राजस्वमा खरिद/बिक्री खाताको नयाँ ढाँचा: अब अपलोडमा समस्या नहुने



काठमाडौं । गत महिना आन्तरिक राजस्व विभाले परिवर्तित प्रणाली अनुसार खरिद तथा विक्री कारोवारको विवरणसमेत विद्युतीय माध्यमबाट अनिवार्य अपलोड गर्नुपर्ने कानूनी व्यवस्था गरेसँगै आम करदाताहरुमा अन्यौलता बढेर गएको थियो ।

खासगरी विभागबाट विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएका करदाताहरु र आर्थिक वर्ष २०७७⁄०७८ मा ५ करोड रुपौयाँ वा सो भन्दा बढीको बिक्री कारोबार गर्ने सबै करदाताहरुले आफ्नो खरिद तथा बिक्री कारोवारको विवरण विद्युतीय माध्यमबाट अनीवार्य अपलोड गर्नु थियो ।

तर, आन्तरीक राजस्व कार्यालयको वेभसाइटमा भएको त्रुटीले आम करदाताहरुले गत श्रावण महिनाको खरीद तथा बिक्री कारोवारको विवरण हालसम्म पनि अध्यावधिक गर्न सकेका थिएनन् । केही दिन अगाडी विभिन्न प्राविधिक कठिनाइका कारणले खरिद तथा बिक्री कारोवारको विवरण विद्युतीय माध्यमबाट अपलोडगर्न समस्या परेको भन्दै विभागले साउन महिनाको खरिद⁄बिक्री कारोवारको विवरण यही भदौ मसान्त सम्ममा अपलोड गरेपनि हुने गरी व्यवस्था गरेको थियो ।

हालसम्म पनि विभागको वेभसाइट अद्ययावधिक नहुँदा आम करदाताहरुमा निकै अन्यौलता छाएको थियो । अब त्यो अन्यौलता हटेर जाने देखिन्छ ।

विभागले आफ्नो वेभसाइमा भएको सामान्य त्रुटी सच्चाएर सार्वजनिक गरेको खरिद तथा बिक्री खातामा मूल्य अभिवृद्धि कर खरिद तथा बिक्री खाता अपलोड गर्न तोकिएका करदाताहरुको सुचीभित्र पर्ने करदाताहरुले विभागको वेभसाइटमा राखिएको नयाँ खरिद तथा बिक्री खाताको एक्सल फर्म्याट डाउनलोड गरी सो ढाँचामा प्रत्येक कर अवधिको खरिद तथा बिक्री कारोबार प्रविष्ट गरी अपलोड गर्नुपर्नेछ ।

एकै बिजकबाट एक पटकमा एकभन्दा बढी मालबस्तुको खरिद तथा बिक्री गरीएको अवस्थामा खरिद⁄पैठारी गरिएका वस्तु वा सेवाको विवरण भन्ने कोलममा ‘विविध सामान’ उल्लेख गरी खाता तयार गर्नेछ ।

खरिद तथा बिक्री गरिएका वस्तुको परिमाण अँकमा लेख्ने र सो मापन गर्ने इकाइ अर्को महलमा उल्लेख गर्ने तर परिमाण र इकाइ एकै महलमा उल्लेख नगर्ने यदी त्यसो गरेमा खाता अपलोड हुने छैन । र, कारोवारहरुको कुल जोड उल्लेख नगर्ने अनि मिति उल्लेख गर्दा वर्ष महिना र गते उल्लेख गर्नुपर्छ ।


क्लिकमान्डु