निर्जीवन बीमा कम्पनीले कर्जा लगानीबाट कमाए साढे २ अर्बबढी



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा लगानी र बीमक, कर्मचारी र अभिकर्ताहरुमा कर्जा प्रवाह गरी २ अर्ब ६१ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेका छन् । जुन अघिल्लो आवको तुलनामा ८.९३ प्रतिशत अर्थात २१ करोड ४४ लाख रुपैयाँले बढी हो ।

केही निर्जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो अवधिमा कम्पनीहरुले कर्जा लगानीबाट ५ करोड देखि ३३ करोड रुपैयाँसम्म आम्दानी गरेका छन् ।

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये २ वटा कम्पनीले कर्जा लगानीबाट २० करोड रुपैयाँमाथि, १२ वटा कम्पनीले १० करोड रुपैयाँमाथि २० करोड रुपैयाँसम्म र ४ वटा कम्पनीले १० करोडभन्दा कम आम्दानी गरेका छन् । जसमध्ये २ वटा कम्पनीले आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।

गत आवमा कर्जा तथा लगानीबाट राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी र सानिमा जनरलले सबैभन्दा कम आम्दानी गरेका छन् । साथै, नेशनल र ओरियन्टल इन्स्योरेन्सले भने आफ्नो वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।

युनाइटेड इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १० करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ । ज्ुन अघिल्लो आवको तुलनामा १११.७४ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले ५ करोड ६५ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७२.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १० करोड ५६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सगरमाथा इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट २१ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६७.२७ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

जनरल इन्स्योरेन्स: जनरल नेपाल इन्स्योरेन्सले गत आवमा कर्जा तथा लगानीबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५२.४० प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले २ करोड ७७ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आईएमई जनरल: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १२ करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नेको इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १९ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २०.५२ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले ३ करोड २४ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

अजोड इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट ७ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २०.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले १ करोड २५ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रभु इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट ७ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १९.९५ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले १ करोड २९ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सिद्धार्थ इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १६ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले २ करोड ५९ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १३ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

एनएलजी इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले २ करोड १० लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

शिखर इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १७ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १३.५० प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले २ करोड ११ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १५ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रुडेन्सियल इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट ११ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.४४ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले ९८ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १० करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

एभरेष्ट इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले १ करोड १६ लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रिमियर इन्स्योरेन्स: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १९ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको तुलनामा कम्पनीले १ करोड २० लाख रुपैयाँ बढी आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १७ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चार कम्पनीको आम्दानी घट्यो
गत आवमा ४ वटा निर्जीवन बीमा कम्पनीले अघिल्लो आवको तुलनामा कर्जा लगानीबाट आम्दानी घटाएका छन् । गत आवमा कम्पनीकोे कर्जा तथा लगानीबाट ५ लाख रुपैयाँदेखि १६ करोड रुपैयाँसम्म आम्दानी घटेको छ । सो अवधिमा सानिमा जनरलले सबैभन्दा थोरै र राष्ट्रिय बीमा कम्पनीको धेरै आम्दानी घटेको छ ।

सानिमा जनरल: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट ५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९६ प्रतिशतले कम हो । अघिल्लो आवको तुलनामा कम्पनीले ५ लाख रुपैयाँ कम आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

लुम्बिनी जनरल: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट १० करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १६.४७ प्रतिशतले कम हो । अघिल्लो आवको तुलनामा कम्पनीले २ करोड ९ लाख रुपैयाँ कम आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हिमालयन जनरल: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट ११ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २०.९२ प्रतिशतले कम हो । अघिल्लो आवको तुलनामा कम्पनीले ३ करोड ७ लाख रुपैयाँ कम आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनी: गत आवमा कम्पनीले कर्जा तथा लगानीबाट ३३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३२.९८ प्रतिशतले कम हो । अघिल्लो आवको तुलनामा कम्पनीले १६ करोड ४३ लाख रुपैयाँ कम आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।


क्लिकमान्डु