मर्जपछि कर्मचारी नहटाउने हिमालयन र इन्भेष्टमेन्ट बैंकको रणनीति, शाखा विस्तारमा आक्रमक



काठमाडौं । हिमालय र इन्भेष्टमेन्ट बैंकका कर्मचारीले मर्जरपछि जागिर छाड्नु पर्ने अवस्था सिर्जना नहुने भएको छ । दुबै बैंकले मर्जरपछि कर्मचारी नहटाउने रणनीतिका साथ काम गरिरहेका छन् ।

‘सकेसम्म कुनै पनि कर्मचारीलाई ननिकाल्ने हाम्रो रणनीति छ, हामी फोर्सफुल्ली कुनै पनि कर्मचारीलाई निकाल्दैनौंं,’ इन्भेष्टमेन्ट बैंक स्रोतले भन्यो, ‘त्यसका लागि अहिले नै कुन कुन ठाउँमा शाखा विस्तार गर्ने भन्ने योजना बनाइसकेका छौं । शाखा स्थानान्तरण र नयाँ शाखा विस्तारको ठाउँको पहिचान भइसकेको छ ।’

तलबः हिमालयनका कर्मचारीको थयावत, इन्भेष्टमेन्टका कर्मचारीको बढ्ने

हिमालयनमा अफिसर र सिनियर अफिसर छ, इन्भेष्टमेन्ट बैंकको जुनियर अफिसरको पद छ । हिमालयनमा चिफ म्यानेजर भन्ने पद छ, इन्भेष्टमेन्टमा एजीएमको पद छ ।

इन्भेष्टमेन्टको भन्दा हिमालयन बैंकको तल्लो तहमा कार्यरत कर्मचारीको तलबभत्ता धेरै छ । ३ वर्षभित्र कर्मचारीको तलबभत्ता पूर्णरुपमा समायोजन गरिसक्ने रणनीति छ । हिमालयन बैंकका जुनियर कर्मचारीको तलबभत्ता यथावत राख्ने र तलबभत्ता कम भएका इन्भेष्टमेन्ट बैंकका कर्मचारीको क्रमश बढाउँदै लैजाने रणनीति अबलम्बन गरिएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक

‘हिमालयन बैंकका कर्मचारीको खाइपाइ आएको तलब घट्दैन, इन्भेष्टमेन्ट बैंकका कर्मचारीको तलब क्रमश बढाएर हिमालयनका कर्मचारीको बराबर पुर्याउँछौं,’ स्रोतले भन्यो ।
इन्भेष्टमेन्टका १४०० र हिमालयनका १००० गर्दा कुन २४०० कर्मचारी हुन्छन् ।

शाखा विस्तारमा आक्रमक

एकीकृत कारोबार हुनुभन्दा अगाडि नै आधा आधा ठाउँमा दुबै बैंकले शाखा खोल्ने तयारी थालेका छन् । रिच बढाउना साथ बिजनेश बढ्छ भन्ने मान्यताअनुसार शाखा विस्तारमा आक्रमक नीति अबलम्बन गरिने छ ।

मर्जपछि शाखा १५२ पुग्छन् । ३० वटा एक्सटेन्सन काउन्टर छन् ।

यस्तो छ शाखा विस्तार र स्थानान्तरणको रणनीति

बिराटनगरमा दुबैं बैंकका शाखा छन् । जसले त्यहाँको कभरेज गर्दैन सँगसँगै वटा शाखा थप्ने । इटहरीमा २ वटा शाखा छन्, त्यहाँको एउटा दुहवीमा स्थानान्तरण गर्ने । इनरुवा, झुम्का खोल्ने । इलाममा दुबै बैंकको शाखा छैन, त्यहाँ एउटा शाखा खोल्ने । भद्रपुरमा खोल्नका लागि सम्पूर्णँ तयारी भइसकेको छ । गाइघाटमा एउटा राखेर अर्कोलाई मध्यपहाडी लोकमार्गमा स्थानान्तरण गर्ने ।

सप्तरीको राजविराजमा दुबै बैंकको शाखा छैन, त्यहाँ एउटा खोल्ने । त्यसैगरी, लाहान र मिर्चैयामा शाखा खोल्ने । गौर, चन्द्रनिगाहपुर, जलेश्वर र मलंगवामा शाखा खोल्ने । निजगढमा दुईवटा शाखा छन्, जसमध्ये एउटालाई स्थानान्तरण गर्ने ।

काठमाडौं उपत्यकामा भएका शाखा स्थानान्तरण नगर्ने योजना छ ।

महेन्द्रनगरमा दुबै बैंकको शाखा छन्, एउटालाई स्थानान्तरण गरेर डढेलधुरा लैजाने । धनगढीमा पनि दुईवटा शाखा हुन्छन्, एउटालाई राजमार्गमा स्थानात्रण गर्ने । सुर्खेतमा दुबैको शाखा छन्, एउटालाई जाजरकोट स्थानान्तरण गर्ने । यो प्रदेशका हिमाली जिल्लामा तत्कालै २/३ वटा एक्सटेन्सन काउन्टर खोल्ने ।

त्यसैगरी, नेपालगञ्जमा दुबै बैंकका शाखा छन्, एउटालाई बर्दियामा स्थानान्तरण गर्ने । पाल्पामा पनि दुबै बैंकका शाखा छन्, एउटालाई स्थानान्तरण गरेर गुल्मी वा अर्घाखाँची खोल्ने ।

बुटवलमा दुबै बैंकका शाखा छन्, त्यसलाई यथावत राख्ने । तिलोतमामा नयाँ शाखा खोल्ने । भैरवहामा दुबै बैंकका शाखा सँगसँगै छन्, राम्रो प्रोपर्टी पनि छ । त्यसलाई यथावत राख्ने । भन्सार विन्दुमा नयाँ एक्सटेन्सन काउन्टर खोल्ने ।

पोखरामा दुबै बैंकका दुई/दुई वटा गरेर ४ वटा शाखा छन् । यसलाई यथावत राख्ने । गोर्खामा हिमालयन बैंक छ, लमजुङमा इन्भेष्टमेन्टले तत्कालै शाखा खोल्ने ।

म्याग्दी र जोमसोममा दुबै बैंकको उपस्थिति छ, ती ठाउँमा ३ शाखा खोल्ने । कावासोतीमा हिमालयनको र दलदलेमा इन्भेष्टमेन्ट बैंकको छ ।

एकीकृत कारोबार गर्ने मिति धकेलियो

कोरोनाका कारण हिमालयन र इन्भेष्टमेन्ट बैंकको एकीकृत कारोबारको मिति धकेलिएको छ । सकेसम्म ०७८ असार मसान्तभित्रै एकीकृत कारोबार गर्ने उदेश्यले मर्जरमा जाने सम्झौता गरेका थिए । तर, दोस्रो वेभको कोरोना महामारीका कारण असोज मसान्तत्रि मात्रै एकीकृत कारोबार संभव हुने भएको छ ।

‘कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाका कारण हामीले काम गर्न पाएनौं, जसकारण एकीकृत करोबार हुने समय केही पछि धकेलिने भएको छ,’ हिमालयन बैंक स्रोतले भन्यो, ‘अब असोजमा मात्रै एकीकृत कारोबार सकिएला ।’


पुष्प दुलाल