बैंक तथा वित्तीय संस्थाको आयमा ३० प्रतिशत कर नलगाउन बैंक तथा वित्तीय संस्था परिसंघको माग



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको आयमा ३० प्रतिशत कर नलगाउन बैंक तथा वित्तीय संस्था परिसंघले माग गरेको छ । बजेटको लागि दिएको सुझावमा परिसंघले विगत केही वर्ष देखि बैंक तथा वित्तिय संस्थाहरुको प्रति सेयर आम्दानी घट्दै गएको हुँदा तथा विगतमा बैकको व्याज नगदमा प्राप्त भएको अवस्थामामात्र करयोग्य आयमा समावेश हुने व्यवस्था रहेकोमा हाल अक्रुअल आधार (नगदमा प्राप्त नभएमापनि) आयमा समावेश हुने भएकोले यस व्यवसायलाई कर प्रयोजनको लागि फरक व्यवसायको रुपमा परिभाषित गर्न उपयुक्त नहुने सुझाव दिएको छ ।

यस्तै परिसंघले व्यक्तिगत तर्फको आयकर लाग्ने सिमालाई बढाउन माग गरेको छ । परिसंघले ४ लाखसम्मको आयममा १ प्रतिशत तथा ४ लाख रुपैयाँभन्दा वढी तर ७ सात लाख रुपैयाँ सम्म करयोग्य आय भएमा खण्ड (क) बमोजिम चार लाख रुपैयाँसम्म चार हजार रुपैयाँ र ४ लाखभचन्दा बढी भएमा १० प्रतिशत कर लगाउन माग गरेको छ ।

७ लाख रुपैयाँ भन्दा वढी तर १० लाख रुपैयाँसम्म करयोग्य आय भएमा खण्ड (ख) बमोजिम सात लाख रुपैयाँसम्म ३४ हजार रुपैयाँ र १० लाखभ्न्दा बढीकोमा २० प्रतिशत लगाउन भनेको छ ।

१० लाखभन्दा बढी भएमा तर,२५ लाखसम्म कम भएमा १० लाखसम्म ९४ हजार तथा १० लाखभन्दा बढी भएमा ३० प्रतिशत कर लगाउन भनेको छ ।
२५ लाख रुपैयाँभन्दा वढी करयोग्य आय भएमा वढी जति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप दश प्रतिशत अतिरिक्त कर लगाउन मागेको छ ।

यस्तै परिसंघले परिसंघले कुनै व्यक्तिले विक्रम सम्वत २०८८ साल आषाढ मसान्तसम्म कृषि व्यवसायबाट प्राप्त गरेको आयमा कर नलाग्ने व्यवस्था गर्न माग गरेको छ ।

यस्तै परिसंघले कृषि व्यवसायको परिभाषालाई समेत बढाउन माग गरेको छ । “कृषि व्यवसाय” भन्नाले पशु पन्छिपालन, मत्यस्यपाल जस्ता दुध, अण्डा एवम मासु उत्पादन गर्ने र सार्वजनिक,निजी, वा भाडामा लिएको जमिनबाट बालीनाली उत्पादन गर्ने वा जमिन प्रयोग गर्ने मोहीबाट कुत वा बाली प्राप्त गर्ने व्यवसाय तथा कृषि उपजको प्याकिगं गर्ने एवम उत्पादनस्थलमा नै प्रशोधन गर्ने तथा जैविक मल तथा किटनाशक औषधि उत्पादन गर्ने व्यवसाय समेत सम्झनु पर्ने भनेको छ ।


क्लिकमान्डु