तालिबानको प्रमुख आर्थिक स्रोत अफिमको अवैध कारोबार, वार्षिक ४८ अर्बको आम्दानी



एजेन्सी । अफगानिस्तानमा २० वर्षपछि तालीबानी लडाकू समूह सत्तामा पुगेको छ । अमेरिकाले नै दिएको हतियार प्रयोग गरेर तालिबानले सत्ता कब्जा गरेको तथ्य र प्रमाणहरु सार्वजनिक भएका छन् ।

अमेरिकी सेना हटेको २० दिनमै तालिबानले राजधानी काबुल कब्जा गरेका हुन् । तर, तालिबानको आर्थिक स्रोत के हो भन्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले विभिन्न कोणबाट समाचार सार्वजनिक गरेका छन् ।

सत्ता नै कब्जा गर्ने शक्तिभएको तालिबानले अगफगानिस्तानको ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा उत्पादन हुने अफिमलाई प्रमुख आर्थिक स्रोतलाई परिचालन गरेका छन् । संसारभर नै आपूर्ति हुने ८० प्रतिशत बढी हिस्सा अगफानिस्तानले ओगटेको छ ।

अफिम खेती पूरै तालिबानको कब्जामा रहेको छ । अफिम बिक्री तथा त्यसको तस्करीका कारण तालिबानले आर्थिक स्रोत मजबूत बनाएको छ । युनाइटेड नेशन्स अन ड्रग एण्ड क्राइमका अनुसार अफगानिस्तानमा पछिल्लो ४ वर्षमा अफिमको उत्पादन उच्च बिन्दुमा पुगेको थियो ।

मे, २०२१ मा प्रकाशित विवरणअनुसार गत वर्ष कोरोना महामारीको कालका समत अफिमको उतपादन ३७ प्रतिशतले वृद्धि भएको छ ।

अफिम बिक्री गरेर २८०० करोड बराबरको आम्दानी भएको दावी गरिएको छ । व्यापारीले तालिबानलाई कर बुझाएर मात्रै अफिमको कारोबार गर्न पाउने व्यवस्था पहिल्यैदेखि थियो ।

सन् २०१७ मा अफगानिस्तानमा ९ हजार ९०० टन बराबरको अफिम उतपादन भएको थियो । त्यसको बिक्री गरेर किसानले करिब १६ हजार करोड बराबरको आम्दानी गरेका थिए ।

यो देशको कूल ग्राहस्थ्य उत्पादनको ७ प्रतिशत बराबरको हिस्सा हो । विवरण अनुसार अवैध अफिमको अर्थतन्त्र मात्रै करिब ४९ अर्ब बराबरको रहेको छ । त्यसका स्थानीय खपत, औषधीका लागि गरिने निर्यात समेत जोडिन्छ ।

संयुक्त राष्ट्र संघको विवरणअनुसार २०१८– १९ मा ड्रग टे«डबाट मात्रै लगभग ३ हजार करोड भारु बराबरको कमाई भएको थियो । अमेरिकी अधिकारीका अनुसार तालिबानको ६० प्रतिशत अवैध नशालु पदार्थको बिक्रीबाट नै आम्दानी हुने गरेको छ ।

तालिबानले हरेक वर्ष ४८ अर्ब बराबरको कमाई गर्ने गरेको छ । २०१६ मा फोब्र्सले प्रकाशित गरेको एक समाचार विवरणअनुसार वार्षिक ४८ अर्ब बराबरको कमाइ गरेका थिए ।

संसारका धेरै देशमा अफगानिस्तानको अफिम नै पुग्ने गरेको छ । वैध अवैध जुनसुकै बाटो भएर पनि अफिम पुग्ने गरेको छ । त्यसको आम्दानीको हिस्सा नै तालिबानको प्रमुख आर्थिक स्रोत भएको बताइन्छ ।


क्लिकमान्डु