कोरोनासँग लड्न १४ अर्ब बराबरको स्रोत सुनिश्चित, हालसम्म ५ अर्ब १७ करोड खर्च



काठमाडौं । सरकारले कोरोना महामारीसँग लड्नका लागि १४ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित भइसकेको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले पत्रकार सम्मलेन जारी गरी उक्त जानकारी दिए ।

उनका अनुसार गत बैशाख महिनामा मात्रै ४५ करोड रुपैयाँ शोधभर्ना गरिएको छ ।

त्यसका साथै पीसीआर किट, एक्सट्रासन किट, भाइरल ट्रान्सपोर्ट, एन्टिजेन किट, आइसीयू, एचडीयू, पञ्जा, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निशुल्क उपचार, खोप परिचालनका लागि मन्त्रालयमार्फत् ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ । साथै खोप र एचडीयूका लागि थप २ अर्ब ५४ करोड ५८ लाख भुक्तानी बाँकी रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

सरकारी तथा निजी अस्पतालमा उपचारका लागि १५७ अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याइएको छ । भने निजी क्षेत्रका ४५ अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

सरकारी तथा निजी अस्पतालमा उपचारका लागि १५७ अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याइएको छ । भने निजी क्षेत्रका ४५ अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाइएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले गतवर्षको वैशाख महिनामा ३२७ वटा भेन्टिलेटर रहेकोमा अहिले ९०४ वटा भेन्टिलेटर सञ्चालनमा रहेको र थप १८० वटा थप्ने प्रक्रियामा रहेको छ । त्यसैगरी त्यसैगरी आइसीयूको बेड २६०० वटा रहेकोमा हाल ४ सय थप गरी ३ हजार पुर्याइएको छ भने ६३० वटा थप गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । त्यसैगरी एचडीयूको बेड सरकारीमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याएको छ भने १४ सय वटा थप गर्ने प्रक्रियामा रहेको छ ।

त्यसैगरी पहिले ३२ वटा अक्सिजन प्लान्ट रहेकोमा १९ वटा प्लान्ट थप गर्ने प्रक्रियामा रहेको छ । साथै लिक्विड अक्सिजन ट्यांक ३ वटा रहेकोमा थप २७ वटा पर्याउनका लागि प्रक्रिया अगाडि बढाइएको छ भने यस अवधिमा ९०० वटा अक्सिजन कन्स्ट्रेटर थप गरिएको छ ।

मन्त्री त्रिपाठीका अनुसार हालसम्म ३२ लाख ४८ हजार खोप अनुदान र खरिद गरी ल्याइएकोमा हालसम्म २६ लाख ६५ हजार ९७६ डोज खोप लगाइसकिएको बताए । उनले थप खोप ल्याउनका लागि विभिन्न देशसँग छलफल अगाडि बढाइएको बताए ।

हालसम्म भारत सरकारले १० लाख डोज कोभिसिल्ड उपहार, चीनले ८ लाख डोज भेरोसेल र कोभ्याक्स सुविधा अन्तर्गत ३ लाख ४८ हजार डोज खोप अनुदानमा उपलब्ध भइरहेको बताएको छ ।

२ अर्ब बराबरको सहयोग र सवा ३२ अर्ब ऋण

साझेदारी र सहयोगका सन्दर्भमा दोस्रो लहरपछि सरकारको आह्वानमा चीन, स्पेन, स्विटजरल्याण्ड, अमेरिका र बंगलादेश सरबारलगायतबाट स्वास्थ्य सामग्री सहयोगबाट प्राप्त भएको छ ।

चीन सरकारबाट २ हजार थान अक्सिजन सिलिण्डर, तिब्बत सरकारबाट १५० थान लिक्विड अक्सिजन ट्यांक, स्पेन सरकारबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र १ लाख २४ हजार एन्टिजेट किटलगायतका सामग्रीहरु सहयोग स्वरुप प्राप्त भइसकेको छ ।

त्यसैगरी स्विटजरल्याण्डबाट ११ लाख एन्टिजेन किट, ४० भेन्टिलेटर र १० अक्सिजन कन्सन्ट्रेटरलगायत प्राप्त भएको छ । बंगलादेशबाट १० हजार रेम्डिसिभिर औषधि, सिंगापुर २० भेन्टिलेटर र पीसीआर १ लाख २४ हजार थान सहयोग, अमेरिबाट ५ लाख एन्टिजेन किट र पीपीइलगायतका स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

स्विटजरल्याण्डबाट ९७ करोड रुपैयाँ, अमेरिकाबाट ४३ करोड, सिंगापुरस्थित सामाजिक संस्थाबाट २३ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट १३ करोड गरी करिब २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भइसकेको छ ।

आर्थिक सहायता अन्तर्गत जर्मन सरकारको केएफडब्ल्यूमार्फत् १ अर्ब ४२ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ३६ करोड रुपैयाँ तथा विश्व बैंकबाट २४ करोड रुपैयाँको सहायता प्राप्त भइसकेको छ । साथै जापान सरकारले ३ अर्ब २० करोड रुपैयाँ गरी ५ अर्ब २२ करोड रुपैयाँ बराबरको उपकरणसहितको सहयोग गरिसकेको छ ।

विश्व बैंक ३ अर्ब ४८ करोड सहायता कार्यान्वयनको चरणमा रहेको र कोभिड व्यवस्थापनका लागि ९ अर्ब ऋण सहयाता उपलब्ध गराउने सम्झौता भइसकेको छ ।

त्यस्तै एसियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायताका लागि छलफल भइरहेको छ भने कुल ३२ अर्ब २८ करोड ऋण सहायता परिचालन भएको छ ।


क्लिकमान्डु