अधिकांश कम्पनीले बिक्री गर्ने पिउनेपानी गुणस्तरहिनः विभाग



काठमाडौं । बजारमा पिउने पानी सबैभन्दा बढी न्यून गुणस्तर रहेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी पिउने पानी न्यून गुणस्तरका भेटिएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा २८ सय ३४ वटाको खाद्य उद्योग तथा बजार अनुगमन गरेको अवस्थामा पानी न्यून गुणस्तरको भेटिएको विभागलेजनाएको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले प्रशोधित पानीको नमुना संकलन गरी गुणस्तरको परीक्षण गर्दा अत्यधिक न्यून गुणस्तरको भेटिएको बताए ।

उनका अनुसार देशभरका जिल्ला प्रशाासन कार्यालय तथा जिल्ला अदालतमा दायर भएको एक सय मुद्दामध्ये सबैभन्दा बढी प्रशोभित पिउने पानीमा भेटिएको हो । संकलित नमूना वस्तुमध्ये विभागले १६ प्रतिशत पानीमा न्यून गुणस्तर रहेको बताए ।

विभागले नमुनामध्ये खाद्यान्न/दलहनजन्यका ७४७, तेल तथा घिउजन्यका ३८२, फल तथा सागपात जन्य पदार्थका २९९ वटा, दाना पदार्थका २७४, मसलामा २६६, चिया कफीका १२४, दुध तथा दुग्ध पदार्थका २०६, प्रशोधित पिउने पानीका १६५, कन्फेक्सनरिका ९० वटाको नमुना संकलन गरी परिक्षण गर्दा अवस्था प्रतिकुल रहेको विभागले जनाएको छ ।

विभागले एक वर्षमा बजार अनुगमन गर्दा १ सय मुद्दा दायर भएकोमा पिउने पानीको १६ प्रतिशत, बेकरी तथा बिस्कुट १३ प्रतिशत, तेल तथा घ्यूका ११ प्रतिशत, दानाका ९ प्रतिशत, तयारी चाउचाउ ७ प्रतिशत, मसलाका ७ प्रतिशत, दामोठ भुजिया ५ प्रतिशत, सस् ५ प्रतिशत, दहन ४ प्रतिशत मुद्दा दायर भएको प्रवक्ता महर्जनको भनाइ छ ।

साथै अन्य मिठाइ, दुध, दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलो जस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् । उक्त एक सय थान मुद्दाहरूमध्ये ४० प्रतिशत मुद्दाहरू न्यूण गुणस्तरका, २६ प्रतिशत मुद्दाहरू दुषित, २६ प्रतिशत मुद्दाहरू लेवललगायतका विवरण नमिलेका, ताथ बाँकी ८ प्रतिशत मुद्दाहरू निर्देशिक उल्लेङ्घन गरिएको विभागले उल्लेख गरेको छ ।

विभागले २०७७/७८ मा २७ सय ७५ वटा नमुनाहरू खाद्य स्वच्छता सर्भिंलेन्सका अन्तर्गत नमुना संकलन गरेको थियो । एक आर्थिक वर्षमा विभागले खाद्य/दाना उद्योग, होटल रेष्टुराँ, राजमार्गका होटल अनुगमनमा निर्देशिका बमोजिक उत्पादन गरेको नपाईएका प्रशोधित पिउने पानी, दुध तथा दुग्ध पदार्थ, खाद्यान्न दलहन, फलफूल जन्य खाद्य पदार्थलगायतका ९७ बवटा उद्योग एवं खाद्य व्यवसायहरूलाई उत्पादन रोक्का एवम् सिलबन्दीका साथै नमुनाहरू संकलन गरी कारबाही अघि बढाइएको जनाएको छ ।

साथै, ७७१ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, १६ सय ३५ अनुज्ञापत्र उद्योगलाई नवीकरण तथा २२ सय ४४ वटा नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको छ ।

२३ खाद्य पदार्थका कन्साइन्मेन्टको अनुमति अस्वीकृत
खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणिकरण प्रणाली सम्बन्धी निर्देशिकाले व्यवस्था गरेअनुरूप आयात गर्नुपूर्व अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था छ । त्यसमा विभिन्न खाद्यवस्तुहरूको आयात अनुमतिमा एक वर्षको अवधिमा २२ हजार १ सय ८७ आयात अनुमति जारी गरिएको विभागले जनाएको छ ।

सै क्रममा आवश्यक कागजात पूरा नभएका मह, मसला, कन्फेक्सनरी, पेय पदार्थलगायतका विविध खाद्य पदार्थहरु गरी २३ खाद्य पदार्थका कन्साइन्मेन्टहरूको अनुमती अस्विकृत गरिएका महर्जनले उल्लेख गरे ।

त्यस्तै विभागले १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुमा ६६ हजार ८ सय ६८ वटा नमूनाहरूप्राप्त भई सोको जाँच विश्लेषण गरी नियमन गरिएको जनाएको छ ।

स्तरीकरण नभएका ८ प्रतिशत होटल रेष्टुराँ
विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अनुगमन गरेको होटल रेष्टुराँमध्ये ८.३ प्रतिशत गुणस्तर नभएको जनाएको छ । विभागले ७ सय ८८ वटा होटल रेष्टुराँमध्ये ६५ वटा स्तरीकरण नभएकाले सुधारका लागि सुझाव तथा निर्देशन दिएको महर्जन बताउँछन् ।

विभाग तथा मातहतका कार्यालयहरूबाट ७ सय ८८ होटल रेष्टुराँ स्तरीकरण गरिएकामा ३१ (३.९%) वटाले अति उत्तम, १ सय १७ (१४.८%) वटाले उत्तम, ३ सय ३२ (४२%) वटाले सन्तोषजनक र २ सय ४४ (३१%) ले सामान्य स्तर प्राप्त गरेको विभागको भनाइ छ ।

विभागले विभागका तथा मातहतका बिराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, नेपालगञ्ज र धनगढीस्थित ६ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूः झापा, इनरुवा, धनकुटा, उदयपुर, राजविराज, मलंगवा, जलेश्वर, पर्सा, चितवन, काठमाडौं, धुलिखेल, नुवाकोट, सिन्धुली, दमौली, पोखरा, बाग्लुङ, तानसेन, तौलिहवा, दाङ, सुर्खेत, जुम्ला, डोटी, डडेलधुरालगायत अन्य कार्यालयबाट गुणस्तर प्रमाणीकरण गर्दै आएका छन् ।

साथै, काँकडभिट्टा, रानी, जलेश्वर, त्रिभुवन विमानस्थल, तातोपानी, रसुवा बीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी र कञ्चनपुर गरी १२ स्थानमा आद्य आयात निर्यात गुणस्तरण प्रमाणीकरण गर्दै आएका छन् ।


क्लिकमान्डु