क्रिप्टो करेन्सीमा बिग डाउन, एक सातामा गुम्यो ८ खर्ब अमेरिकी डलर
विद्युतीय गाडी टेस्लाका संस्थापक एलन मक्सले गत फ्रेबुअरीमा डेढ खर्बभन्दा बढी डलरको बिटक्वाइन खरिद गरे ।
उनले टेस्ला गाडीको खरिद गर्दा बिटक्वाइनबाट नै भुक्तानी गर्न सकिने निर्णय गरे । उनको निर्णयसँगै क्रिप्टो बजारमा उछाल ल्यायो । जसले गर्दा अप्रिल १५ मा १ बिटक्वाइनको मूल्य ६३ हजार २३७ अमेरिकी डलरसम्म पुग्यो । फ्रेबुअरी महिना क्रिप्टो बजारको लागि निकै उत्साहजनक थियो । तर,यो उत्साह धेरै समय भने टिकेन ।
बिटक्वाइनको ऊर्जा खपत र त्यसको वातावरणमा पार्ने असरलाई लिएर मक्सको आलोचना निकै बढ्यो । बिटक्वाइनले कति ऊर्जा खपत गर्छ भन्ने स्पष्ट छैन । तर, बिटक्वाइनको प्रविधि एकदमै ऊर्जा खर्चालु भने छ ।
क्याम्ब्रिज विश्वविद्यालयको एउटा अध्ययनले बिटक्वाइनले वार्षिक ४० देखि ४४५ टेरावाट ऊर्जा खपत गर्ने अनुमान गरेको छ । सो अध्ययनले सामान्यतया यसले वार्षिक १३० टेरावाट ऊर्जा खर्च गर्ने देखाएको छ । यूकेले वार्षिक ३०० टेरावाट ऊर्जा खर्च गर्छ भने आर्जेन्टिनाले लगभग १३० टेरावाट खर्च गर्छ । बिटक्वाइन माइनिङको लागि ऊर्जाको स्रोतमा खनिज ऊर्जा प्रयोग हुने गर्छ ।
एलोन मस्कको निर्णयले मूल्य बढ्दै रेकर्ड बनाएको बिटक्वाइन लगायतका क्रिप्टोहरु बृद्धि भने रोकियो । यसमा पहिलो कारण बने टेस्लाका संस्थापक एलन मक्स । टेस्लाको मुख्य कार्यकारी अधिकारी (सीईओ) एलोन मस्कका तीन महिनाभित्रै आफ्नो निर्णय परिवर्तन गर्दै टेस्लाले भुक्तानीमा बिटक्वाइनलाई स्विकार नगर्ने बताए ।
टेस्लाले गरेको निर्णयसँगै चीनले नयाँ निर्णय लियो । चिनियाँ सरकारी बैंक, पीपुल्स बैंक अफ चाइनाको आधिकारिक विच्याट एकाउन्टमा भर्चुअल मुद्राहरू वास्तविक मुद्रामा नभएकोले बजारमा प्रयोग गर्नु नहुँने जनाएको थियो । चीनमा बिटक्वाइनको सबैभन्दा बढी माइनिङ हुन्छ ।
बिटक्वाइन तथा क्रिप्टो करेन्सीको लागि यो निकै नै जोखिमपूर्ण बन्यो । पछिल्लो एकसातामा मात्र यसका लगानीकर्ताले ८ खर्ब अमेरिकी डलरभन्दा बढी गुमाएका छन् । ऐजेन्सीहरुको सहयोगमा