एकवर्षमा कुन भन्सारबाट कति आयात ? १० भन्सारबाट निर्यात शून्य



काठमाडौं । कोरोना भाइरस महामारीका अर्थतन्त्र निकै प्रभाव परेको अवस्थामा पनि नेपालले एक आर्थिक वर्षमा १५ खर्बको वस्तु तथा सेवा आयात गर्दा विगतको तुलनामा २९ प्रतिशतले आयात बढेको छ । उक्त आयातित वस्तु देशका विभिन्न भन्सार नाकाबाट आयात भएको छ ।

देशभर २४ वटा भन्सार नाका रहेका छन् । उक्त २४ नाकामध्ये वीरगञ्ज नाकाबाट सबैभन्दाबढी वस्तु तथा सेवा आयात गरेको छ । एक आर्थिक वर्षमा वीरगञ्ज भन्सारबाट ५ खर्ब ११ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । जुन उक्त भन्सारबाट मात्रै आयातित वस्तु तथा सेवा ३३.२३ प्रतिशत ओगटेको छ ।

त्यस्तै, भैरहवा भन्सारबाट २ खर्ब ८१ अर्ब ६१ करोड ६० लाख रुपैयाँ, विराटनगरबाट १ खर्ब ८९ अर्ब ६५ करोड ५० लाख रुपैयाँको, ड्राइपोर्टबाट १ खर्ब ८९ अर्ब ३८ करोड १९ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ४३ अर्ब ३८ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । उक्त भन्सार नाकाबाट आयातितमध्ये क्रमशः १८.२९, १२.३२, १२.३० प्रतिशतले ओगटेको भन्सार विभागको तथयङ्कमा उल्लेख छ ।

त्यस्तै, नेपालगञ्जबाट ६८ अर्ब ९४ करोड ४ लाख रुपैयाँको आयात गर्दा मेची भन्सारबाट ४४ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

त्यसैगरी, कैलालीबाट २६ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ, कृष्णनगर भन्सारबाट २४ अर्ब ४८ करोड १० लाख रुपैयाँ, रसुवाबाट १७ अर्ब १ करोड ४८ लाख रुपैयाँ र सुठौलीबाट १० अर्ब ३५ करोड ९६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

साथै, तातोपानी भन्सारबाट ५ अर्ब ८४ करोड ९१ लाख, जलेश्वरबाट ५ अर्ब ७१ करोड ८१ लाख रुपैयाँ, सुनसुरीबाट ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ, सर्लाहीबाट ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ, जनकपुरबाट २ अर्ब ४४ करोड रुपैयाँ, महेश्वरबाट १ अर्ब ५२ करोड १४ लाख रुपैयाँ, कञ्चनपुरबाट १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ, गौरबाट १ अर्ब २६ करोड ४९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको भसार विभागको तथ्याङ्कले देखाउँदछ ।

यस्तै, ठाडी भन्सारबाट १ अर्ब ८ करोड ८० लाख रुपैयाँको, सिराहाबाट १ अर्ब २ करोड रुपैयाँ, भद्रपुरबाट ९२ करोड ३९ लाख रुपैयाँ, सतिबाट ५३ करोड २६ लाख रुपैयाँ र राजविराजबाट १६ करोड ९० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ ।

१० भन्सार नाकाबाट निर्यात शून्य
भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १० वटा भन्सारबाट निर्यात शून्य रहेको छ । जसमा रसुवा, तातोपानी, जलेश्वर, सुनसरी, जनकपुर, महेश्वर, ठाडी, सिराहा, भद्रपुर र राजविराज भन्सारबाट निार्यत शून्य रहेको छ ।

नेपालबाट एक आर्थिक वर्षमा १ खर्ब ४१ अर्बको उत्पादित वस्तु निर्यात गर्दा सबैभन्दा बढी वीरगञ्ज भन्सारबाट निकासा भएको छ । उक्त भन्सारबाट ५३ अर्ब ६७ करोड ९३ लाख रुपैयाँ निर्यात गर्दा निर्यातिति वस्तुको ३८ प्रतिशत ओगटेको छ ।

त्यस्तै विराटनगर भन्सारबाट ३६ अर्ब ७६करोड १४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार एक आर्थिक वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ, मेचीबाट १२ अर्ब ६० करोड ८९ लाख रुपैयाँ, भैरहवाबाट ६ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ, ड्राइपोर्टबाट २ अर्ब ६८ करोड ११ लाख रुपैयाँ र नेपालगञ्जबाट २ अर्ब २४ करोड ५७ रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेका छन् ।

त्यसैगरी, कैलालीबाट ५९ करोड २ लाख रुपैयाँ, कृष्णनगरबाट ३३ करोड २२ लाख, सुठाउलीबाट १४ करोड ६६ लाख, कञ्चनपुरबाट ३ करोड १६ लाख रुपैयाँ, गौरबाट ८८ लाख ८८ हजार र सर्लाहीबाट २ लाख ६१ हजारको वस्तु तथा सेवा निर्यात गरेका छन् ।


क्लिकमान्डु