वित्तीय संस्थाले न्यून कर्मचारी खटाउनु पर्ने, सहकारी र रेमिट सातामा २ दिन खुल्ने



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता बढाउने निर्णय गरेको छ । अब असार ७ गतेसम्म निषेधाज्ञा कायम हुनेछ ।

निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाले सीमित संख्यामा शाखा र कर्मचारी बोलाउन पाउनेछन् । साथै बीमाा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम २० प्रतिशत जनशक्ति मात्रै काममा खटाउने गरी काममा बोलाउन पाउनेछन् ।

साथै सहकारी तथा रेमिट कम्पनीहरुको हकमा सातामा २ दिन आइतबार र बिहीबार मात्रै सञ्चाल हुनेछन् ।

शैक्षिक संस्थाहरुले अनलाइन र भर्चुअल माध्यमबाट पठन पाठन कार्य सञ्चालन गर्न पाउनेछन् भने वैदेशिक अध्ययन तथा इडीभीका कारण विदेशमा जानुपर्ने व्यक्तिका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्य सञ्चालन गर्न पाइनेछ ।

साथै ट्रान्सपोर्ट कम्पनीहरुले औषधि तथा स्वास्थ्य उपकरण, अक्सिजन सिलिण्डर, कृषि मल, विउ तथा खाद्यान्न सामग्री ढुवानी गर्दाको समयमा मात्र स्वास्थ्य मापदण्ड पालना गरी कार्यालय सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा विहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । साथै विकास निर्माणजन्य सामग्री पसलहरु (छड, सिमेन्ट, विजुलीका सामान, स्थानिटरी, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि मात्रै सञ्चालन गर्न सकिने छ ।

साथै अत्यावश्यक वस्तुहरुको अनलाइन डेलिभरी तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

विवाह तथा ब्रतबन्दको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्रै गर्न पाइनेछ । विवाह र ब्रतबन्धको हकमा एउटा मात्रै सवारी साधन प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजात गर्न पाइनेछ ।

निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ९ बजेदेखि विहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

भन्सार विन्दुबाट एक्जिट नोट जारी भएका मालबाहक सवारी साधन तथा सम्बन्धित भन्सार प्रमुखलेमालसामान छुटाउन भनि रुट खुलाइ अनुमति स्वीकृति प्रदान गरेका त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीलाई अनुमतिमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजात गर्न दिइनेछ ।


क्लिकमान्डु