प्राधिकरणका ५ आयोजनाको कमाइ ११.७३ अर्ब, निजीका २ आयोजनाले लैजान्छन् ६.२८ अर्ब



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मातहत रहेका ५ जलविद्युत् आयोजनाले कूल ४०३ मेगावाट बिजुली उत्पादन गर्छन् । नेपालको ऊर्जा सुरक्षाका लागि ती ५ आयोजना सञ्जिवनी बुटी जत्तिकै महत्वपूर्ण छ ।

ती आयोजनाले वार्षिकरुपमा ११ अर्ब ७३ करोड ३९ लाख ७७ हजार ४० रुपैयाँ बराबरको बिजुली बिक्री गरेको छ । तपाईंलाई लाग्ला, यो सामान्य हिसाब हो ।

तर, अब तपाईंले पढ्ने यो तथ्यले भने चक्मा दिनेछ र सोच्न बाध्य बनाइदिनेछ । विशेषगरी अमेरिकी डलरमा बिजुली खरिद बिक्री सम्झौता गरिएका २ वटा आयोजनाले वार्षिक रुपमा ६ अर्ब २८ करोड २२ लाख १३ हजार २५९ बराबरको बिजुली बिक्री गरेका छन् । ती आयोजनाले मात्रै १०५ मेगावाट बिजुली उत्पादन गर्छन् ।

ती २ आयोजनाले भन्दा प्राधिकरणका आयोजनाको वार्षिक कमाई मात्रै ५ अर्ब ४५ करोड १७ लाख ६३ हजार ७८१ फरक छ । यो, तथ्यांक विद्युत् विकास विभागले हालै सार्वजनिक गरेको विवरणमा आधारित हो ।

विभागका अनुसार हिमाल पावरले चलाइरहेको ६० मेगावाट क्षमताको खिम्तीले वार्षिकरुपमा ५ अर्ब बराबरको बिजुली बिक्री गरेको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा खिम्तीले ४ अर्ब ९९ करोड ३६ लाख ३२ हजार २०२ बराबरको बिजुली बिक्री गरेको छ ।

जबकी, १४४ मेगावाट क्षमताको कालीगण्डी ‘ए’ जलविद्युत् आयोजनाको वार्षिक कमाई ४ अर्ब ७० करोड ६२ लाख ७८ हजार १०१ मात्रै छ ।

६० मेगावाट क्षमताको खिम्तीको तुलनामा १४४ मेगावाट क्षमताको कालीगण्डकीको कमाई २८ करोड ७३ लाख ५४ हजार १०१ कम छ ।

नेपाल विद्युत् प्राधिकरण र कालीगण्डकी ‘ए’ को बीचमा औसत बिजुली बिक्री दर प्रतियूनिट ५ रुपैयाँ ४० पैसा मात्रै छ । सोही कारण १४४ मेगावाट अर्थात् ८६ करोड ९९ लाख २२ हजार १५ युनिट बिजुली उत्पादन गरेपनि वार्षिक कमाई भने खिम्तीको तुलनामा असाध्यै कम रहेको छ ।

तर, खिम्तीलाई भने प्राधिकरणले प्रतियुनिट सबै जोडेर १४ रुपैयाँ १३ पैसा तिरिरहेको छ । तत्कालीन अवस्थामा अमेरिकी डलरमा गरिएको विद्युत् खरिद बिक्री सम्झौताका कारण बिजुली उत्पादन असाध्यै कम भएपनि कालीगण्डकी ‘ए’ को तुलनामा खिम्तीको कमाई बढी देखिएको छ ।

कालीगण्डकी ‘ए’ को तुलनामा खिम्तीले झण्डै ५६ प्रतिशत कम बिजुली उत्पादन गर्छ । विभागका अनुसार आव २०७६÷७७ मा खिम्तीले ३५ करोड ३१ लाख ९० हजार ९० यूनिट बिजुली उत्पादन गरेको छ ।

यस्तै, वार्षिक १ अर्ब २८ करोड ८५ लाख ८१ हजार ५७ बराबरको आम्दानी गरेको माथिल्लो भोटेकोशीले १० करोड ९९ लाख ३८ हजार ७९० यूनिट बिजुली उत्पादन गर्छ ।

यसैको तुलनामा ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ ले वार्षिक २६ करोड १२ लाख ६८ हजार ४४० युनिट बिजुुली बिक्री गर्दा मात्रै १ अर्ब ४१ करोड ३४ लाख ६२ हजार २६० रुपैयाँ कमाई गर्छ । कूल १५ करोड कम बिजुली बिक्री गरे पनि अमेरिकी डलरमा भएको विद्युत् खरिद सम्झौताका कारण माथिल्लो भोटेकोशीको कमाई माथिल्लो त्रिशुली थ्री ए को हाराहारी जस्तै देखिन्छ ।

यस्तै, ७० मेगावाट क्षमताको मध्यमस्र्याङदीले २ अर्ब ४१ करोड ७८ लाख ७७ हजार ९९ बराबरको बिजुली बिक्री गरेको छ । सो आयोजनाले ४४ करोड ६९ लाख २७ हजार ३७५ युनिट बिजुली बिक्री गर्छ । उता ६९ मेगावाट क्षमताको मस्र्याङदीले २ अर्ब ३८ करोड ४६ लाख ७१ हजार ६२८ बराबरको बिजुली बिक्री गरेको छ । सो आयोजनाले ४४ करोड ७ लाख ८९ हजार ५८० युनिट बिजुली उत्पादन गर्छ

अमेरिकी डलरमा पिपिए भएका निजी क्षेत्रका २ आयोजनाको आम्दानी


क्लिकमान्डु