टाट पल्टेको ‘रुचि सोया’ किनेर रामदेवले बनाए नाफा दिने कम्पनी



एजेन्सी । बाबा रामदेव योगी हुन् कि व्यवसायिक टाइकुन हुन् भन्ने बारेमा ठूलो विवाद छ । योगगुरुबाट कर्पोरेट बनेका रामदेवलाई तपाईं विश्वास गर्न सक्नुहुन्छ, उनी कसरी व्यवसायिक अवतारमा उदाइरहेका छन् ।

उनले स्थापना गरेको व्यापारिक साम्राज्य एउटा कर्पोरेट साम्राज्यभन्दा के अर्थमा फरक छ ? के यो बच्चाको खेल हो । जोखिम मोल्ने उनको चाहना अत्यधिक रहे पनि उनी सबै क्षेत्रफमा सफल भइरहेका छन् ।

उनमा एक प्रकारको आत्मविश्वास छ । उनको कम्पनी पतञ्जली आयुर्वेदले सन् २०१९ मा भारतको राष्ट्रिय कम्पनी कानून न्यायाधीकरण(एनसिएलटी)को प्रक्रियामार्फत् ‘रुचि सोया’लाई अधिग्रहण गर्यो । झण्डै बन्द हुने अवस्थामा पुगेको सो कम्पनीलाई उनले जिम्मा लिएपछि मानौं एउटा चमत्कारै भयो ।

कम्पनी २ वर्षमा नाफामा गयो । गुमेका सबै अवसरहरु पुनः जोडिन आइपुगे । यति छोटो अवधिमा तपाईंले फरक तरिकाले के गर्नुभयो भनेर राखिएको जिज्ञाशामा रामदेव चर्को स्वरमा हास्छन् र भन्छन् – रुचि सोया पतञ्जली आयुर्वेदको दुलही जस्तै हो । जब एउटा केटी विवाह गरेर राम्रो घरानाको बुहारी बन्छिन्, उनी स्वयम् नै त्यस परिवारको ब्राण्ड बन्न पुग्छिन् । उनको हिस्सा स्वतः बढ्छ नै । रुचि सोयामा पनि यस्तै भयो ।

केही प्रचारहरुलाई छाड्ने हो भने रुचि सोयामा देखिएको परिवर्तन उल्लेखनीय छ । यसको कारोबार पनि साँच्चै लोभलाग्दो छ । पतञ्जली आयुर्वेद १२ हजार करोड बराबरको ऋणमा डुबेका बेला रुचि सोयालाई जिम्मा लिइएको थियो । २ वर्षको छोटो अवधिमा नै ३ हजार ३ करोड बराबरको ऋणमा सीमित छ ।

यसवर्ष मात्रै ६८०.७७ करोड भारु बराबरको नाफा गरेको छ । त्यसमा नाफा कमाउनु अघिको सबै दायित्व समेत १०१८.३७ करोड भारु पनि जोडिएको छ ।

रुचि सोयालाई सेतो हात्तीबाट क्रमशः परिवर्तन गरेर तिख्खर खरानी रंगमा परिणत गरिएको छ । ५० वर्षे स्वामीले कम्तीमा ५० देशमा उपस्थिती जनाएको पतञ्जली आयुर्वेदको नाम थप चम्काएका छन् । उनले भारतको सबैभन्दा तीव्र गतिमा बिस्तार भएका केही कम्पनीको सूचीमा आफूलाई स्थापित गराउन चाहन्छन् । त्यो पनि एकाध वर्षभित्रै ।

रुचि सोयासँग जोडिएको उनको ट्रयाक रेकर्डले पनि महत्वाकांक्षाको थप केही प्रमाण दिनसक्छ । तर, रुचि सोया उनले भन्दै आएको भन्दा बिल्कुल फरक कम्पनी हो । त्यसो भए बजारलाई नियाली रहेका पर्यवेक्षकहरु भन्छन् ती केही खास उद्योगहरु निन्दनीय अवश्य नै छन् । रामदेव र उनका खास नजिकका सहयोगी आचार्य बालकृष्ण दुबै बिबादका लागि अपरिचत पनि छैनन् ।

पतञ्जली आयुर्वेदमा कर्पोरेट सुशासन र पारदर्शिता नभएको कुरा बारम्बार सार्वजनिक नै भएको हो ।

यी दुईको राजनीतिक झुकावले पनि विश्लेषकलाई झनै असह्य बनाएको हुनसक्छ । बैंकहरुले पनि ६० प्रतिशतभन्दा बढी हिस्सा दिन अस्वीकार गरेको रुचि सोयाको हकमा जुन प्रक्रियामार्फत् जिम्मा लिइएको थियो त्यसले पनि शंकामा थप बल पुगेको हुनसक्छ ।

केजरीवाल रिसर्च एण्ड इन्भेस्टमेन्ट कम्पनीका संस्थापक अरुण केजरीवाल भन्छन्– ‘विश्लेषकहरुले पनि रुचि सोयाको अवस्था राम्रो भएको बेलामा समेत त्यसका मालिकहरुले आमरुपमा केही जानकारी दिन तयार भएनन् । बाबाले लिएपछि पनि यसका बारेमा कोही कसैले थाहा पाएनन् । अनुसन्धान र लगानीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका केजरीवालको यो तिखो टिप्पणी रुचि सोयाको हकमा नपच्ने खालको देखिन्छ ।

अपेक्षितरुपमा बाबा र बालकृष्णले चिन्ता व्यक्त गर्नेलाई सिधै गिल्ला गर्छन् । उनीहरुलाई कम्पनी र यसको कामको बारेमा केही थाहा छैन । पतञ्जली पारदर्शिता र उच्च गुणस्तरको प्रतिक हो । हाम्रो रणनीति पनि यही हो । प्रतिक्रिया जनाउनेलाई धेरै धेरै धन्यवाद छ ।

सबैभन्दा असामान्य कथासँग तपाईं सहमत हुनुहुनेछ । सुट, टाईलगाउने एमबीए जोडिएका कर्पोरेटको लडाईमा दुई उत्साही भिक्षु र तिनको उत्साहजनक चालहरु हेर्दा । उनीहरुको प्राकृतिक चाल हेर्दा पक्कै पनि केही हुँदैछ भन्ने तपाईंलाई लाग्न सक्छ ।

भिक्षु जसले सूचीकृत कम्पनी किन्यो
रुचि सोयाको अधिग्रहणपछि साधारण सेयर र सेयर बजारको जटिल संसारमा योग गुरुको अर्को परिचय पनि दिएको छ । रामदेवको दाबी छ कि बजारले कसरी काम गर्छ भन्ने कुरा बुझ्न उनलाई दुई घण्टा लाग्यो । उनले रुचि सोयालाई किने लगत्तै एक वरिष्ठ सेयर बजार विश्लेषकले उनको हरिद्धार कार्यालयलाई मार्केट १०१ को नाम दिए । उनले मलाई पूँजीकरण र बजार मूल्य कसरी निर्धारण हुन्छ भन्ने बारेमा बुझाए । उनले मलाई सूचीकृत कम्पनी चलाउँदा ध्यानमा राख्नुपर्ने तीन वटा कुरा बताए । त्यसमा लगानीमा प्रतिफल, ऋण र शून्य रुपमा कार्यशील पूँजी ।

मैले रुचि सोयालाई ऋणमुक्त बनाउने र सेयरधनीलाई अधिकतमरुपमा लगानीको प्रतिफल दिने योजना बताउन थाले । त्यसपछि उनले मेरो कार्यशील पूँजी कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर सोधे । मैले भने ‘उधारोमा पैसा लिने र नगदमा बिक्री गर्ने । त्यसबाट तपाईंको कार्यशील पूँजी शुन्य हुन्छ’ उनी मज्जाले हास्छन् ।

उनी केही मजाकपनि गर्छन् । लगानीमैत्री कम्पनीका लागि हामीले हाम्रा लगानीकर्तालाई कम्तीमा पनि २० प्रतिशत बराबरको आरओएल दिनुपर्छ भन्छन् । त्यसतर्फ काम गरिरहेको पनि उनी बताउँछन् ।

हाम्रो सपना छ कि वर्किङ क्यापिटललाई कसरी बढाउँदै जाने र त्यसलाई त्यसलाई निश्चित बिन्दुमा पुर्याउने ।

उनले सेप्टेम्बरमा एफपीओमार्फत् आगामी ६ महिनाभित्रमा रुचि सोयालाई ऋणमुक्त गर्न चाहन्छन् । यसले कुल ४ हजार ३०० करोडमा ९ प्रतिशत बराबरको हिस्सा खोज्न जान्छ । त्यसबाट कूल ६२ प्रतिशत बराबरको ऋण मिलाउन सकिन्छ । यस्तै, १४ प्रतिशत बराबरको रकम थप लगानीका लागि प्रयोग गर्न सकिन्छ ।

उनलाई लागेको छ, आगामी १२ देखि १५ महिनाभित्रमा पैसा उठाउन सकिन्छ । पतञ्जली आयुर्वेदसँग हाल रुचि सोयाको ९८.९ प्रतिशत स्वामित्व छ । सेवीको निर्देशनअनुसार २०२२ को डिसेम्बरसम्म कूल इक्विटीको २५ प्रतिशत बराबरको स्वामित्व कम गर्नुपर्नेछ ।

आचार्य बालकृष्णका विचारमा उनीहरुसँग बजारको अनुभव छ । बालकृष्णका लागि पतञ्जलीको आइपीओ धेरै टाढा छैन । पतञ्जलीको यात्राबाट हाम्रो सिकाइले पनि रुचि सोयालाई अगाडि बढाउन सहज हुँदैछ ।

रुचि सोयालाई बचाउनु र पतञ्जलीलाई हिन्दुस्तान लिभर लिमिटेड र इण्डिया टोबाको कम्पनीभन्दा फरक राख्नु जरुरी छ । पतञ्जली आयुर्वेद र रुचि सोया यसअघिनै २५ हजार ३०० करोड भारु बराबरको संस्था हो । नेस्ले, ब्रिटानिया र डाबरभन्दा ठूलो संस्था हो । हिन्दुस्तान लिभर लिमिटेड ४५ हजार ९९६ करोड र इण्डिया टोबाको ४८ हजार ५२४.५४ करोड बराबरको स्ट्याण्ड लोन रेभेन्यू भएको संस्था हो ।

रामदेवले सन् २०२३ सम्म रुचि सोयाको मात्रै २५ हजार करोड बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ । बालकृष्णले आफूहरु परम्परागत तवरले नचलेको समेत बताएका छन् । उनले भनेका छन्, धेरै संस्थाले बजार सर्वेक्षण गर्छन् र त्यसपछि बजार योजना बनाउँछन् ।

विश्वासका कुरा
बजार पर्यवेक्षकहरुले रुचि सोयाको कथालाई साँचो बनाउन खोजिरहेका छन् । उनीहरु पतञ्जली आयुर्वेदको मौसमी वृद्धि र त्यसपछिको तीव्र गिरावटका बारेमा दिमागमा एउटा धारणा बनाएर बसेका छन् ।

सन् २०१७ मा १० हजार करोड बराबरको आम्दानी घटेर एक वर्षमै ८ हजार ५०० करोड भारुमा पुगेपछि प्रश्न उठेको थियो । प्रवद्र्धकहरुले नोटबन्दी, जीएसटी र कमजोर वितरण प्रणालीलाई पतनको श्रेय दिएपनि पतञ्जलीमा कर्पोरेट सुशासन र पारदर्शिताको अभाव रहेको बताएका थिए । उनीहरुले कम्पनीको गुणस्तर मापदण्डको वरिपरी देखिएका अन्य विषय पनि त्यसमा जोडिएको हुन्छ नै भनेका थिए ।

पतञ्जलीका प्रवद्र्धकलाई बजारमा कडा बयान दिनेहरु भनेर पनि चिनिन्छ । उनीहरु जवाफदेही नभएकाले छानबिन गर्न सकिदैन भन्ने पनि छ । अग्रणीमध्येका एक वरिष्ठ विश्लेषकको बुझाइमा यदि तपाईं सूचीकृत हुनुहुन्छ भने सेयरधनीप्रति जवाफदेही हुनुपर्छ । तर विगतको विवरण हेर्दा उनीहरुले आफनो कर्तव्य के कति पूरा गरे भन्ने कुराको कुनै यकिन छैन ।

रिटेल कन्सल्टिङ फर्म टेक्नोपाकका अध्यक्ष अरविन्द सिंघल भन्छन्– जब तपाईं सेयर बजारमा लगानी गर्नुहुन्छ भने तपाईंले पारदर्शिता, सुशासनको मापदण्ड पनि हेर्नुपर्छ । नियमतिरुपमा जानकारी प्राप्त गर्नुपर्छ । यी सबै विषयमा पतञ्जलीको गतिविधि राम्रो नभएकाले लगानीकर्ताले आफूलाई लगानीका लागि सजिलो महसुस गर्दैनन् ।

बालकृष्णले पारदर्शिता र सुशासनको सम्बन्धमा लगाइएको आरोपलाई चुनौती दिन्छन् । कुनै पनि बहुराष्ट्रिय कम्पनीको तुलनामा तपाईं पतञ्जलीको पारदर्शिताको कुरा गर्नुहुन्छ ? उनी भन्छन्– ‘तपाईंले ती सामानको निर्माताको बारेमा केही थाहानै नपाइ यति धेरै उत्पादनहरु प्रयोग गर्नुहुन्छ । यहाँ हरेक प्याकेटमा स्वामीजीको छवी जोडिएको छ । उहाँ उपभोक्तालाई मनपर्ने वा नपर्नेको बीचमा हुनुहुन्छ । आलोचना मात्रै किन ?’

रुचि सोयाको अधिग्रहणपछि यसको रफ्तार लिने बारेमा कुरा गरौं । विश्लेषक समूदाय आफैमा निन्दनीय छ । पतञ्जली आयुर्वेदसँग रुचि सोया र टेक्नोपाकको ९८.९ प्रतिशत स्वामित्व छ । त्यसमा १ हजार बराबरको सेयरको सानो कारोबारले पनि मूल्य बढ्छ वा घट्छ । सेयर बजारको सम्बन्धमा केही गहिराइ थाहा पाउनका लागि तपाईंलाई १५ देखि २० प्रतिशत बराबरको पूँजी चाहिन्छ । त्यो पनि व्यापक रुपमा वितरण गरिएको ।

उनको भनाइ छ, यसबाहेक अरु विषय त के होला र ? रुचि सोयाले मुख्य गरी ३ देखि ४ प्रतिशत बराबरको मार्जिनमा काम गर्ने व्यवसाय भएकाले पनि बजार आकर्षित हुन सकेको छैन । विश्लेषकहरु भन्छन् कि यसको स्टकमा हालैको स्पाइकसँग पतञ्जलीको कुनै सरोकार छैन । यो हालको बुल मार्केटको परिणाम हो भन्दा फरक पर्दैन ।

रुचि सोयाको बजार वृद्धिका लागि रामदेवको अर्को रणनीतिक पनि हो विवाद । स्वामीले रुचि सोयाको कमोडिटी व्यवसायलाई ब्राण्डेड व्यवसायमा रुपान्तरण गर्ने योजना बनाएका छन् । तर विश्लेषकहरु यसलाई अविश्वसनीय मान्छन् ।

एडेलवाइज सेक्युरिटीजका कार्यकारी उपाध्यक्ष अवनिश रोयका विचारमा यो तीव्रगतिमा बजारीकरण भइरहेको सामग्री हो । रुचि तल्लो स्तरको खाद्य तेल हो । जुन धेरै मूल्य संवेदनशिल छ । उपभोक्ताको तीव्र आकर्षण पनि छ । रोय भन्छन् कि सफोला र फरच्यून जस्ता ब्राण्डहरु जसले प्रिमियम र मिड प्रिमियममा खेल्छन् । यसले धेरै उच्च मूल्यमा समेत कमाण्ड गर्न सक्छ । उनीहरु नवीनतामा केन्द्रित छन् । धेरै प्राविधिक ज्ञान पनि छ ।

भर्टे ब्राण्डका एमडी रघु विश्वनाथका अनुसार रुचि सोयाको चमकधमक भएका बेला पतञ्जलीको भन्दा धेरै ब्राण्ड भ्याल्यू थियो । कम्पनी सफल हुन नसकेको अर्को कुरा हो । त्यसको कारण खासमा बाहिरी थियो । उत्पादनको अप्रासंगिकता र कम्पनीमा देखिएको अनियमितता र गलत नेतृत्वका कारण त्यो असफल भयो । मलाई पतञ्जलीले अधिग्रहण गर्ने बित्तिकै जादुको छडी चल्छ जस्तो लाग्दैन ।

बिरलै रुपमा ल्यापटप प्रयोग गर्ने आचार्य बालकृष्णले आफनो प्राविधिक ज्ञान केही प्रमुख प्राविधिक सल्लाहकारबाट सुनेर हासिल गरेको दाबी गर्छन् । उनी भन्छन्– ‘मैले सिके वा महशुस गरे भन्ने कुराले समस्याको समाधानतर्फको उद्देश्य पूरा गर्दैन ।’

सन् २०२० को मार्चमा पतञ्जलीले आफनो टेक स्टार्टअप शुरु गर्यो । जसको माध्यमबाट आपूर्ति श्रृंखला , वितरण र खुद्रा कारोबार गर्ने भनिएको छ । डिएमएस जस्तो मार्केटिङ सफ्टवेयर पनि त्यसमा जोडिएको छ ।

बालकृष्णले अन्य उपभोक्ता लक्षित कम्पनीलाई पनि यो प्रस्ताव गर्ने योजना बनाएको बताएका छन् । उनले फिनटेकमार्फत् समाधानका लागि पनि पाइलटिङ गर्दैछन् । त्यसका लागि सबैभन्दा ठूलो चुनौती भनेकै लगानी रहेको बालकृष्ण स्वमय् स्वीकार गर्छन् ।

आजका दिनमा परिश्रम नै नगरेर समाधानका उपायहरु खोज्न सकिन्छ । त्यसबाट बैंकहरुले पनि कम्पनीको आर्थिक स्वास्थ्यको बारेमा विश्लेषण गर्न सक्नेछन् ।

बरुवा सोलुसन्सले पञ्जाव नेशनल बैंकसँगको सहकार्यमा काम गरिरहेको छ । हामीले उनीहरुलाई हाम्रा वितरक र खुद्रा बिक्रेतालाई ऋण उपलब्ध गराउन पनि भनेका छौ । बैंकहरुले वास्तविक रुपमा व्यापारको अवस्थाको बारेमा पनि निगरानी गर्न सक्छन् । उनीहरुले खुद्रा बिक्रेता वा वितरकसँग कति स्टक छ भनेर पनि पत्ता लगाउन सक्छन् ।

प्राविधिकरुपमा बलियो बन्नका लागि आयुर्वेदका वैद्यको तिर्खा यहाँ मेटिदैन । उनले २० करोड भारु बराबरको बरुवा सोलसुनको रेभेन्यू सन् २०२२ मा १०० करोड बराबरको बनाउने लक्ष्य राखेका छन् । त्यसले एग्री टेकसँग पनि काम गरिरहेको छ । त्यसबाट हरिद्धारमा ई–मण्डीको पाइलट गर्दैछ । जसबाट किसानले सहजै रुपमा आफना उत्पादन बिक्री गर्न सकून ।

‘हामी सरकारका लागि एउटा ड्यासबोर्ड र किसानका लागि एउटा एप बनाउँदैछौ । त्यसबाट माटो परीक्षण, मल बिऊको सिफारिसलगायतका विषयमा समेत जानकारी लिन सकिनेछ,’ आचार्य बालकृष्ण भन्छन् ।

मर्दै गरेको हात्तीलाई पुनरजीवन
बजारबाट पूर्णरुपमा अस्वीकृतिको बाबजूद पनि केही सेचत चालका कारण अगाडि बढ्न सफलता मिलेको छ । केही अनूकुल परिस्थितीले पनि रुचि सोयाको वित्तीय अवस्थालाई फर्काउन बल मिलेको छ ।

त्यसमध्ये पहिलो सचेत चाल हेरौं । रामदेवको पहिलो कदम थियो, त्यसमा व्यवसायी व्यवस्थापन ल्याउनु । उनले रिलायन्स रिटेलका र कारगिलका प्रमुख कार्यकारी अधिकृत सञ्जिव अस्थानालाई प्रमुख कार्यकारी बनाएर भित्र्याए । त्यस्तै, सञ्जीवन खन्नालाई सीओओ बनाए । उनी पहिले आइटिसी, मेट्रो क्यास एण्ड क्यारी र बिगबास्केटमा पनि सीओओको रुपमा काम गरिसकेका थिए ।

रामदेवले लिने समयमा रुचि सोयाका कूल २३ उत्पादनमध्ये १२ वटा मात्रै नियमित थिए । आज त्यो संख्या १७ पुगेको छ । प्रत्येक उत्पादनलाई नाफामुखी बनाउने र त्यसका लागि त्यसमा परिचालित भएका सबै उपकरणको अधिकृतम परिचालन गर्ने लक्ष्य राखिएको सीओओको खन्नाको भनाइ छ ।

कूल ४० देखि ५० प्रतिशत क्षमतामा चलिरहेको उद्योगलाई बढाएर ६० देखि ६५ मा पुर्याएका छौं । त्यसैगरी क्रसिङ ३० प्रतिशत मात्रै गरियो भने हामी सहजै ५० प्रतिशतमा पुग्न सक्छौ ।

त्यसका लागि कम्पनीले धेरै क्षेत्रमा प्रविधि भित्र्याएको छ । त्यस्तै, अन्य विविध आयामहरुमा पनि सोच विचारका साथ काम भएको छ ।

‘रुचि सोयाको गत वर्षको प्रदर्शन असाध्यै राम्रो रह््यो । यसबाट हाम्रो रणनीति ठीक छ भन्ने प्रमाणित गरेको छ,’ खन्ना भन्छन्, ‘यसले हामीलाई पुनः बजार बिस्तारका लागि तल्लो तहमा गर्नुपर्ने सुधारलाई समेत मार्गप्रशस्त गरेको छ ।’

रामदेव भन्छन् कि मैले यो उद्योग लिँदा त्यसलाई जवाफदेही बनाउन जरुरी ठानेको थिए । उत्पादन इकाइमा समेत त्यो क्रम शुरु भयो । पहिला कुनै पनि प्लान्टमा गुणस्तर नियन्त्रक थिएनन् । पहिलो चरणमा सबै स्थानमा गुणस्तर हेर्ने प्रबन्धक राखियो । हामीले व्यक्तिगतरुपमा प्लान्ट प्रबन्धकलाई नै उनीहरुको इकाइ नाफामुखी छ भनेर स्थापित गर्ने जिम्मेवारी दिएका छौ । उनीहरुलाई जवाफदेही बनाएका छौ । आज हाम्रो कुनै पनि प्लान्ट घाटामा चलेको छैन ।

रामदेवको दाबी छ कि हरेक वितरकलाई उनीहरुको मनोबल उकास्नका लागि समेत काम गरियो । देशभर नै गएर उनीहरुसँग भेटियो । उनीहरु हाम्रा परिवार हुन् र मालिक हुन् भन्ने आभाष गराइयो । रुचि सोयाका यसअघिका मालिकले उनीहरुलाई कहिल्यै भेटेका थिएनन् । मैले उनीहरुलाई व्यक्तिगत रुपमा भेटे, परिवारसँग बसेर फोटो पनि खिँचे । त्यसबाट मैले थप २ हजार ४०० वितरकलाई जोड्न सकेको छु ।

कोलकातामा रहेका रुचि सोयाका वितरक तथागत रोय भन्छन् – पछिल्लो एक वर्षमा व्यवसायमा १५ प्रतिशतको वृद्धि भएको छ । नयाँ व्यवस्थापनले ल्याएको प्रविधिले सबैभन्दा राम्रो गरेको छ । उनीहरुले ल्याएको वीपीओएस नामक एपको माध्यमबाट आपूर्तिमा देखिएका सबै समस्याको समाधान भएको छ । आज उपभोक्ताले आफूलाई चाहिएको सामान अर्डर गर्छन, म तत्काल नै उनीहरुलाई उपलब्ध गराउन सक्षम भएको छु ।

बन्द भएको उद्योगलाई फर्काउनु सजिलो कुरा थिएन । मरिसकेको उद्योगलाई ब्यूँताएर ल्याउनु आफैमा महत्वपूर्ण कदम थियो । तेल उत्पादन गर्ने प्लान्ट लामो समयसम्म बन्द गरेर राख्दा त्यसमा खिया लाग्ने तथा काम नगर्ने हुन सक्थ्यो ।

रुचि सोयाको मुख्य चुनौती भनेको त्यसमा कुनै व्यवसायिक वातावरणनै थिएन । लगानीकर्ताहरु घाटामा थिए । उनीहरु अन्य काममा लागेका कारण घाटा मिलाउनै सक्ने अवस्थामा थिएनन् । उनीहरुको व्यापारिक गतिविधि र अन्तर्राष्ट्रिय कारोबारमा समेत ठूलो घाटा खाएका थिए ।

ऋणको मात्रा बढी थियो । यदि तपार्इं तेल प्रशोधन गर्नुहुन्छ र त्यसलाई बिक्री गर्नुहुन्छ भने घाटाको व्यापार गर्न सक्नुहुन्न । अवस्था त्यस्तै भएको थियो ।

रुचि सोयालाई ऋण दिएका बैंकहरुले समेत ऋण तिर्र्नका लागि दबाब दिन थालेका थिए । एसिएलटीबाट प्रक्रिया पुर्याएर लिने कुरा पनि आफैमा महत्वपूर्ण थियो । पतञ्जलीले लिएपछि त्यसमा थप ऋण लगानी गरिएको छ । रुचि सोयालाई चलाउने उद्देश्य नै त्यसमा राखिएको छ ।

रामदेव र बालकृष्ण कम्पनीलाई नयाँ गतिमा अगाडि बढाउन केन्द्रित छन् । ८० प्रतिशतभन्दाबढी नाफा तीव्र गतिमा बजारीकरण हुने वस्तुबाट प्राप्त हुनसक्छ । हाल रुचि सोयामा कम मार्जिन भएका उत्पादनभन्दा धेरै मार्जिन भएका उत्पादन थपिएका छन्् । त्यसबाट रामदेवको महत्वाकांक्षा पूरा गर्न मद्दत गर्नेछ ।

यसवर्षको शुरुवातामै पतञ्जलीले बिस्कुट, चाउचाउलगायतलाई रुचि सोयाको समूहमा राखेको छ । ठूलो हिस्सा खाद्य व्यवसायमा जोडिएको छ । त्यसमा बिस्कुट ब्रेकफास्ट सिरियल, स्टेपल र प्रिमियम खाद्य तेल छन् । चारवटै उत्पादनको बिक्री बढेको छ । त्यसका लागि मार्केटिङले मेहनत गरिरहेको छ । अन्य धेरै उच्च मार्जिन भएका व्यवसायमा उद्योग लागेको छ । त्यसले व्यवसायमा आमूल परिवर्तन गर्नेछ ।

बिस्कुट र ब्रेकफास्ट सिरियलले यसअघिनै ९५० करोड भारु बराबरको व्यवसाय गरिसकेको छ । यो क्रमशः २० प्रतिशतका दरले वृद्धि भइरहेको छ । यसबाट ८ देखि १० प्रतिशतको मार्जिन रहन्छ । न्यूटास्युटिकल्समा ३० देखि ३६ प्रतिशत मार्जिन रहँदा २ हजार करोडको व्यापार हुनेछ । यो समग्रमा ५० हजार करोड बराबरको बजार हो । यो वार्षिक २५ प्रतिशतले बढ्दै गएको छ । आगामी ५ वर्षमा १ लाख २५ हजार करोड भारु बराबर पुग्ने अनुमान गरिएको छ ।

पछिल्लो २ महिनामै १०० करोड बराबरको आर्जन भएको छ । कम्पनीले सफोला गोल्डसँग प्रतिस्पर्धा गर्ने नुटे«ला गोल्ड ल्याएको छ । त्यसबाट खाद्य तेलमा हस्तक्षेप भइरहेको छ ।

रुचि एक सार्वजनिक कम्पनी भएकाले पनि यो विश्वसनीय छ भन्ने तथ्य स्थापित गर्न लागिपरेको बालकृष्णको भनाइ छ । आगामी केही महिनामा बजारमा यसले थप प्रभाव पार्नेछ । अर्को वर्ष कम्पनी नाफामा वितरणमा र ब्राण्डमा समेत शीर्ष स्थानमा पुग्ने रामदेवको विश्वास छ ।

उपभोक्ता पतञ्जलीको उत्पादन छाडेर अन्य उत्पादन खोज्ने तर्फ नलागून भनेर विशेष ध्यान दिइएको छ ।

खासमा योजनाहरु प्रतिध्वनित भइरहेका छन् । रुचि सोयालाई अगाडि बढाउन पतञ्जली हर प्रकारले लागेको छ । खाद्य तेलको व्यवसायमा मात्रै नभई अन्य उत्पादनमा पनि प्रवेश गरेको छ । योसँग बजार हिस्सा लिनसक्ने क्षमता छ । डाबरको अमला हेयरको प्रतिष्पर्धा गर्ने अर्को उत्पादनको समेत खोजी भइरहेको छ ।

पाम तेलमा देखिएको परनिर्भरता घटाउनका लागि पाम खेतीलाई पनि अगाडि बढाइएको छ । हामी चारतलाई खाद्य तेलमा आत्मनिर्भर बनाउन चाहन्छौ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि त्यसका लागि आह्वान गरिसक्नु भएको छ ।

रुचि सोयाका मालिकहरुको घरमा रहेको पाम बगैचाबाट हामीले प्रेरणा लिएका छौ । किसानलाई समन्वय गरेर तालिम दिन थालिएको छ ।

रुचि सोयाले २ लाख ५० हजार हेक्टर जमिनमा पाम खेती गर्ने लक्ष्य राखेको छ । ५४ हजार हेक्टरमा त पाम रोप्ने काम सकाएको छ ।

जीवन वा व्यवसायमा कुनै पनि काम सजिलो छैन । पतञ्जलीले पनि विभिन्न उतारचढाव भोगेको छ । ठूला चेन मार्केटसँग जुध्नु आफैमा महत्वपूर्ण लडाई थियो । केही समय पतञ्जलीले विश्वास गुमाएपनि ८ हजार करोडको व्यापार कायम राख्नु कुनै बच्चाको खेल थिएन ।

अर्बौ कमाउन खोज्ने झिक्षुको बारेमा कसैले सोच्न सक्छ– उनी आत्मविश्वासी र लगनशीलताका लागि केसम्म गर्न सक्छन् । जो लड्दैन, ऊ दौड्न पनि सक्दैन । खासमा दौडनेहरु नै लडछन् र पुनः उठ्छन् र दौडन्छन् ।

विजनेश टुडेको आलेखको भावानुवाद


क्लिकमान्डु