तालिबानको बढ्दो गतिविधिबीच अफगानिस्तानमा भारतको २२ हजार करोड लगानी के होला ?



एजेन्सी । दक्षिण एशियाली क्षेत्रीय संगठन (सार्क)को सदस्य देश अफगानिस्तानमा पछिल्ला दिनमा हिंसा फैलिएको छ ।

हिंसाका कारण सयौं मानिसको ज्यान गएको छ । अमेरिकी सेनाले अफागनिस्तान छाडन लागेपछि हिंसाको मात्रामा समेत वृद्धि भएको छ । सोहीकारण त्यस देशमा भएका बाह््य लगानी अब हुने होला भनेर आम रुपमा चिन्ता शुरु भएको छ ।

छिमेकी देश भारतले मात्रै अफगानिस्तानमा २२ हजार करोड भारु लगानी गरेको छ । तालिबानको बढ्दै गएको कब्जाका कारण समस्या बढेको भारतीय पक्षको दावी छ ।

भारतले अफागानिस्तानमा मात्रै ४०० परियोजनामा काम गरिरहेको छ । भारतसँग ७.५ हजार करोड बराबरको वार्षिक कारोवार हुने गरेको छ ।

तालिबानका कारण सो लगानी डुब्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । १९९६ देखि सन् २००१ सम्म अफगानिस्तानमा तालिबानको शासन थियो ।

अफगानिस्तानको राजधानी काबुलमा रहेका राजनीतिक विश्लेषक मुश्ताक रहिमाका अनुसार तालिबान र सरकारी सेनाकाबीचा भीषण संघर्ष चलिरहेको छ ।

अझैसम्म पनि तालिबान राजधानी काबुलबाट धेरै टाढा छन् । हालसम्म अफगानिस्तानमा शान्ति सम्झौता हुन सकेको छैन । सवाल यो उठेको छ कि तालिबानको कब्जापछि भारतले गरेको लगानी के होला भन्ने चिन्ता फैलिएको छ ।

भारतको १७०० करोड लगानीमा हेरात प्रान्तमा सलमा ड्याम परियोजना सञ्चालनमा छ । यस्तै अफगानिस्तानको संसद भवन समेत ६७५ करोड भारुमा निर्माण भइरहेको छ ।

जारांज डेलाराम राजमार्ग समेत निर्माण भइरहेको छ । इरान र अफगानिस्तान जोड्ने सो राजमार्गमा १११० करोड खर्च हुनेछ । सालमा परियोजना ४२ मेगावाट क्षमताको हो । सन् २०१६ मा यसको उद्घाटन गरिएको थियो ।

संसद भवन समेत भारतको सहयोगमा निर्माण भएको हो । सन् २०१५ मा सो भवनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थियो । संसद भवनको एक ब्लक पूर्व भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीको नाममा राखिएको छ ।

भारतले अफगानिस्तानमा स्वास्थ्य, पारवहन तथा ऊर्जासम्बन्धी परियोजनामा काम गरिरहेको छ ।

अफगानिस्तानमा बढ्दै गइरहेको तालीबानको गतिविधिका कारण भारतको सुरक्षा मामिलामा समेत चिन्ता बढेको छ । यसले कश्मिरदेखि अफगानिस्तानसम्म हिंसाको करिडोर बन्ने चिन्ता व्यक्त गरेको छ ।


क्लिकमान्डु