चीनमा विजुलीको चरम समस्या, विश्वभर किन पर्न सक्छ असर ?



बीबीसी हिन्दी । चीन यतिबेला विजुलीको भारी कटौतीको समस्यासँग जुधिरहेको छ । चीनमा लाखौं घर तथा कारखाना विजुलीको समस्या सामना गरिरहेका छन् । पावर ब्ल्याकआउटको घटना चीनमा असमान्य होइन तर यो वर्ष कैयन स्थानमा विजुली आपूर्तीकर्ताका लागि यो समस्या अझ ठूलो बनेको छ ।

विजुलीको भारी कटौती सामना गरिरहेको चीनको पूर्वी क्षेत्रका ‘औद्योगिक हब’मा यो समस्या अझ गम्भीर बन्दै गइरहेको छ । किनभने जाडो मौसम शुरु हुन लागिरहेको छ जसको असर विश्वभर पर्न सक्ने आँकलन गरिएको छ ।

चीनमा विजुलीको कमी किन भयो ?
विगतका वर्षहरुमा चीन विद्युतको माग तथा आपूर्तीबीच सन्तुलन बनाइराख्नका लागि संघर्ष गरिरहेको छ । जसका कारण चीनका कैयन प्रान्तहरुमा विजुलीको कटौतीका कारण संकट उत्पन्न भएको छ । गर्मी तथा जाडोको मौसममा विजुलीको माग सबैभन्दा धेरै हुन्छ । जसका कारण यो समस्या अझ बढी गम्भीर बन्दै गएको छ ।

तर सन् २०२१ मा केही यस्ता नयाँ समस्या आएका छन् जसले समस्यालाई बिकराल बनाएको छ ।

कोरोना महामारीपछि जसै विश्वका देशहरु फेरि एकपटक खुल्न थालेका छन् । त्योसँगै चिनियाँ सामानहरुको माग पनि बढ्न लागेको छ । ती सामान उत्पादन गर्ने कारखानाका लागि धेरै विजुली आवश्यक पर्छ ।

सन् २०६० सम्ममा देशलाई कार्बनमुक्त बनाउनका लागि चीनले जुन नियम बनाएको छ त्यसका कारण कोइलाको उत्पादन पहिलेदेखि नै सुस्त भएको छ । चीनले उर्जाको कुल मागमध्ये आधा कोइलाबाट पूरा गर्दै आएको छ । साथै जसरी बिजुली महंगो हुँदै गएको छ उसैगरी चीनमा कोइलाको मूल्य पनि बढ्दै गएको छ ।

तर चीन सरकारले विजुलीको मूल्यमा कडा नियम लागू गरी नियन्त्रण गर्न सक्छ । यस्तो अवस्थामा कोइलाबाट सञ्चालन हुने पावर प्लान्ट घाटामा चल्न तयार छैनन् । साथै त्यसमध्ये केही उद्योगहरुले उत्पादनमा कटौती समेत गरिसकेका छन् ।

ब्ल्याकआउटबाट कस्लाई असर गर्छ ?
यसको कारण चीनका कैयन प्रान्त तथा क्षेत्रका घर तथा व्यवसायमा असर पर्न सक्छ । जहाँ विजुलीको आपूर्ती सीमित भइसकेको छ ।
चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार ४ वटा प्रान्त– दक्षिण चीनको ग्वाग्डोङ तथा पूर्वी क्षेत्र चीनको हेइलौङजियाङ, जिलिन तथा लिआओनिङमा विजुली कटौती भइरहेको छ ।

देशका अन्य क्षेत्रमा पनि पावर सट भइरहेको समाचार आइरहेको छ ।

उद्योग भएका क्षेत्रमा पनि कैयन कम्पनीहरुले पिक आवरमा विजुलीको प्रयोग गर्न छाडेका छन् ।

इस्पात, आल्मुनियम, सिमेन्टलगायतका उद्योगमा सबैभन्दा धेरै असर परेको छ । जहाँ अत्यधिक विजुलीको माग हुन्छ ।

चीनको अर्थव्यवस्थामा कस्तो असर पर्ला ?
आधिकारिक आँकडा हेर्दा सन् २०२१ को सेप्टेम्बरमा चीनका कारखानामा सन् २०२० को फेब्रुअरीको तुलनामा काम सबैभन्दा कम भएको छ । कोरोना संक्रमणपछि देशमा लागू भएको लकडाउनका कारण चीनको अर्थव्यवस्थामा ठूलो असर परेको थियो ।

विजुली आपूर्तीलाई लिएर व्यक्त गरिएको चिन्तापछि अन्तर्राष्ट्रिय लगानी बैंकहरुले अनुमान गर्दा चीनको आर्थिक विकासको दर घटाएका थिए ।

गोल्डम्यान सिक्सका अनुसार पावरकटका कारण चीनको औद्योगिक गतिविधिमा ४४ प्रतिशत सम्म कमी आएको छ । बैंकको अनुमानमा विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको चीनमा यो वर्ष ७.८ प्रतिशतका दरले विकास गर्नेछ । जबकी यो अनुमान यसअघि ८.२ प्रतिशत थियो ।

चीनमा उत्पन्न यो संकटका कारण विश्वभर असर पर्न सक्ने आँकलन गरिएको छ । खासगरी वर्षको अन्त्यमा हुने खरिदारी तथा मौसममा सामानको सप्लाइ प्रभावित हुने अनुमान गरिएको छ ।

कोरोनाका कारण बन्द भएको कारोबार फेरि खोल्नका लागि माग बढेको छ । अचानक आएको मागको उछालका कारण विश्वभरका बिक्रेताहरुले पहिले नै समस्या सामना गरिरहेका छन् ।

समस्या समधानका लागि के गरिरहेको छ चीनले ?
चीनको आर्थिक योजनाकार संस्था एनडीआरसीले कैयन उपाय सुझावका रुपमा दिएको छ । जसमा जाडोको मौसममा चीनको पूर्वी क्षेत्रमा विजुलीको सप्लाई गर्नु मुख्य प्राथमिकता दिनुपर्नेछ ।

यी उपायअनुसार उत्पादन बढाउनका लागि विजुली उत्पादक कम्पनीसँग मिलेर काम गर्ने विषयमा पनि सुझाव दिइएको छ । चीनमा विजुली उत्पादक कम्पनीहरुको संगठनले पनि कोइलाबाट विजुली उत्पादन गर्ने कम्पनीहरु अब जसरी भए पनि कोइलाको आपूर्ती बढाइरहेका छन् ताकी जाडोको मौसममा पनि विजुलीको सप्लाइ जारी रहोस् ।

तर काइलाको आपूर्ती बढाउन सजिलो भने छैन ।

रुस जहाँ पहिलेदेखि नै युरोपका आफ्ना ग्राहकप्रति ध्यान दिइरहेको छ । त्यसैगरी इन्डोनेसियामा पनि भारी वर्षाका कारण कोइलाको सप्लाइमा असर गरिरहेको छ ।

विश्वभर भइरहेको विजुलीको समस्यासँग केही सम्बन्ध छ त ?
चीनमा पावरकट, बेलायतमा पेट्रोल स्टेसनबाहिर लागेको लामो लाइन, युरोपमा इन्धनको मूल्यमा भएको वृद्धि तथा थोक बजारमा तेल, ग्यास तथा कोइलाको मूल्यमा आएको उछालका कारण विश्वभर इन्धनको कमी भइरहेकोमा संकेत गरिरहेको छ । तर यो त्यत्ति सिधा पनि छैन । विश्वका फरक फरक स्थानमा फरक फरक समस्या उत्पन्न भइरहेको छ ।

उदाहरणका लागि बेलायतमा पेट्रोल पम्पमा तेल सकिनुको कारण लामो लाइन हुनु हो । त्यहाँका मानिसहरु ट्यांकर ड्राइभरको कमीका कारण गाडीमा प्रयोग हुने पेट्रोल कमी हुने आँकलन गरिरहेका छन् ।

उता युरोपमा इन्धनको कमी हुनुका कारण स्थानीय कारण जिम्मेवार रहेको बताइएको छ । जसमा कच्चा तेलको कम स्टक, सौर्य उर्जाबाट उत्पादनमा आएको कमी तथा मर्मतको कामका कारण काम रोकिनु जस्ता कारण छन् ।


क्लिकमान्डु