साउनमा बैंकको नाफा ७ अर्ब बढी: नविल फस्ट, आधा दर्जन वाणिज्य बैंकलाई मुक्तिनाथले जित्यो



काठमाडौं । बैंकहरुले ७ अर्ब रुपैयाँ बढी खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्ष पहिलो महिनामा बैंक तथा वित्त कम्पनीहरुले ७ अर्ब १२ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

साउन महिनामा वाणिज्य बैंकहरुले ६ अर्ब ३१ करोड ११ लाख रुपैयाँ, विकास बैंकहरुले ६४ करोड ९१ लाख र वित्त कम्पनीहरुले १६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा नेपाल बैंक, नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, साहरा विकास बैंकलगायतको तथ्यांक समावेश गरिएको छैन ।

वाणिज्य बैंकको खुद नाफा

प्राप्त तथ्यांकअनुसार वाणिज्य बैंकहरुतर्फ साउन महिनामा सबैभन्दा बढी नबिल बैंकले र सबैभन्दा थोरै राष्ट्रिय वाणिज्य बैंकले खुद नाफा कमाएका छन् । नबिल बैंकले एक महिनामा ६१ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले ७ करोड २२ लाख रुपैयाँ कमाएको छ ।

यसबाहेक ग्लोबल आइएमई बैंकले ४८ करोड ४६ लाख, एनआइसी एशिाया बैंकले ४१ करोड ३ लाख रुपैयाँ र सिद्धार्थ ३२ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

साथै, प्राइमले ३० करोड ३८ लाख, एनएमबिले ३० करोड १९ लाख, नेपाल इन्भेष्टमेण्टले २९ करोड १३ लाख, एभरेष्टले २८ करोड ९३ लाख, मेगाले २८ करोड ४० लाख र प्रभु बैंकले २७ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चालु आवको साउन महिनामा सानिमाले २६ करोड ६४ करोड, कृषि विकासले २६ करोड १७ लाख, कुमारीले २५ करोड ७२ लाख, सिटिजन्सले २४ करोड ४८ लाख र माछापुच्छ«े बैंकले २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

साथै, सो अवधिमा लक्ष्मी बैंकले २१ करोड ४८ लाख, सनराइजले १८ करोड ८३ लाख, एनसीसीले १६ करोड ५ लाख, स्ट्याण्डर्ड चार्टर्डले १५ करोड ८ लाख, नेपाल एसबीआएले १३ करोड ९८ लाख, हिमालयनले १३ करोड १३ लाख र सिभिल बैंकले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आवको साउन महिनामा बैंक अफ काठमाण्डू, सेञ्चुरी र राष्ट्रिय वाणिज्य बैंकले १० करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन् ।

विकास बैंकहरुको खुद नाफा
चालु आवको पहिलो महिनामा विकास बैंकहरुले करिब ६५ करोड रुपैयाँ खुख नाफा आर्जन गरेको छन् । जसमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले र सबैभन्दा थोरै सिन्धु विकास बैंकले नाफा कमाएको छ ।

सो अवधिमा सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले १४ करोड १५ लाख रुपैयाँ र सबैभन्दा थोरै सिन्धु विकास बैंकले २२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

मुक्तिनाथ विकास बैंकले एक महिनामा खुद नाफा आर्जनमा ६ वटा वाणिज्य बैंकहरुलाई पछि पारेको छ । बैंकले राष्ट्रिय वाणिज्य बैंक, सेञ्चुरी बैंक, बैंक अफ काठमाण्डू, सिभिल र हिमालयन बैंकको भन्दा बढी खुद नाफा कमाएको छ ।

यस बाहेक साउन महिनामा ज्योति, साइन, महालक्ष्मी, कामना र लुम्बिनी विकास बैंकले ५ करोडदेखि माथि १० करोड रुपैयाँसम्म खुद नाफा आर्जन गरेका छन् ।

साथै, सो अवधिमा गरिमा, सांग्रिला र एक्सल डेभलपमेन्टको नाफा १ करोड रुपैयाँभन्दा बढी ५ करोड रुपैयाँसम्म छ ।
साउन महिानामा मितेरी, कर्णाली, सप्तकोशी, ग्रिन र सिन्धु विकास बैंकले १ करोड रुपैयाँभन्दा कम खुद नाफा कमाएका छन् ।


फाइनान्स कम्पनीहरुको खुद नाफा
चालु आवको साउन महिनामा फाइनान्स कम्पनीहरुले १६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमा सबैभन्दा बढी गुडविल फाइनान्सले र सबैभन्दा थोरै गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको छ ।

गुडविल फाइनान्सले साउन महिनामा ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले ४ लाख ३० रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यस बाहेक ५ वटा फाइनान्सले १ करोड रुपैयाँभन्दा बढी ३ करोड रुपैयाँसम्म र ८ वटाको १ करोड रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेको छन् ।


क्लिकमान्डु