साढे १ खर्बको बीमा व्यापार, असारमा मात्रै साढे १४ प्रतिशत



काठमाडौं । बीमा क्षेत्रले गत आर्थिक वर्ष साढे १ खर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । जसको साढे १४ प्रतिशत असार महिनामै व्यापार भएको हो ।

हाल १९ वटा जीवन र २० वटा निर्जीवन गरी ३९ वटा बीमा कम्पनीहरुले नेपालमा बीमा व्यवसाय गरिरहेका छन् ।

गत आवको असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

जसमध्ये जीवन बीमा कम्पनीहरुले कुल बीमा शुल्क संकलनको १५.२८ प्रतिशत अर्थात् १८ अर्ब ४८ करोड रुपैयाँ असार महिनामै गरेका छन् । साथै निर्जीवन बीमा कम्पनीहरुले समेत गत वर्षमा संकलन गरेका कुल बीमा शुल्क संकलनमा ११.०४ प्रतिशत अर्थात् २ अर्ब ५० करोड रुपैयाँ असार महिनामै संकलन गरेका हुन् ।

बीमा कम्पनहिरुले एक वर्षमा गर्ने व्यापारमध्ये असारको हिस्सा बढी हुने गदैछ । कम्पनीहरु एकवर्षको व्यवसायिक पर्फमेन्स असार मसान्तमा देखिने हुँदा प्रायःले यही महिनामै कुल व्यवसायको एक चौथाइसम्म व्यापार गरेको पाइन्छ । कम्पनीहरुले वर्षभरीमा बिक्री नभएको पोलिसी र नविकरणलाई पनि कसरत नै गरेर असार महिनामै बिक्री तथा नवीकरण गर्ने गर्छन् ।

जीवन बीमा कम्पनीहरुको असारे व्यापार कुन कम्पनीको कति ?
सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुमा अधिकांश कम्पनीहरुले असार महिनामै वर्ष भरीको व्यापारको १० प्रतिशतमाथि व्यापार गरेका छन् ।

जसमध्ये गत आवमा गरेको कुल व्यवसायमा २ वटा कम्पनीको असारे व्यवसाय २० प्रतिशतमाथि छ । साथै, ९ वटा जीवन बीमा कम्पनीको १५ देखि २० प्रतिशतसम्म, ६ वटा कम्पनीको १० देखि १५ प्रतिशतसम्म र २ वटा कम्पनीले १० प्रतिशतभन्दा कम व्यवसाय कुल व्यवसायमध्ये असार महिनामा गरेका हुन् । जसमध्ये केही कम्पनीको व्यवसाय कुल व्यवसायको एक चौथाइ असार महिनामा मात्र छ ।

गत आर्थिक वर्षमा संकलित कुल बीमा शुल्कमध्ये असार महिना मात्र आइएमई लाइफले २५.०९ प्रतिशत, महालक्ष्मी लाइफले २०.७५ प्रतिशत, नेशलन लाइफले १९.९८ प्रतिशत र सिटिजन्स लाइफले १९.५० प्रतिशत असार महिनामै संकलन गरेका छन् ।

यस्तै, गत आवमा संकलित कुल बीमा शुल्कमा एलआइसीले १७.४४ प्रतिशत, प्रभु लाइफले १७.४२ प्रतिशत, रिलाइन्स लाईफ १७.१२ प्रतिशत र ज्योति लाइफ १७.१० प्रतिशत बीमा शुल्क असार महिनामा गरेका छन् ।

साथै, गत आवको कुल बीमा शुल्क संकलनमा असार महिनामै प्राइम लाइफ १६.६३ प्रतिशत, सन नेपाल लाइफ १५.७७ प्रतिशत, सानिमा लाइफ १५.३८ प्रतिशत, सुर्य लाइफ १४.७९ प्रतिशत र एशियन लाइफ १४.७० प्रतिशत बीमा शुल्क संकलन गरेका हुन् ।

कुल बीमा शुल्क संकलनमा असार महिनामै युनियन लाइफ १४.४८ प्रतिशत, नेपाल लाइफ १४ं४६ प्रतिशत, गुराँस लाइफ १३.६८ प्रतिशत, रिलाइवल नेपाल लाइफ १२.३७ प्रतिशत, मेट लाइफ ९.३६ र राष्ट्रिय बीमा संस्थान ४.३२ प्रतिशत बीमा शुल्क संकलन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीको असारे व्यवसाय, कुन कम्पनीको कति ?
गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जसको ११.०४ प्रतिशत अर्थात् ३ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क कम्पनीहरुले असार महिनामै गरेका हुन् ।

गत आवमा संकलन गरेको कुल बीमा शुल्कमध्ये ३ वटा निर्जीवन बीमा कम्पनीले १५ प्रतिशतदेखि २० प्रतिशतसम्म, १० वटा कम्पनीले १० देखि १५ प्रतिशतसम्म र ६ वटा कम्पनीहरुले १० प्रतिशतभन्दा कम बीमा शुल्क संकलन असार महिनामा गरका छन् ।

गत आवमा संकलित कुल बीमा शुल्कमध्ये असार महिनामा मात्र दि ओरियन्टलले १६.३८ प्रतिशत, प्रिमियरले १६.३२ प्रतिशत, सानिमा जनरल १५.३८ प्रतिशत, सगरमाथा १४.७२ प्रतिशत र लुम्बिनी १४.७१ प्रतिश बीमा शुल्क संकलन गरेका हुन् ।

यस्तै, गत आवमा संकलन गरको कुल बीमा शुल्कमा नेपाल इन्स्योरेन्स १४.१७ प्रतिशत, शिखर इन्स्योरेन्स १२.५९ प्रतिशत, आइएमई जनरल १२.५० प्रतिशत, सिद्धार्थ १२.५० प्रतिशत, एभरेष्ट १०.८९ प्रतिशत, जनरल इन्स्योरेन्स १०.७७ प्रतिशत र युनाइटेड १०.४८ प्रतिशत बीमा शुल्क असार महिनामै संकलन गरेका हुन् ।

साथै, संकलित कुल बीमा शुल्क अजोड इन्स्योरेन्स १०.२४ प्रतिशत, नेशलन इन्स्योरेन्स ९.२०प्रतिशत, एनएलजी ९.१३ प्रतिशत, प्रुडेन्टियल ८.५९ प्रतिशत, नेको इन्स्योरेन्स ७.८८ प्रतिशत, प्रभु इन्स्योरेन्स ६.६७ प्रतिशत र हिमालयन इन्स्योरेन्स ५.३८ प्रतिशत असार महिनामै संकलन गरेका छन् ।


क्लिकमान्डु