स्वास्थ्य संकटकालमा नियम उल्लंघन गरे १ वर्षसम्म कैद वा ५ लाखसम्म जरिवाना



काठमाडौं । कोरोनाको दोस्रो लहर उत्तिकै रुपमा फैलिइरहेको छ । तर, शनिबार निको हुनेको संख्यामा पनि उल्लेख्य मात्रामा वृद्धि भयो । नयाँ सक्रमित थपिने क्रम पनि उत्तिकै रहेको छ ।

सरकारले स्वास्थ्य जोखिम अझै बढेको खण्डमा सवास्थ्य संकटकाल लगाउने तयारी समेत थालेको छ । त्यसका लागि आपतकालसम्बन्धी अध्यादेश समेत जारी भइसकेको छ । सो अध्यादेशमा बन्द वा नियन्त्रित रुपमा सञ्चालन गर्न आदेश दिन सक्ने लगायतका विभिन्न व्यवस्था रहेको छ ।

आपतकालको घोषणा भएमा वा कोभिड १९ को संक्रमणका कारण जनस्वास्थ्यमा जोखिम देखिई त्यस्तो जाखिम विश्लेषणको आधारमा आवश्यक ठानेमा नेपाल सरकारले अत्यावश्यक सेवा बाहेक अन्य सेवा वा क्रियाकलाप बन्द गर्न सक्ने व्यवस्था गरिएको छ ।

के के बन्द हुन्छ ?

  • मानिसको आवत जावत
  • हवाई स्थल तथा अन्य सबै प्र्रकारका यातायाताका साधन
  • अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन
  • सरकारी, सार्वजनिक, निजी सहकारी सामुदायिक वा गैरसकारी कार्यालय, शिक्षण संस्था वा अन्य संस्था सञ्चालन
  • सभा सम्मेलन, जुलुश, मेला महोत्वस जात्रा जस्ता भीडभाड हुने क्रियाकलाप
  • सिनेमा हल, पार्टी प्लोस, डान्सबार, रेष्ट्रेन्ट, दोहारी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्वीमिङ पुल, फुटसल खेलकूूद सञ्चालन
  • हाट बजार, सपिङ मल, डिर्पाटमेन्ट स्टोर, पसल
  • धार्मिक अनुष्ठान, धार्मिक स्थलमा हुने क्रियाकलाप
  • मानिस वा सवारी साधनको आवागमन हुने वा भीडभाड हुने अन्य क्रियाकलाप

कसूर तथा सजायमा यस्तो छ व्यवस्था
स्वास्थ्य संकटकालमा कोही कसैले पनि काम गर्न बाधा अवरोध गरेको खण्डमा वा अवरोध सिर्जना गरेको खण्डमा १ वर्षसम्म कैद वा ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ । अध्यादेश अनुसार कसैले यो अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना नगरेृको खण्डमा ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

अध्यादेश बमोजिम आदेश उल्लंघन भएमा निम्न सजाय हुनेछ । प्रमुख जिल्ला अधिकारील विभिन्न सजाय गर्न सक्ने व्यवस्था गरिएको छ ।

कुनै व्यक्तिले उल्लंघन गरेमा १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । कुनै संस्थाले उल्लंघन गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । मास्क नलगाई सार्वजनिक स्थलमा आवत जावत गरेमा पटकैपिच्छे १०० रूपैयाँ जरिवाना हुनेछ । मानिसको आवतजावतमा रोक लगाइएको वा नियन्त्रण गरिएकोमा अवस्थामा सो को उल्लंघन गर्नेलाई पटकैपिच्छे २०० रुपैयाँ हुनेछ ।

साथै सवारी साधनको आवतजावतमा रोक लगाइएको नमानेमा वा जानकारी नदिई बिरामी ओसार पसार गरेमा पटकैपिच्छे दुई पांग्रे सवारी साधनलाई २ हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयाँ जरिवाना हुनेछ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विद्यमान कानून, नियम अपुग भएको भन्दै अध्यादेशबाट नयाँ व्यवस्था गरिएको जिकिर गरिएको छ ।

अध्यादेशानुसार सरकारले जुनसुकै बेला स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । कोरोनाको संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव परेमा वा पर्न सक्ने देखिएमा त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै पनि स्थानमा लागु हुने गरीस्वास्थ्य आपत्काल घोषणा गर्न सकिनेछ ।

सरकारले आवश्यक ठानेमा मानिसको आवतजावतमा समेत रोक लगाउन सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ । यस्तै, अध्यादेशबमोजिमको कुनै काम गर्न कसैले बाधा-अवरोध गरेमा एक वर्षसम्म कैद वा ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु