भारतमा ५ जीका लागि रिलायन्स जिओले समुन्द्रमा १६ हजार किलोमिटर सवमरिन केवल विछ्याउँदै



एजेन्सी । भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो नेटवर्क भएको रिलायन्स जिओले ५ जी सेवा विस्तारका लागि समुन्द्रमा १६ हजार किलोमिटर डेटा केवल राख्ने कामलाई अगाडि बढाएको छ । उक्त डेटा केवल समुन्द्रमा राखेपछि भारतको कनेक्टिभिटी यूरोपदेखि सिंगापुरसम्म हुनेछ ।

समुन्द्रमा सबमरिन केवल विछ्याउने कामलाई व्यापक रुपमा अगाडि बढाइएको छ । रिलायन्स जिओ भारतको सबैभन्दा ठूलो ४ जी नेटवर्क भएको कम्पनी हो । रिलायन्सले पछिल्लो पुस्ताको नेटवर्कका लागि सबमरिन केवल विछ्याइरहेको छ ।

यसबाट भारत तथा भारतीय क्षेत्रको डेटा सुरक्षित समेत हुनेछ । जियोले यसका लागि विश्वव्यापी रुपमा काम गर्ने तथा साझेदारहरुसँग सबमरिन केवल सप्लायर सवकमसँग मिलेर काम गरिरहेको छ ।

भारत एशिया एक्सप्रेस सिस्टमले भारतलाई सिंगापुरसँग जोड्नेछ । यस्तै, सोही सिस्टमको अर्को लाइनले भारतलाई मध्य पूर्व तथा यूरोपसँग जोड्छ । त्यसलाई आइइएक्स नाम दिइएको छ । भारतभित्र तथा भारत बाहिर डेटा तथा क्लाउड सेवाका लागि उक्त सिस्टमपछि क्षमता बढ्नेछ ।

सन् २०१६ मा जियोको लन्च भएपनि भारतमा डेटाको मागमा असाधारण उछाल आएको थियो । डेटा खपतमा आएको उछालका बाबजूत आज भारत इन्टरनेट प्रयोग गर्ने देशहरुको सूचीमा माथि आएको छ । उक्त हाइ स्पिड सिस्टम करिब १६ हजार किलोमिटर लामो हुनेछ । उक्त दुरीबाट २०० टीवीपिएस बराबरको क्षमता प्राप्त हुनेछ ।

रिलायन्सले ५ जी एलओटीको सेवा दिनेछ । जियोका प्रसिडेण्ट मैथ्यू ओमनका अनुसार भारतमा डिजिटल सेवा विस्तार तथा डेटा खपतका लागि रिलायन्स जियो नेटवर्क सबैभन्दा अगाडि रहेको छ । स्ट्रिमिङ भिडियो, रिमोट वर्कफोर्स, ५ जी , एलओटी जस्ता माग पूरा गर्नका लागि आएएक्स तथा आइइएक्स सिस्टम बनाउने नेतृत्व जियोले लिएको छ । कोरोनाका कारण जियोको काम तोकिएको समयमा पूरा हुन केही थप समय भने लाग्नेछ ।

आइएएक्स केवल सिस्टमले संसारका सबैभन्दा तिव्र गतिको इन्टरनेटका माध्यमबाट भारतलाई एशिया प्रशान्त क्षेत्रसँग जोड्नेछ ।

त्यसमा मुम्बई, चेन्नई, थाइल्याण्ड, मलेसिया , सिंगापुरसम्म सम्पर्क सहज रुपमा विस्तार हुनेछ । आइइएक्स प्रणालीले भारतलाई यूरोप , इटाली तथा मध्य पूर्व तथा उत्तरी अफ्रिकालाई समेत जोड्नेछ ।

हाइएएक्स तथा आइइएक्स सिस्टम रिलायन्स जिओले ग्लोबल फाइबर नेटवर्कमा समेत जोडिनेछ । जुन अमेरिकाको पूर्वी क्षेत्र तथा पश्चिमी तटसम्म जोड्नेछ । आइइएक्सले २०२३ को मध्यबाट सेवा प्रदान गर्न तयार हुने लक्ष्य राखिएको छ । सन् २०२४ देखि भारतमा आइइएक्सदेखि शुरु हुनेछ ।


पुष्प दुलाल