि गरियो । सन् २०१२ मा सो कार बजारमा व्यापक रुपमा आयो ।

सन् २०१३ मा नै टेस्लाले अमेरिकी सरकारको ऋण ब्याजसहित फिर्ता गर्यो । त्यसपछि टेस्लाले कैयौं अन्य आरामदायी तथा आधुनिक सवारी बनायो । अटोमोबाइलको क्षेत्रमा ठूलामध्यको एक कम्पनी बनेर उभिएको छ ।

सन् २०१२ मा एपसेसएक्स अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा सामान पठाउने पहिलो निजी कम्पनी बन्न सफल भयो । त्यसपछि कम्पनीले एकपछि अर्को नयाँ नयाँ रेकर्ड बनाउँदै गयो ।

सन् २०१५ को डिसेम्बरमा इतिहासमै पहिलो पटक कुनै रकेट अर्बिटमा पुर्याएर पृथ्वीमा फर्काउन सफल समेत भयो । यो स्पेसएक्सको फाल्कन ९ रकेट थियो ।

अप्रिल २०१६ मा सोही रकेटको परीक्षणपछि प्रशान्त महासगारमा रहेको एक जहाजमा अवतरण समेत गर्न सक्यो । स्पेसएक्सले पुनः प्रयोग गर्न सकिने रकेट निर्माणमा समेत कीर्तिमान कायम गर्न सफल भयो ।

कुनै रकेट एकपटक परीक्षण गरेपछि दोस्रो पटक काम लाग्दैन । तर उनको रकेट एकपटक गरेपछि पनि पुनः प्रयोग गर्न सकिन्छ । त्यसबाट उनको धेरै पैसा समेत जोगिन लाग्यो ।

सन् २०२० मा स्पेसएक्समार्फत नासाले २ जना अन्तरिक्ष यात्रीलाई लिएर गयो । सो मिशनको नाम थियो डेमो २ । त्यसपछि अन्तरिक्ष यात्री पठाउने काममा समेत स्पेसएक्सको थप भूमिका स्थापित भयो ।

स्पेसएक्स अन्तरिक्षमा मानिस पठाउने पहिलो निजी क्षेत्रको कम्पनी समेत बन्यो । नासा र स्पेसएक्स दुबै मिलेर आगामी मिसन अगाडि बढाउने तयारी गरिरहेका छन् ।

स्पेसएक्सको अर्को महत्वाकांक्षी परियोजना छ– स्टारलिंक । स्टारलिंकबाट मस्क संसारको हरेक कुनामा तीव्र गतिको इन्टरनेट पुर्याउन चाहन्छन् ।

हाल संसारभर चलिरहेको इन्टरनेट जमनिमुनी बिच्छ्याएको तारबाट चलिरहेको छ । स्याटेलाइटमार्फत् उनी तीव्र गतिको इन्टरनेट प्रदान गर्ने तयारीमा छन् । स्टारलिंकमार्फत् उपलब्ध हुने इन्टरनेट सस्तो समेत हुनेछ । हालसम्म स्टारलिंकका लागि मात्रै ९५५ भन्दा बढी स्याटेलाइट परीक्षण गरिसकिएको छ ।

उनले पहिलो पटक हाइपुर लुको दाबी गरेका थिए । यो एक प्रकारको यातायातको प्रणाली हो । जसमा संसारका धेरै कम्पनीले काम गरिरहेका छन् ।

यसको सोच टेस्ला र स्पेसएक्स एक आपसमा मिलेर तयार गरेका थिए । त्यो एक प्रकारको प्रेसरबाट चल्नसक्छ । त्यसमा विद्युतीय झट्काको सहयोग लिन सकिन्छ ।

भ्याक्युम ट्यूबको सहयोगले भित्र हावा दिएर घर्षण हुन नदिने र तीव्र गतिको यातायात प्रणाली बनाउने उनको सोच रहेको छ ।

बढ्दो जनसंख्या र सहरीकरणका कारण सिर्जना भएको ट्राफिक जाम कम गर्न उनले लामा लामा सुरुङ बनाउने उद्देश्यले बोरिङ कम्पनी समेत बनाएका छन् । जमनिमाथि कुद्ने सवारी साधनलाई जमिनबाट कुदाउने उनको योजना छ ।

यस्तै आर्टिफिसियल इन्टेलिजेन्टमार्फत् काम गर्ने उनको अर्को सोच छ । भविष्यमा यो खतरनाक समेत हुनसक्छ । त्यसतर्फ पनि ध्यान दिन जरुरी छ ।

मेसिनले सिक्दा मान्छेभन्दा बढी शक्तिशाली भयो भने के गर्ने भन्ने चिन्ता पनि उत्तिकै छ । त्यसबाट बच्न उनले खुल्ला रहने ओपन एआइको अवधारणा ल्याएका छन् ।

एआई मानवताका लागि समेत सहयोगी बन्नेछ । त्यो मान्छेको साथी बन्न सक्छ ।

त्यस्तै मस्कले हाल आफनो दिमागलाई मेसिनसँग जोड्ने नयाँ परियोजना शुरु गरेका छन् । अहिले मानिसले हातको सहयोगले मेसिन नियन्त्रण गर्छौ । यस्तै आवाजको मद्दतबाट पनि नियन्त्रण हुनसक्छ ।

मस्कलाई लागेको छ सुस्त गतिमा मात्रै मेसिनसँग संवाद हुने गरेको छ । हामी सिधै दिमागबाटै मेसिनलाई नियन्त्रण गर्न सक्नुपर्छ । त्यसका लागि न्यूरालिंक नामक कम्पनीको सोच बनाएका छन् ।

न्यूरालिंक मानिसको दिमागको चालका आधारमा चल्छ । यो यस्तो प्रविधि हो, जसको एउटा चिप्स मानिसको टाउकोमा लगाएपछि दिमाग मोबाइल, कम्प्युटर वा अन्य मेसिनसँग जोडिन पुग्छ ।

मस्क त्यस्तै कहिलेकाही विवादमा पनि पर्छन् । उनको एक ट्वीटले बजारमा पारेको प्रभाव हालैको हो । यस्तै उनी कहिलेकाही प्रत्यक्ष प्रसारणको क्रममा नै गाजाको धुवा उडाइदिन्छन् ।

यति धेरै ठूलो कम्पनीको मालिक प्रत्यक्ष प्रसारण भइरहेको बेला नै गाजा फुक्न सक्छन् । केहीलाई उनले असाध्यै गम्भीरताका साथ लिए भने केहीलाई हलुका तवरले लिए ।

कमजोररहित मानिस पाउन त मुस्किल छ । कमजोरीनै नभएको मानिस त भगवाननै हुनसक्छ । तर, अनेकन विवादका बावजूत पनि मस्क त्यस्ता मानिस हुन, जो नयाँ नयाँ खोजका लागि निरन्तर दौडिरहेका छन् ।

त्यसकारण उनी कैयौं मानिसका लागि उनी प्रेरणाका स्रोत हुन् । केहीका लागि उनी आइरन म्यान पनि हुन् । केहीका लागि उनी मानिस होइनन्, एलियन हुन । जे भएपनि उनी खासमा मानव जातीका लागि जन्मेका एक खास आविष्कारक हुन् ।

लल्लनटपमा प्रकाशित आलेखको भावानुवाद


क्लिकमान्डु